काडमाडौं:     निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही  मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थ...

काठमाडौं:  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई अब कुनैपनि गल्ती गर्ने छुट नरहेको बताउनुभएको छ। मंगलबार काठमाडौं आयोजित नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।    नेता कोइरालाले नेपाली कांग्रेस अब केही दिन भित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमी कमजोरी नेपाली कांग्रेसबाट हुन् नहुने बताउनुभयो। उहाँले अहिलेका परिस्थितिलाई कांग्रेसले गम्भीर रुपमा नियालिरहेको उल्लेख गर्नुभयो। १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको उहाँको भनाइ छ। नेता कोइरालाले वर्तमान सत्ता गठबन्धनलाई राम्रोसँग सञ्चालन गर्ने जिम्मा कांग्रेसको रहेको बताउनुभएको हो।    नेता कोइरालाले भन्नुभयो, ‘‘नेपाली कांग्रेस केही दिन भित्र नै सरकारमा जाँदैछ। अब हामीलाई गल्ती गर्ने छुट छैन। कुनै किसिमको कमी कमजोरी नेपाली कांग्रेसबाट हुनु हुँदैन। यी सबै कुरालाई नेपाली कांग्रेसले गम्भीर रूपले लिएको छ। त्यसलाई अघि बढाउने जिम्मा अब नेपाली कांग्रेसबाट जाने नेतृत्वले गर्नुपर्छ। उहाँहरूको जिम्मा सरकारलाई पनि प्रचण्डजीको सरकार छ, १० वटा सत्ता गठबन्धनमा दल छन्। त्यसलाई सम्हालेर अघि बढ्ने जिम्मा नेपाली कांग्रेसलाई छ। यो सबै कुरा नेपाली कांग्रेसको जिम्मेवारीमा, काँधमा आएको छ। यो सरकारलाई राम्रोसँग चलाएर हामी अघि बढ्नुपर्छ।’’   नेता कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली कांग्रेस नचुकेको बताउनुभयो। उहाँले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र चल्न नसक्ने दाबी गर्नुभयो। उहाँले लोकतन्त्र बिना समुन्नत नेपाल बन्न नसक्ने भन्दै मिडियाको जिम्मेवारीलाई गम्भीर रूपमा लिएको बताउनुभयो। 

काठमाडौँ:  उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानुनको आवश्यकता रहेको बताएकी छन् ।    मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानुनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उपसभामुख रानाले नेपालमा आणविक कानुनको आवश्यकता रहेको बताएकी हुन् ।      उनले नेपाल शान्तिको देश भएको र नेपालीले शान्ति चाहने भन्दै छिमेकी देशहरुले आणविक शक्ति प्रयोग गर्दा पर्ने असरहरुको क्षतिपूर्ति उनीहरुले दिनुपर्ने बताइन् । उनले नेपाल दुई ठूला देशहरुको बीचमा रहेकाले आणविक रुपमा नेपाललाई खतरा रहेको पनि उल्लेख गरिन् । त्यस्तै उनले जलवायु परिवर्तनका कारण नेपालले धेरै असरहरु खेप्नुपरेको बताइन् । उब्जनी नहुने तथा पानीका मूलहरू सुक्ने समस्याका कारण बसाइँ सर्नुपर्ने अवस्था समेत आउन थालेको उनले बताइन् ।     प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेपालले आणविक कानुन बनाउँदा देशको परराष्ट्र सम्बन्ध र नीतिहरुलाई ध्यान दिएर बनाउनुपर्ने बताए । उनले पञ्चशिलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति लगायतका परराष्ट्र सम्बन्धका मुख्य अंशहरुलाई ध्यान दिनुपर्नेमा जोड दिए । उनले नेपाल कुनै पनि प्रकारको युद्धमा सहभागी नहुने र कुनैपनि युद्धलाई सहयोग समेत नगर्ने स्पष्ट पारे ।     प्रतिनिधि सभा सदस्य भट्टराईले नेपाल दुई ठूला छिमेकी देशहरु चिन र भारको बीचमा रहेको भन्दै कानुन बनाउँदा ठूला देशको बीचमा हुँदाको फाइदा र अपm्ठ्याराहरुका बारेमा पनि विचार गर्नुपर्ने बताए । उनले भूराजनीतिक अवस्थालाई पनि हेर्नुपर्ने बताए ।  

गोरखा:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिले अब लय पक्रिएको बताउनु भएको छ । गोरखाको पन्थडिही कटहरे हर्मी साहिलटार सडक स्तरोन्ती कार्यको शिलान्यास गर्दै उहाँले अब पुरानै गठबन्धन कायम भएको बताउनुभयो ।   ‘हिजोबाट एउटा राजनीतिक वातावरण बनेको छ, राजनीतिले लय पक्रिएको छ,’ उहाँले भन्नुभयो, ‘सदनमा भएका झण्डै ११ वटा दलको विश्वासको मत सहित अब हामी सरकारलाई पूर्णता दिने पक्रियामा छौँ । आज बिहानदेखि नेपाली कांग्रेस र अन्य पार्टीहरुसँग गम्भीर सम्वाद छलफल सुरु भएको छ ।’ सोमबार आफूले विश्वासको मत पाएँ सरकार पुर्नगठनबारे दलहरुसँग छलफल समेत सुरु भएको उहाँले बताउनुभयो ।   संघ सरकारदेखि प्रदेश सरकार पुर्नगठन र आलोपालोका विषयमा दलहरुसँग छलफल सुरु भएको उहाँको भनाइ छ । अब निर्वाचन पूर्व जनतामा गरिएका प्रतिवद्धताअनुसार काम हुने उहाँले बताउनुभयो । सत्ता साझेदार सबै दल र साझेदार निकायबीच छिट्टै छलफल गरि विकासको मोडालिटी तय गरेर काम अगाडि बढाउने प्रधानमन्त्रीको भनाइ छ ।   सडक विकासको पहिलो आधारशिला भएको भन्दै उहाँले देशभरका रणनैतिक सडकहरु प्राथमिकताका साथ स्तरोन्नती गर्ने सरकारको योजना रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै उपप्रधान तथा भौतिक पूर्वाधार विकास मन्त्री नारायणकाजी श्रेष्ठले जनताको भावनाअनुसार काम गर्न सरकार प्रतिवद्ध भएको बताउनुभयो ।   ‘यो सडकको शिलान्यास मात्र होइन, जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्ने कार्यको उद्घाटन पनि हो,’ उहाँले भन्नुभयो, ‘अब सरकारले दृढताका साथ विकास निर्माणका काम अघि बढाउँछ ।’    यसैगरी, पूर्व उपप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उक्त सडकले यो क्षेत्रको विकासमा सम्भावना खोल्ने बताउनुभयो । गोरखा र लम्जुङलाई जोड्ने रणनीतिक सडकले जनताको जीवनस्तर उकास्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।   ‘मेरो लागि सबैभन्दा खुसीको क्षण हो । म आफैँ अर्थमन्त्री हुँदा यो बाटो स्तरोन्नतीको कार्य सुरु गरेको थिएँ,’ उहाँले भन्नुभयो,‘तर बारम्बार पहल गर्दा पनि यसले पूर्णता पाउन सकेको थिएन ।’   यही क्षेत्रका जनप्रतिनिधि समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल प्रचण्डद्वारा सडक शिलान्यास गराउनु पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । भारत सरकारको एक्जिम बैंकको ऋण सहयोगमा २०.३ किलोमिटर सडक कालोपत्र गर्न लागिएको सडक विभागका महानिर्देशक सुशिल ढकालले जानकारी दिनुभयो ।   त्यसको लागि ८१ करोड ६१ लाख बजेट विनियोजन गरिएको उहाँको भनाइ छ । गोरखाको पालुङटार १ को पन्थडिहीबाट लम्जुङको साहलटारसम्म सकड कालोपत्रे हुने बताइएको छ । 

काठमाडौं :  नेकपा एकीकृत समाजवादीले गठबन्धनमा भागबण्डाको टुंगो  लगाउने जिम्मा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिएको छ।   मंगलबार बिहान पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले  मन्त्रालयको बाँडफाँट र भागबण्डा टुंग्याउन अध्यक्ष नेपाललाई दिने निर्णय गरेको हो   बैठकपछि सम्मानित नेता झलनाथ खनालले गठबन्धनमा मन्त्रालयको टुंगो लगाएपछि पार्टीले निष्कर्श निकाल्ने बताए। उनले भने,' सरकारमा कसरी जाने,के उद्देश्यले जाने, के नीति कार्यक्रमका साथ जाने,सरकारमा आफूहरूको के हिस्सेदारी हुन्छ ? अध्यक्षको टिमले गठबन्धनसँग कुराकानी गर्छ,'उनले भने।   बैठकमा मन्त्रालयबारे प्रारम्भिक छलफल सुरू भएको हो।   प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार  विश्वासको मत लिएलगत्तै आजदेखि सरकार विस्तारको तयारी थाल्ने बताएका थिए। त्यसपछि गठबन्धन आवद्ध दलहरू आन्तरिक छलफलमा जुटेका हुन्।

काठमाडौं:    राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएको दुई छुट्टाछुट्टै निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनु भएपछि दुवै निर्वाचन क्षेत्र रिक्त भएको थियो।  सङ्घीय संसद्ले सोमबार आयोगलाई पत्राचार गरी दुवै निर्वाचन क्षेत्र रिक्त भएको जानकारी गराएपछि आयोगले उपनिर्वाचन गर्ने निर्णय गर्दै निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दुवै क्षेत्रको उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवार मनोनयन हुने तालिकासहितको निर्वाचन कार्यक्रम प्रकाशित गरिएको बताउनुभयो।  कार्यक्रमबमोजिम मनोनयन दर्ता गराएका उम्मेदवारले चैत २३ गते नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ। आगामी वैशाख १० गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।  चितवन–२ मा समेत आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ। सर्वोच्च अदालतले तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने अयोग्य रहेको आदेश गरेपछि सो क्षेत्र रिक्त हुन गएको थियो। उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारी दर्तादेखिको कार्यक्रम सँगसँगै अगाडि बढ्ने आयोगले जनाएको छ। निर्वाचन आयोगको पदाधिकारी बैठकले दुवै निर्वाचन क्षेत्रमा सहभागी हुने राजनीतिक दललाई चैत ८ देखि १२ गतेसम्म आयोगमा दर्ता गराउन आह्वान गरेको छ। आयोगले चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले निर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिन सक्ने जनाएको छ।  निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा गत माघ २९ गतेसम्म नाम दर्ता गराएका व्यक्तिले मात्र वैशाख १० गते मतदान गर्न पाउने बताउनुभयो। उहाँले भन्नुभयो, “निर्वाचन आयोगले यस आर्थिक वर्षभित्र हुने सबै उपनिर्वाचनका लागि सोही मितिलाई आधार मानेको छ। माघ २९ गतेसम्म दर्ता भई वैशाख ९ गते १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउनेछन्।” यसअघि भने निर्वाचनको मिति घोषणा भएको दिनसम्म दर्ता हुने व्यक्तिको नाम मतदाता नामावलीमा सूचीकृत हुँदै आएको थियो।   

काठमाडौं:    त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको छ ।       त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुन भएकाले सोभन्दा अगाडि नै रोकिएका क्याम्पममा स्ववियु निर्वाचन गर्न निर्देशन दिनुभएको हो । उहाँले रोकिएका क्याम्पसमा आपसी सहमति गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ ।       “स्थगन भएका क्याम्पस/कलेजमा पनि आगामी चैत १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सोअगावै आपसी समझदारी कायम गर्दै कसैको हारजित नसम्झी विद्यार्थी युनियनको जितलाई केन्द्रबिन्दुमा राखी स्थगन भएका निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न सबै क्याम्पस, राजनीतिक दल, विद्यार्थी सङ्गठन, स्थानीय प्रशासनलाई अनुरोध गर्दछु”, उहाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।       उहाँले केही क्याम्पसमा विद्यार्थी सङ्गठनको सामान्य विवादका कारणले मतदान स्थगन गर्नु परे तापनि अधिकांश क्याम्पसमा शान्तिपूर्णरुपमा सम्पन्न भएको बताउनुभएको छ ।      हिजो चैत ५ गतेदेशभर नै त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि भएको स्ववियु निर्वाचन भएको थियो ।      ६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।      उपत्यकामा त्रिचन्द्र, आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कर्मश क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध छ ।      यस्तै, सबैभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस, चितवन, धौलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस पनि निर्वाचन प्रक्रिया रोकिएको छ ।

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ। सत्तारूढ दलको गठबन्धन राष्ट्रपति तथा उपराष्ट्रपति चुनावबाट विभाजित भएसँगै नियुक्त भएको अढाई महिनामै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो। गठबन्धन टुटेपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। प्रधानमन्त्रीलाई चैत १२ गतेसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।   पहिलो पटक नेकपा (एमाले) लगायतका दलहरूको समर्थनमा सरकार बनाउनुभएका प्रचण्डले सदनमा उपस्थित सङ्ख्याको झन्डै ९९ प्रतिशत सांसदको विश्वास मत पाउनुभएको थियो। तर एमालेसँगको गठबन्धन तोडेपछि यो पटक प्रधानमन्त्रीले एमालेलगायतका केही दलको मत नपाउने अवस्था छ। प्रमुख प्रतिपक्षी दल एमालेले विश्वासको मतबारे संस्थागत निर्णय गरिसकेको छैन। तर नेताहरूले भने मत नदिने बताउँदै आएका छन्। सरकारबाट बाहिरिएको राप्रपाले विश्वासको मत नदिने निर्णय गरिसकेको छ।  वर्तमान गठबन्धनमा आबद्ध अन्य दलहरूले विश्वासको मत दिने राजनीतिक सहमति शनिबार नै गरिसकेका छन्। नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतले मत दिने निर्णय गरिसकेका छन्। कांग्रेस र एकीकृत समाजवादीले सरकारमा सहभागी हुनेसमेत निर्णय गरिसकेका छन्। दुवै दल आइतबारदेखि नै संसद्को सत्तापक्षको स्थानमा समेत बसेका छन्।   प्रधानमन्त्रीलाई आफ्नो दल नेकपा (माओवादी केन्द्र)सँगै यो पटक नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायतको समर्थन छ। कुल २७५ सदस्यीय प्रतिनिधि सभाको बहुमतसहित प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहुने छ। विश्वासको मतका लागि प्रधानमन्त्रीलाई १३८ सांसद आवश्यक पर्नेछ।    सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको प्रतिनिधि सभामा ३२ सिट छ। यस्तै कांग्रेसको ८९ सिट भए पनि एक जनाको मताधिकार छैन। राष्ट्रिय स्वतन्त्र पार्टीको २०, जसपा १२, एकीकृत समाजवादी १०, जनमत पार्टी छ, लोसपा चार, नागरिक उन्मुक्तिको तीन सिट छ। यस्तै जनमोर्चाको एक सिट प्रतिनिधि सभामा छ। वर्तमान गठबन्धनको मतअनुसार प्रधानमन्त्री प्रचण्डलाई बहुमतका लागि सहज अवस्था छ। 

काठमाडौँ:  त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पस मध्ये केहीबाहेक सबैमा मतदान सकिएको हो ।  केही क्याम्पसहरूमा आन्तरिक विवादका कारण मतदान रोकिएको छ । ती बाहेक अन्य क्याम्पसहरूमा ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणले देखाएको छ ।    त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्याक पशुपति अधिकारीले निकै उत्साहजनक रूपमा मतदान सम्पन्न भएको बताए ।  कहि कतै कुनै अप्रिय घटना नभइकन निर्वाचन सम्पन्न भएको उनको भनाई छ । केही स्थानहरूमा निर्वाचन प्रक्रिया रोकिएको तर, केही दिनभित्रमा सम्पन्न हुने उनको भनाई छ ।  स्ववियु इतिहासमा पहिलो पटक शान्तिपूर्ण वातावरण स्ववियु निर्वाचन सम्पन्न भएको निर्देशक अधिकारीले बताए । कम मत खसेपनि कुनै पनि अप्रिय घटना नभएको उनको भनाई छ ।   काठमाडौँ उपत्यकाका केही क्याम्पसहरूमा भने अनेपक्षित मतदान भएको छ । शंकरदेव क्याम्पसमा ३५ प्रतिशत मात्रै मत खसेको छ । त्यस्तै थापाथली, नेपाल ल क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस लगायतका उपत्यकाका नाम चलेका क्याम्पसमा भने अनेपक्षित रूपमा मत खसेको छ । ती क्याम्पसहरूमा निकै कम मत खसेको हो ।  आंगिक बाहेक धेरै जसो सम्बन्धन प्राप्त क्याम्पसहरूमा समेत निर्वाचन सम्पन्न भएको छ ।   कतिपय स्थानको मत परिणाम समेत सार्वजनिक भइसकेको छ । मतदान सम्पन्न भएका क्याम्पसहरूमा सर्वदलीय बैठक बसेर मत गणनाको कार्य थालनी गरिनेछ ।  त्रिविका विभिन्न ४ वटा क्याम्पसहरूमा भने विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिएको छ ।    त्रिवि केन्द्रीय क्याम्पस, थापाथली र पुल्चोक इन्जिनियरिङ क्याम्पस र धरानको केन्द्रीय प्रविधि क्याम्पसमा विद्युतीय मेसिन मार्फत मतदान भएको हो । ती क्याम्पसहरूमा केही समयमा नै निर्वाचन मत परिणाम सार्वजनिक गरिनेछ ।  ती बाहेकका क्याम्पसहरूमा मध्यरातसम्ममा निर्वाचन मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी भइरहेका छन् ।    त्रिविका १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । जसअनुसार कोशी प्रदेशका २१ क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएका छन् । त्यस्तै बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ क्याम्पसमा निर्विरोध स्ववियु चयन भएका हुन् । देशभरका अढाई सय क्याम्पसहरूमा स्ववियु निर्वाचन भएका छन् ।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति  निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ।    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आइतबार राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन्।    सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको संविधानको भाग २४ धारा २४६ मा संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेशसभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नु आयोगको प्रमुख कार्य रहने व्यवस्थाबमोजिम आयोगले ती निर्वाचनहरू स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्णरूपमा कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिए।    उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले लोकतन्त्र परिपक्क हुँदै गएको उल्लेख गरे।   प्रमुख आयुक्त थपलियाले गत फागुन २५ मा निर्वाचित भई राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च र गरिमामय पदमा रही महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएकामा राष्ट्रपति पौडेलप्रति बधाइसहित सफल कार्यकालको शुभकामना व्यक्त गरे।    उनले यो वर्ष निर्वाचनमय वर्ष रहेको उल्लेख गर्दै गत वर्ष २०७८ माघ १२ गते राष्ट्रियसभाको रिक्त १९ पदको निर्वाचनबाट सुरु भएको यो शिलशिला यही चैत ३ मा उपराष्ट्रतिको निर्वाचन सम्पन्न भएसँगै पूरा भएको बताए।    यस कार्यमा नेपाल सरकार, सम्बन्धित निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता र सबै पक्षको सहयोगका लागि आयोगका तर्फबाट धन्यवाद व्यक्त गरे।   उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभार मध्ये उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादव ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए।    नेपालको संविधानको धारा ६७ अनुसार नेपालमा एक उपराष्ट्रपति रहने र राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट सम्पादन गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने व्यवस्था छ।    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी २०७९ माघ १६ गतेको आयोगको बैठकबाट २०७९ चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको थियो।