स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा सम्पन्न ‘ऐतिहासिक काल्खु मेला’मा भलिबलतर्फको उपाधि कालीकोटले जितेको छ ।   जनसम्पर्क युवा क्लबले गत चैत्र पूर्णिमा (३० गते) देखि आयोजना गरे...

पोखरा:    ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत चयन भएकी छिन ।  हालै सम्पन्न ब्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन मार्फत ब्यूटी पार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत अध्यक्ष चयन भएकी हुन ।  एशोसियसनको वरिष्ठ उपाध्यक्षमा चित्र कुमारी थापा, उपाध्यक्षमा सोमना शाक्य, महासचिवमा माया विश्वकर्मा र सह सचिवमा पुष्पा पौडेल सर्वसम्मत चयन भएका हुन । त्यसैगरी सदस्यहरुमा कामना गुरुङ, मन्जु अधिकारी, विश्व श्रेष्ठ, शुष्मा गुरुङ र संकल्प श्रेष्ठ चयन भएका छन । त्यस्तै ब्यूटीपार्लर एशोसियशन कास्कीको अध्यक्षमा छाँया ढकाल, उपाध्यक्षमा सुनिता गुरुङ, सचिवमा शिशिर गोदार, उपसचिवमा हिमलादेवी गुरुङ, कोषाध्यक्षमा शान्ता लामिछाने र सह कोषाध्यक्षमा प्रभा वैद्य सर्व सम्मत चयन भएका छन । एशोसियसन कास्कीको सदस्यहरुमा शुसिला केसी, प्रमिला जोशी, टीका पुन, पूर्णकला गुरुङ र  निकिता गुरुङ चयन भएका छन । त्यस्तै ब्यूटीपार्लर एशोसियसन लेखनाथ ईकाइको अध्यक्षमा शोभा पौडेल सर्वसम्मत चयन भएका छन । ईकाइको उपाध्यक्षमा पवित्रा गौतम, सचिवमा शिल्पा परियार, सह सचिवमा लक्ष्मी कुमाल र कोषाध्यक्षमा अमृता गुरुङ चयन भएका छन । त्यस्तै सदस्यहरुमा रश्मी गिरी, सुस्मिता खड्का, पार्वती हरिजन, बिन्जु गोदार र अस्मिता परियार चयन भएका छन । उक्त अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आत्मनिर्भर बन्न र अर्थतन्त्रलाई नियन्त्रित गराउनका लागि ब्यवसाय गर्न आवश्यक रहेको बताए । बरालले ब्यूटीपार्लर पेशालाई राज्यले बेवास्था गरेको भनाइप्रति सहमत जनाउदै ब्यूटीपार्लर ब्यवसाय मार्फत राज्यको अर्थतन्त्रमा टेवा पुगेको हुँदा यस पेशा प्रति सरकार सकारात्मक भएर लाग्नुपर्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकीका महिला अध्यक्ष चिनु गुरुङले सौन्दर्य पेशामा महिलाहरुलाई  सम्पर्कमा राखेर ब्यवशाय सञ्चालन गर्नुपर्ने भएकाले कोरोना लगायतका सरुवा रोगहरुको जोखिममा रहेको र सरकारले समेत सुचीकृत गरेको भएतापनि सरकारले त्यसबारेमा चासो नदेखाएको बताइन ।   कार्यक्रममा ब्यूटीपार्लर एशोसियसन गण्डकीका अध्यक्ष रुपकला श्रेष्ठले ब्यवशायीहरुले आफुहरुलाई समय अनुसार आफुहरुलाई अपडेट गर्न आवश्यक रहेको बताए । सौन्दर्य पेशामा प्रयोग हुने सामाग्रीहरु दिन प्रतिदिन अपडेट भएर आउने भएकाले ब्यवसायीहरुले विभिन्न तालिमहरुको माध्यमबाट अपडेट हुनुपर्ने उनको भनाइ रहेको थियो ।

कास्की:   आइएसएमटी कलेज पोखरामा ‘डाटा साइन्स एण्ड एआई फाउन्डेसन कोर्स’ बारे तालिम  सम्पन्न भएको छ ।    पोखरा महानगरपालिका १५ स्थित कलेजमा पहिलो चरण अन्तरगत दुई हप्ता तालिम सम्पन्न भएको हो ।   कलेजका अप्रेशन तथा मार्केटिङ् म्यानेजर शिव पौडेलले  गत १० गतेदेखि २३ गतेसम्म तालिम सञ्चालन भएको जानकारी दिए ।    उनका अनुसार २ हप्तासम्म सञ्चालन भएको उक्त कोर्समा ४० जना विद्यार्थी सहभागि थिए ।   कलेजको आइटी संकायका एआई पिषयका शिक्षक एवम डिपार्टमेन्ट प्रमुख कम्प्युटिंग सरण कार्कीले तालिममा सहजिकरण गरेका थिए  ।    उक्त कोर्सबाट विधार्थीले तथ्यांक संकलन (Data Collection), तथ्यांक प्रशोधन एवम् रुपान्तरण (Data Cleaning and Transformation) र एआई  टुलस्  प्रयोग गरि डाटा भिजुलाइजेसन (Data Visualisation) गर्न सक्ने भएको  पौडेलले बताए ।    तालिममा  सहभागि विद्यार्थीहरुले उक्त कोर्ष आफुहरुलाई निकै महत्वपूर्ण  भएको प्रतिक्रिया दिएका थिए  । सहभागी विद्यार्थीलाई डिपार्टमेन्ट प्रमुख कम्प्युटिंग  सरण कार्की  तथा क्याम्पस संयोजक शुष्मा रञ्जितले प्रमाणपत्र वितरण गरेका थिए ।   अन्य कोर्सको तयारी गर्दै ‘आइएसएमटी’   आइटी पढ्न चहाने विद्यार्थीहरुका लागि आगामी दिनमा डाटा  साइन्स र एआई  लगायत डिजिटल मार्केटिङ् र हाउस  किपिङ् जस्ता विषयमा पनि नि:शुल्क ट्रेनिङहरु दिदै जाने कलेजको तयारी रहेको पौडेलले  जानकारी दिए ।   उनका अनुसार यही असार ३१ गतेबाट सुरु हुने गरि रजिस्ट्रेसन खुला गरिसकेको छ ।   तालिम लिन इच्छुक विधार्थीले गुगलमार्फत फारम सक्ने बताउदै कलेजमै गएर वा 061433826, 061435436  मा सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्न सक्ने जानकारी दिए ।   यो पनि पढ्नुहोस   आइएसएमटी कलेजबाट ३ सय ९० विद्यार्थी दीक्षित इएसएमटी कलेज पोखरा बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो ।   आइएसएमटी ग्रुप अन्तर्गत नेपालका प्रमुख शहरहरु पोखरा लगायत काठमाडौँ,चितवन, विराटनगर र बुटवलमा पनि कलेजहरु सञ्चालनमा रहेका छन् ।   अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षाको सपना साकार पार्ने कार्यमा आइएसएमटी कलेज पोखरा  प्रतिबद्ध रहेको कलेजले जनाएको छ ।  

पोखरा:   अविलर वर्षाका कारण पोखरा महानगरपालिका–२७ दिपाङ्ग तालमा पानीको सतह बढेपछि डुवानमा फसेका एकै परिवारको ४ जनाको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।  गुल्मी स्थायी घर भई पोखरा–२७ सत्यारज ढकालको घरमा भाडामा बस्दै आएका एकै परिवारका ४ जना डुबानमा परेका थिए ।   अविरल वर्षाका कारण पोखरा–२७ स्थित दिपाङ्ग तालमा पानीको सतह बढेपछि डुबानमा फसेका ४ जनाको सशस्त्र प्रहरी बलको नं. २४ कालिका गण पोखराबाट खटिएको टोलीले सकुशल उद्धार गरेको हो । सशस्त्र प्रहरी बलको टोलीले डुबानमा फसेका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीय सृजना अधिकारी, ६वर्षीय आयुष अधिकारी र ४ वर्षीय आयुष्का अधिकारीलाई सकुशल उद्धार गरेको हो ।   

पोखरा:   पोखरा–बागलुङ सडक खण्डको अन्नपूर्ण गाउँपालिका–५ सीता गुफामा लेदो झरेपछि सडक अवरुद्ध बनेको छ । आज बिहान सीता गुफा नजिक सडक खण्डमा हिलो र लेदोले सडक अवरुद्ध भएको एक प्रहरी अधिकृतले जानकारी दिए ।  हिलो र लेदो झरेपछि अवरुद्ध भएको सडक खण्ड सुचारु गर्न डोजरसहितको जनशक्ति परिचालन भइसकेको छ । केही समयमा नै सडक खुल्ने प्रहरीले जनाएको छ । 

पोखरा:   पोखरामा आज बिहान घर माथिबाट आएको पहिरोमा पुरिदा एकजनाको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका–२७ सहेहलापाटास्थित ५१ वर्षीय मनबहादुथापाको ब्लकले बनेको घर माथिबाट आएको पहिरोले घर पुरिदा २२ वर्षीय भिम बहादुर थापाको मृत्यु भएको कास्की प्रहरीले जानकारी  दिएको छ ।  आज बिहान ४ बजेको समयमा करिव २० मिटर माथिबाट खसेको पहिरोले थापाको घर पुरेको थियोे । पहिरोमा पुरिएर बेपत्ता भएका २२ वर्षीय थापालाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  पहिरोमा पुरिएका ५० वर्षीय कमला थापाको भने प्रहरी र स्थानीयले सकुशल उद्धार गरेको छ ।   

पोखरा:     अवैध रुपमा निगालाको टुसा चोरी निकासी गरेको भन्दै जीपलाई नियन्त्रणमा लिएर एक्यापमा बुझाएको छ ।  कास्की माछापूच्छ्रे गाउँपालिका वडा नं. ४ लम्सालथरमा सोमबार राति प्रहरी चौकी घाचोक कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा ग ३ च ४५४० नम्बरको बोलेरो जीपपले टुसा बोकेको भेटिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्रबाट निगालोको टुसा अन्दाजी १ हजार ४ सय ८० मुठा लोड गरी पोखरातर्फ ल्याउँदै गरेको अबस्थामा फेला पारेको हुँदा उक्त टुसा सहित जीपलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । जीप चालक जिल्ला कास्की माछापूच्छ्रे गाउँपालिका वडा नं.१ टुसे बस्ने वर्ष ३७ को खिम बहादुर पुन र टुसा ल्याउने व्यक्ति जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. २ बस्ने वर्ष ४१ का रामजी भण्डारी पक्राउ परेका हुन् । थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

पोखरा:    पोखरा महानगपालिका–३२ खुदीखोलास्थित पक्की पुलबाट हाम फालेका नेत्रनाथ कोइरालाको प्रहरीले उद्धार गरेको छ ।  आज दिउँसो खुदीखोलास्थित पक्की पुलबाट हाम फालेका कोइरालाको प्रहरीले खोलाको ढुङ्गामा अड्किएको अवस्थामा उद्धार गरेको हो ।  तनहुँको शुक्लागण्डकी नगरपालिका–१ बस्ने ४० वर्षीय नेत्रनाथ कोइरालाले आउ दिउँसो पोखरा–३२ खुदीखोा स्थित पुलबाट हाम फालेका थिए । खोलामा हाम फालेका कोइरालालाई प्रहरीले खोलाको ढुङ्गामा अड्किएको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।  खोलामा हाम फालेका कोइरालाको बायाँ खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  कोइरालाले के कारणले खोलामा हाम फालेका हुन भन्ने नखुलेको प्रहरीले जनाएको छ ।  उनलाई खोलाबाट उद्धार गरी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा लागि पठाइएको छ ।   

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिकाले ३८ विद्यालयका लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको माग गरेको छ ।    गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै २८ आधारभुत र १० माध्यमिक तहको लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको माग गरेको हो ।    ‘गाउँपालिकाको शिक्षा व्यवस्थापन तथा सञ्चालन नियमावली दोस्रो संशोधन २०७५ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद् १५ को दफा १०२ बमोजिम देहालयबमोजिमका  सामुदायिक विद्यालयमा ५ वर्षका लागि करारमा प्रधानाध्यापकको छनोट गरिने छ,’ माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष  हरिबहादुर क्षेत्री (राजेन्द्र)ले सुनगाभा न्यूजसँग भने ।   उनका अनुसार प्रधानाध्यापक छनोट तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०८१ अनुसार इच्छुक माछापुच्छ्रे गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत योग्यता पुगेका शिक्षक तथा हाल कार्यरत रहेका प्रधानाध्यापकहरुले आवेदन दिन सक्ने छन् ।   सामाजिक विकास समितिका संयोजक समेत रहेका क्षेत्रीले शैक्षिक गुणस्तर सुधारका लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको माग गरेको बताए ।     ‘कुनै पनि शिक्षक एकपटक प्रधानाध्यापक भइसकेपछि अवकाश नपाउने समयसम्म प्रधानाध्यापक हुने परम्परा हाम्रो विद्यालयमा छ, वडाध्यक्ष क्षेत्रीले भने, ‘प्रअ पाठ्यक्रक अनुसार परिवर्तन हुन सक्नुपर्छ अहिले प्राय विद्यालयमा पुरानै पाठ्यक्रम बढेका शिक्षकहरु प्रअ हुनुहुन्छ, नयाँ पाठ्यक्रम अनुसार विद्यालयलाई गतिशिल बनाउन गाउँपालिकाले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको माग गरेको हो ।’    वडाध्यक्ष क्षेत्रीले स्थानीयस्तरबाट नै पुराना प्रधानाध्यापकबाट विद्यालयमा कुनै परिवर्तन नदेखिएकाले योग्य र क्षमतावान शिक्षकको माग गरेका आवेदन खुल्ला गरेको बताए ।    ‘स्थानीयहरुले अहिले विद्यालयमा हुनुभएका प्रधानाध्यापकबाट विद्यालयमा कुनै परिवर्तन आउन नसकेको गुनासो गर्नुभएको छ, उनले भने, ‘कतिपय प्रधानाध्यापक ज्यूहरुले राम्रो काम पनि गर्नुभएको छ, उहाँले पनि गाउँपालिकाको कुनै विद्यालयमा काम गर्ने मनशाय राखेकाले यो आवेदन खुल्ला गरेको हो ।    उनले गाउँपालिकाको शैक्षिक गुणस्तरमा सुधार, नयाँ युवा शिक्षकहरुको क्षमताको कदर गर्दै एउटै शिक्षक प्रधानाध्यापक बनिरहने अवस्थाको सिन्डिकेटको अन्त्य, काम गर्न इच्छुक शिक्षकहरलाई अवसरसमेत प्रदान गर्न लागेको बताए ।   यसवर्षको एसइई परीक्षाको रिजल्ट सन्तोषजनक नभएको, कुनै विद्यालयमा प्रअले काम नगरेको र कुनै विद्यालयमा प्रअलाई काम गर्न नदिएको भन्ने गुनासो पछि पनि सबैको समझदारीमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको माग गरेको उनले जानकारी दिए ।   गाउँपालिकाले प्रधानाध्यापकमा आवेदन दिन विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुती, प्रधानाध्यापक छनोट मापदण्ड अनुसारको अङ्ग पूरा भएको हुनुपर्ने उल्लेख गरेको छ ।    प्रधानाध्यापकको लागि साउन ७ गतेसम्म आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ । 

पोखरा:   प्रवासी नेपाली मन्च युके साउथ वेस्ट शाखाको अध्यक्षमा प्रमिश शर्मा (शिव) सर्वसम्मत चयन भएका छन्।   युकेमा भएको मन्चको अधिवेशनले शाखाको उपाध्यक्षमा दिपक खड्का, सचिवमा प्रताप अधिकारी र कोषाध्यक्षमा चन्दन गुरुङ चयन भए ।   यस्तै मन्चको सदस्यहरुमा नइन्द्र गुरुङ, हेम थापामगर, सपना मल्ल के.शी, सुसेन थापा, सन्तबहादुर गुरुङ, प्रकाश गिरी र प्रमोद थापा चयन भए ।   यसअघि कार्यक्रम बोल्दै नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा प्रवासी नेपालीहरुको विकास र प्रवर्द्धन हुने सकारात्मक खालको काम गर्ने बताए ।   उनले आफुलाई अध्यक्ष बनाएकोमा सबैलाई धन्यवाद दिदै राम्रो काम गर्न सबैको सहयोगको अपेक्षा समेत गरे।   यस्तै कार्यक्रममा उपाध्यक्ष खड्काले युकेमा नेपाली समाजहरुले धेरै कार्यक्रम गरेको बताउदै भोलिका दिनमा मन्चले नेपाली समाजमुखी विभिन्न कार्यक्रम आयोजना गर्ने बताए ।   यता सचिव अधिकारीले आफुलाई सचिव जस्तो उर्जाशिल पदमा निर्वाचित गराउनु हुने सबैलाई आभार व्यक्त गर्दे युवाको हक हित र क्षमता विकास काम गर्न पहल गर्ने बताए ।   उनले भोलिका दिनमा विविध कला संस्कृतिमुखी खालको कार्यक्रम गर्ने पनि बताए ।