पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित...

पोखरा:     पोखराको लामाचौरबाट बेपत्ता भएका ३ वर्षीय बालक मृत फेला परेका छन् । गएराति देखि बेपत्ता भएका ३ वर्षीय अनमोल सिके आज केआईसिङ पुल नजिक मृत फेला परेका छन् ।    मंगलबार बेलुकी करिब साढे ९ बजे ४४ वर्षी रामचन्द्र सिकेको ३ वर्षीय छोरा अनमोल सिके सम्पर्कबिहीन थिए ।   बालक बेपत्ता भएको खवरपछि खोजतलाजमा खटिएको प्रहरीको टोलीले बालकलाई सेती किनारामा आज मृत फेला पारेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    यो पनि पढ्नुहोस   लामाचौरबाट नाम बताउन सक्ने ३ वर्षीय बालक बेपत्ता    

पोखरा:      पोखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक भएको छ । क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टले मंगलबार नयाँबजारस्थित सोरुपमा एक समारोह आयोजना गरी स्कुटर सार्वजनिक गरेको हो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले स्कुटर लन्च गरे । आधुनिक प्रविधिबाट निर्मित यो स्कुटर एक पटक चार्ज गरिसकेपछि ३५० किमीसम्म गुड्न सक्ने बताइएको छ । हाल यसको मूल्य ३ लाख ६५ हजार रुपैयाँ छ । स्कुटरको विशेषताबारे जानकारी दिँदै कम्पनीका मार्केटिङ म्यानेजर अनुराग बामले लामो तथा छोटो दुरीमा चलाउन सकिने र चढ्नमा सुविधाजनक रहेको बताए ।  उनका अनुसार ड्राइभिङमा यो ६० प्रतिकिमी र स्पोर्टस् मोडमा यो ६८ प्रतिकिमीसम्म गुड्न सक्छ । परीक्षणका क्रममा आफू पोखरादेखि चितवन सजिलै गएर फर्किएको अनुभव उनले सुनाए । यसको ब्याट्रीमा ५ वर्षसम्म वारेन्टी दिइएको भए पनि कम्तीमा १० वर्षसम्म टिकाउ हुने उनले दाबी गरे । एक पल्ट चार्ज गर्दा ६ देखि ८ घण्टासम्म समय लाग्नेछ । क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टका डाइरेक्टर रेविका बुढाथोकीले हाल कम्पनीको पोखरासहित काठमाडौं महाराजगञ्ज, बागलुङ, वीरगञ्ज, दाङ र धनगढीमा डिलर छन् । काठमाडौंमा साउलफुल मोटर महाराजगञ्ज, इको एक्जिम नेपाल टेकु, बागमती मोटरसाइकल सेन्टर, बागलुङ जिल्लामा सावित्री अटो मोबाइल, दाङमा जेबिएस अटोमोबाइल्स् र कैलालीको धनगढीमा असीयुन ट्रेड प्रालि हुन् । पोखरामा नयाँबजारस्थित क्रसफायर सो रुम हो ।

पोखरा:   पोखरामा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा अनुसन्धान मुलक अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ ।  ‘दिगो व्यापार र व्यवस्थापन’ विषयमा असार २१ र २२ सो सम्मेलन सञ्चालन हुने भएको हो । सम्मेलनमा स्वदेशी तथा विभिन्न विदेशी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहने छ ।  विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा हुने उक्त कार्यक्रमको आयोजक गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस रहने छ भने आदिकवी भानुभक्त क्याम्पस, तनहुँ र सिनावत्र विश्वविद्यालय, थाइल्याण्ड सहकार्यको भूमिकामा रहने छन् ।  दिगो व्यापार र व्यवस्थापन क्षेत्रका समस्या पहिचान गरी समाधानका उपायहरु खोजि गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको गुप्तेश्वर क्याम्पसका प्रमुख धर्मराज बरालले बताए ।  उनले विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरु उपस्थित हुने उक्त कार्यक्रमले व्यवस्थापनका विद्यमान परिस्थितिको उजागार तथा दिगो व्यवस्थापनका पक्षमा घनिभूत छलफल गरी नीति निर्माणका बारेमा सहयोगी हुने बताए ।  विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको प्रमुख आतिथ्यतामा सञ्चालन हुने उक्त कार्यक्रममा प्यानल छलफलका लागि पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष दिपेन्द्रबहादुर क्षत्री, नबिल बैंक, माइक्रो फाइनान्सका प्रमुख अमित श्रेष्ठ, उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी रहनेछन् । भने सहजकर्ताको रुपमा पोखरा विश्वविद्यालयका सह–प्राध्यापक डा. सुर्यबहादुर जि.सी रहनेछन् ।  त्यसैगरी सो कार्यक्रममा प्रमुख वक्ताका रुपमा सिनावत्रा विश्वविद्यालय, व्यवस्थापन सङ्काय थाइल्याडका डिन प्रा. सरना फोट्नाचन तथा ए.के. मभुबुल ह्ये एवम् पोखरा विश्वविद्यालयका प्रा.डा. इन्द्रप्रसाद तिवारी रहनेछन् ।  कार्यक्रममा स्वदेशी तथा विदेसी विश्वविद्यालयबाट ६५ वटा अनुसन्धानात्मक लेखहरू प्रस्तुति रहने र उक्त लेखहरू माथि छलफल हुने कार्यक्रम संयोजक मोहन भण्डारीले जानकारी दिए । 

कास्की:   पोखराको लामाचौरबाट ३ वर्षीय बालक बेपत्ता भएका छन् ।   मंगलबार बेलुकी करिब साढे ९ बजे ४४ वर्षी रामचन्द्र सिकेको ३ वर्षीय छोरा अनमोल सिके सम्पर्कबिहीन भएका हुन् ।   पोखरा १६ लामाचौरस्थित घरबाटै बेपत्ता भएका थिए ।    पारिवारिक स्रोतका अनुसार उनले आफ्नो नाम बताउन सक्छन् । उनलाई कहि कतै देखे वा भेटेमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गर्न वा 9856072649, 9825135622, 9846336672 मा सम्पर्क गर्न परवारले आग्रह गरेको छ । 

पोखरा:    नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संविधान संशोधन गर्नको लागि कांग्रेस र एमालेबीच सहकार्य हुन लागेको बताउनुभएको छ ।   राष्ट्रिय युवा संघ नेपाल कास्कीले मंगलबार पोखरा २६ मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उहाँले त्यसको लागि राष्ट्रिय सहमतीको सरकार बनाउने प्रयास गरिने बताउनुभयो । अब चुनाव अगाडि गठबन्धन समेत नबनाइने उहाँको दावी छ ।  ’केन्द्रमा पनि चुनाव अगाडि गठबन्धन नबनाउने, एकल चुनावमा प्रतिष्पर्धा गर्ने हो, यसमा नेपाली कांग्रेस सहमत हुने देखियो, हाम्रो त माओवादी केन्द्रलाई समेत सहमत गराएर राष्ट्रिय सरकार बनाउने प्रयत्न हो’उहाँले भन्नुभयो ।   हरेक पटक केपी ओली प्रधाननमन्त्री हुँदा मात्र संविधान संसोधन हुने गरेको भन्दै भूगोल र जनसंख्या नमिलेर चुनाव नहुने अवस्थाको सिर्जना हुँदा तथा नेपालको भूभाग समेटेर नक्सा प्रकाशित गर्दा भएको संविधान संशोधनको स्मरण उहाँले गराउनुभयो । ‘७ सय ५३ वटा स्थानीय तह छन्, सातवटा प्रदेश तह छन्, सबैलाई सानो नपारिकन स्थायी सरकार पनि हुने भएन, जनतामा आर्कषण पनि हुने भएन त्यसैले हामी संविधान संसोधन गर्न चाहन्छौ’ अधिकारीले प्रष्ट पार्नुभयो ।   यसैगरी समानुपातिक तर्फको प्रदेशको संख्या काटेर प्रत्यक्ष मात्र राख्ने र  सानो साइजको प्रदेश सरकार बनाइने बताउनुभयो ।   गण्डकी प्रदेशमा १२ वटा मन्त्रालयको पुगेर खर्च बढेको अवस्थामा आफूले सिधै ७ वटामा झारेको र यो कदमले जनतामा त्यतिबेला आशाको सञ्चार जगाएको सुनाउनुभयो । हाल सातवटै प्रदेशमा रहेका प्रदेश प्रमुखको संख्या समेत जम्मा एक जनामा झारिने खुलाउनुभयो । ’समानुपातिकतर्फकोलाई एउटा संख्यामा पुर्‍याएर राष्ट्रिय सभामा पुर्‍याउने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने प्रदेश प्रमुख पनि सातवटाबाट घटाएर एकैजनाले सबैतर्फ काम गर्ने अवस्था ल्याउने तयारी छ’ उहाँले भन्नुभयो ।   एमाले अध्यक्ष केपी ओलीसँग शेरबहादुर देउवाले असार १५ गते छलफल गर्नुभन्दा अघिल्लो दिन प्रधानमन्त्रीले देउवालाई भेटेर जुल्फी हल्लाएको कारण सरकार परिवर्तनको अवस्था आएको बताउनुभयो ।  यो चक्र घुमिरहने भएकोले यसलाई सामान्य रुपमा लिन उहाँको आग्रह छ । जनताले व्यवस्थाप्रति प्रश्न चिन्ह उठाइरहेकोले पुरानै राजनीतिक दलमा सुधार ल्याएर जनताको विश्वास जित्ने प्रयास समेत रहेको उहाँको भनाई छ । ’प्रतिशोध साँधेर हुँदैन, हामी कसैलाई आरोप लगाउदैनौ कसैप्रति विरोध पनि गर्दैनौ हामी सबै मिलेर देश बनाउँछौ’उहाँले भन्नुभयो । यो व्यवस्थामाथि अराजकता आउँदाखेरी व्यवस्था सुदृढ गर्ने कुराको पहल भएको उहाँको भनाई थियो ।   राष्ट्रिय युवा संघ नेपाल कास्कीले वृक्षरोपण कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै उहाँले नेपालले काठ विदेशबाट निर्मात गर्ने नभइ यहाँबाट विदेश आयात गर्नुपर्ने बताउनुभयो । यस्तो गर्न सके राष्ट्रिय पुँजी निर्माणमा सकारात्मक सहयोग पुग्ने उहाँको विश्वास थियो ।    

पोखरा:     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘आठौं पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ ।   अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका आईटिएफ टेक्वान्दोकी सुस्मिता थापा मगर र क्रिकेटका अर्जुन कुमाललाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटरले पुरस्कार प्रदान गरेको हो । क्रिकेटका अर्जुन हाल अभ्यास खेलका लागि भारतमा रहेको हुँदा उनको पुरस्कार गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’ले ग्रहण गरे । उनीहरुलाई मञ्चका अध्यक्ष दीननाथ बराल र टेल्जी नेपालका पोखरा शाखा प्रमुख हिरा कोइरालाले संयुक्त रुपमा स्कुटर हस्तान्त्रण गरे । गत वैशाख २८ गते पोखरा सभागृहमा सम्पन्न भएको स्पोर्टस अवार्डको अन्र्तगतको वर्ष उत्कृष्ठ पुरुष तथा महिला विधाको पुरस्कार सम्पूर्ण प्रक्रियागत तरिकाले गर्दा केही समयपछि मंगलबार वितरण गरिएको मञ्चका अध्यक्ष एवं पोखरा स्पोर्टस् अवार्ड मूल आयोजक समितिका संयोजक बरालले जानकारी दिए ।   वार्षिकरुपमा मञ्चले आयोजना गर्ने स्पोर्टस् अवार्डमा विभिन्न सातवटा विधामा उत्कृष्ट अवार्ड वितरण गरेको थियो ।   जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी (पुरुष), वर्ष उत्कृष्ट खेलाडी (महिला), वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र खेल पत्रकारिता पुरस्कार वितरण गरिएको थियो ।   स्कुटर हस्तान्तरण गर्दै मञ्चका अध्यक्ष दीननाथ बरालले खेलाडीको मनोबल उच्च राख्न खेलप्रतिको आकर्षणलाई थप बलियो बनाउन अवार्डले महत्त्वपूर्ण भूमिका खेलेको बताए । हस्तान्तरण कार्यक्रममा मञ्चका अध्यक्ष दीननाथ बराल, उपाध्यक्ष  सुरज श्रेष्ठ, सचिव शशी कुमार पौडेल, प्रतिभा छनौट समिति संयोजक रोहितराज पराजुली, पूर्व सल्लाहकार सुर्दशन रञ्जित, सदस्य रिसीराम जिसी, अवार्ड प्राप्त गर्ने खेलाडी थापामगर , गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’, टेल्जी नेपालका पोखरा शाखा प्रमुख हिरा कोइराला लगायत थिए ।  ञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।

पोखरा:   कास्कीका अन्नपूर्ण गाउँपालिका–३ काँडेमा आज दिउँसो कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।  काँडेमा कार दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   पर्वतको कुश्माबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ५३६३ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार ६ जना मध्ये चालकसहित ३ जना घाइते भएका हुन् । कार दुर्घटना हुँदा पवर्तको जलजला गाउँपालिका–६ घर भएका चालक ४४ वर्षीय सनम पुन, कुश्मा १२ बस्ने ४२ वर्षीय किशोर सापकोटा र शुशिला पुन घाइते भएको कास्की प्रहरीले जनाएको छ ।    घाइते तीनै जनाको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।   

पोखरा:     पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले आज (मंगलबार) महानगर कार्यालयमा छापा हानेको हो । मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ । अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो ।  

पोखरा:      पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् ।  पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए ।  बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको कलेजका बिबिए कार्यक्रम संयोजक हरी अधिकारीले बताउनुभयो । कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरुले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायीक जीवनमा अत्यन्त काम लाग्ने सीप सिकेकोमा खुसी व्यक्त गर्नुभयो । यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ती तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिनुभयो । कार्यक्रममा पत्रकारहरु भरत कोइराला, शोभाकान्त सिग्देल र फडिन्द्र अकिञ्चनले विद्यार्थीहरुको प्रस्तुतीकरणमा टिप्पणी तथा मूल्यांकन गर्नुभएको थियो ।  सहभागी विद्यार्थी कुसुम गुरुङले नमुना पत्रकार सम्मेलनबाट नयाँ सिकाइको अनुभव लिएको सुनाइन् । उनले भनिन्, ‘पोखराका अग्रज पत्रकारसँग भलाकुसारी गर्न पाउँदा सार्है खुसी लागेको छ र कार्यक्रमले सिकाइमा थप उर्जा दिने आशा लिएकी छु ।’   पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धप्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढि विद्यार्थीहरु बिबिए र बिसिआईएस (आईटी) कार्यक्रममा अध्ययन गरिरहेका छन् ।