काठमाडौं:  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...

पोखराः   कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादीका बागी उम्मेदवार अनिता भुर्तेलले २ सय ३८ मत प्राप्त गरेकी छिन् ।  कास्की ३ नेकपा माओवादीको भागमा परेसँगै गण्डकी प्रदेशका अर्थमन्त्री समेत रहेका रामजीप्रसाद बरालले टिकट पाएपछि भुर्तेलले बागी उम्मेदवारी दिएकी थिइन । भुर्तेलले पाएको मत परिणाम अनुसार उनी आठौं भईन् ।  भुर्तेलले स्वतन्त्र उम्मेदवारी दिएपछि नेकपा माओवादीका अध्यक्ष पुष्ष्कमल दाहाल प्रचण्ड र सत्ता गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह अस्वीकार गरेका थिइन् ।  कास्की ३ मा प्रतिनिधिसभा सदस्यमा बराललाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् । निर्वाचित बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गरेको छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार बरालले १७ हजार ५ सय ३५ मत प्राप्त गरे । 

गुल्मी:  गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डाक्टर चन्द्र भण्डारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले पराजित गरेका हुन् । आधिकारीक रुपमा विजेता घोषणा हुन भने बाँकी रहेको छ । भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याए । ०६४ सालदेखि नै यी दुई नेता बीच चुनावी प्रतिस्पर्धा हुँदै आएको छ । ०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा भण्डारी र ज्ञवाली बीच नै प्रतिस्पर्धा भएको थियो । त्यतिखेर भण्डारी ज्ञवालीसँग पराजित भएका थिए । ०७० सालमा सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा पनि ज्ञवाली भण्डारीसँग नै पराजित भएका थिए । ०७४ सालको निर्वाचनमा भने भण्डारी ज्ञवालीसँग पराजित भएका थिए ।

महोत्तरी:   महोत्तरी २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्‍मेदवार शरत सिंह भण्डारी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत ल्‍याए । यस्तै नेकपा एमालेका राम परीक्षण यादवले १० २५८ मत, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत मात्र पाए ।

काभ्रेः   काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित हुनुभएको छ ।  बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम-गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार  शिवप्रसाद हुमागाईंसँग पाँच हजार आठ सय ६३ मतान्तरले विजयी हुनुभएको हो । मुख्य निर्वाचन कार्यालयका अनुसार बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गर्नुभएको छ भने हुमागाईंले ३९ हजार चार सय ८२ मत प्राप्त गर्नुभएको छ ।       यस्तै यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार पाँच सय ८६ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा १६ जना प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका थिए । यस क्षेत्रमा एक लाख तीन हजार तीन सय ९१ ले मतदान गरेको थिए । बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा निर्वाचित भएर मन्त्रीसमेत हुनुभएको थियो ।       विसं २०३८ मा विद्यार्थी अवस्थादेखि नै राजनीतिमा यात्रारम्भ गर्नुभएका बाँस्कोटा पार्टीका विभिन्न भ्रातृ सङ्गठन तथा पार्टीको जिल्ला नेतृत्व समेत गर्नुभएको थियो । उहाँ पार्टीको पोलिटब्युरो सदस्य हुनुहुन्छ ।

काठमाडौं:   कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेका मनबहादुर गुरूङ विजयी भएका छन्। उनी २५ हजार ७०८ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार १७९ मत प्राप्त गरेका छन्।यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राई १० हजार ९४१ मतसहित तेस्रो भए। राप्रपाका सूर्यबहादुर गुरूङले पनि ३ हजार ८ मत प्राप्त गरे।

काठमाडौँ:   मङ्सिर ४ गते सम्पन्न भएको आमनिर्वाचनमा विवाद भएका क्षेत्रमा अनुसन्धान भइरहेको निर्वाचन आयोगले जनाएको छ । बाजुरा, दोलखा र स्याङ्जा क्षेत्र नं २ मा भएको विवादको छानबिन भइरहेको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । बाजुराको बुढीनन्दा ५ मा  मतदानको दिन झडप भएर मतदान  स्थगित भएको थियो भने दोलखा र स्याङ्जा २ मा मतदानमा बुथ कब्जा भएको आरोपसहित निर्वाचन आयोगमा निवेदन परेर मतगणना रोकिएको छ ।  आयोगमा सूचना अधिकारी अर्यालका अनुसार बाजुरामा स्थगन भएको मतदान –भोलि शनिवारलाई तोकिएको छ । मतगणना गणना रोकिएका दुई वटा क्षेत्रको भने अहिले अनुसन्धान भइरहेको अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मतदान स्थगन भएको बाजुरामा भोलि शनिवार मतदानका लागि प्रक्रिया अघि बढेको छ  भने मतगणना हुन बाँकी दुई निर्वाचन क्षेत्रको अनुसन्धान भइरहेको छ । अनुसन्धानपश्चात् यसको कारबाही थालिनेछ ।’  दोलखा र स्याङ्जा क्षेत्र नं २ मा गठबन्धन पक्षले बुथ कब्जा गरी मत खसालेको भन्दै प्रतिस्पर्धी उम्मेदवारले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

काठमाडौं:  उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन किराती निर्वाचित भएका छन् । उनले १ हजार २४३ मतान्तरले नेकपा एमालेका कुशलबाबु बस्नतेलाई पराजित गरे । अन्तिम मत परिणाम अनुसार किरातीले १५ हजार ९२ मत ल्याउँदा बस्नतेले १३ हजार ८४९ मत प्राप्त गरे । राप्रपाका सुभाषचन्द्र खड्का २ हजार ६७९ मत पाएर तेस्रो स्थानमा रहे ।

कैलाली​:   कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् । नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । पन्तले २१ हजार ३९२ मत प्राप्त गर्दै जित निकाल्दा उनका प्रतिद्वन्द्वी एमालेका रानाले २० हजार ३१८ मत पाएका छन् । मतगणनाको सुरूवातदेखि अग्रता लिएका रानालाई पन्तले पछि पारेका थिए । यसअघि यो क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा उम्मेदवार बन्ने चर्चा थियो तर उनी समानुपातिकमा बसेपछि पन्तले टिकट पाएका हुन् । पन्त सुरुमा प्रदेश सभा (२) बाट सिफारिस भएका थिए । उनी प्रतिनिधि सभाका लागि उम्मेदवार भएपछि प्रकाश देउवालाई उम्मेदवार भए । र, देउवा पनि एमालेका दुर्गाप्रसाद जोशीलाई पराजित गर्दै विजयी भइसकेका छन् । कैलाली ५ मा कांग्रेसका पूर्व नेता पुष्करनाथ ओझाले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले ८३४९ मत ल्याएका छन् । अर्का स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले ७४६० मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीकी इश्वरी विष्ट पार्टीले ३४०४ मत ल्याइन् ।

महोत्तरी:  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को जिल्लामा धमाधम मतगणना परिणाम सार्वजनिक हुँदैछन् । जिल्लाका चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्रमध्ये आज बिहानसम्म छ प्रदेशसभा क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । गए राति सम्पन्न महोत्तरी–१ (२) को अन्तिम मतगणना परिणामअनुसार नेकपा (माओवादी केन्द्र)का भरतप्रसाद साह आठ हजार तीन सय ७१ मत प्राप्त गरी प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको छ । साहका निकटतम् प्रतिस्पर्धी जसपा नेपालका रामश्रेष्ठ महतोले पाँच हजार आठ सय ७१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी महोत्तरी–२ (१) मा लोसपा नेपालका जयनुल राइन ११ हजार चार सय २४ र महोत्तरी–२ (२) मा स्वतन्त्र उम्मेदवार सुरिता साह आठ हजार पाँच सय ६८ मत प्राप्त गरी विजयी हुनुभएको कार्यालयले जनाएको छ । राइनका निकटतम् प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का मञ्जु यादवले छ हजार दुई सय ५१ र साहका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेश्वर यादवले छ हजार आठ सय दुई मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले पुष्टि गर्नुभयो । यस्तै महोत्तरी–४ (१) मा नेकपा (एमाले)का सरोजकुमार यादव १० हजार पाँच सय ३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका कौशलकुमार यादवले आठ हजार छ सय ७२ मत प्राप्त गर्नुभएको छ ।   महोत्तरी–३ (१) र (२) को अन्तिम परिणाम सार्वजनिक भइसकेको हो । दुवैमा लोसपा नेपालका उम्मेदवार क्रमशः अभिराम शर्मा र रानी शर्मा तिवारी विजयी हुनुभएको हो । शर्माका निकटतम् प्रतिस्पर्धी जसपा नेपालका दीपेन्द्र झाले नौ हजार सात सय ७८ र तिवारीका निकटतम् प्रतिस्पर्धी एमालेका रामदयाल मण्डलले चार हजार पाँच सय ६० मत प्राप्त गनुभएको छ । जिल्लामा अब प्रदेशसभातर्फ महोत्तरी–१ (१) र महोत्तरी–४ (२) को मात्र परिणाम सार्वजनिक हुन बाँकी छ । प्रतिनिधिसभातर्फ भने चारै क्षेत्रमा गणना अझै जारी छ ।