विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...

काठमाडौं:     नेपाली कांग्रेस कार्यसमिति बैठक जारी छ।  पार्टीको केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा विभिन्न विषयमा प्रस्ताव भइरहेका छन्। यसैक्रममा महामन्त्री गगनकुमार थापाले पार्टीको सांगठनिक कार्यतालिका प्रस्तुत गरेका छन्। उनले कार्यसमिति बैठक प्रत्येक दुई÷दुई महिनामा दोस्रो महिनाको पहिलो हप्ता बस्नुपर्ने प्रस्ताव अघि सारेका छन्। बैठक साउन, असोज, मंसिर, माघ, चैत्र र जेठको पहिलो हप्ता बस्नुपर्नेछ।  वर्षमा न्यूनतम दुई बैठक काठमाडौं उपत्यका बाहिर बस्नेछ। यस्तै नेता थापाले विधानको धारा ३७ (१) अनुसार केन्द्रीय कार्यसमिति सदस्य प्रमुख रहेको विभागहरूको गठन हुने प्रस्ताव गरेका छन्।  

काठमाडौं:    नेपाली कांग्रेस रुपान्तरण अभियानका अगुवाले प्रतिवेदन बुझाएका छन् । अभियानकर्मीले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउन समय लिएका थिए । तर, सभापति देउवा केन्द्रीय कार्यालयमा पुग्न ढिलाई गरेपछि मुख्य सचिव कृष्णप्रसाद पौडेललाई प्रतिवेदन बुझाइएको छ । ‘मुख्य सचिवमार्फत सभापतिलाई प्रतिवेदन बुझाएका छौं,’ अभियानका अगुवा जगदिश्वर नरसिंह केसीले भने । पार्टी रुपान्तरणका लागि २९ बुँदे प्रतिवेदन बुझाइएको छ । जेठ महिनाभर सातै प्रदेश र डायस्पोराबाट आएका कार्यकर्ताको सुझावको आधारमा प्रतिवेदन तयार गरिएको थियो ।    

काठमाडौं:     नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक वर्षपछि आज (मङ्गलबार) बस्दै छ। कांग्रेसको विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक एक वर्षपछि बस्न लागेको हो। यसअघि २०७९ साउन २ गते बैठक बसेको थियो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा मुख्यत: १० वटा मुद्दामा छलफल हुने बताउनुभयो। सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको हो।  महामन्त्री शर्माले सभापति देउवा र महामन्त्रीहरूबिचको परामर्शमा तय भएका एजेन्डाबारे पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गरिएको बताउनुभयो। उहाँका अनुसार बैठक प्रतिवेदन र प्रस्तावसहित १० बुँदे एजेन्डामा केन्द्रित रहन्छ। समसामयिक राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र, शासन र सुशासनका सन्दर्भमा बैठक केन्द्रित रहने छ।  उहाँले साङ्गठनिक कार्ययोजना र कार्यतालिका बैठकमा प्रस्तावित हुने बताउँदै पार्टीको निर्वाचन समितिमार्फत गर्नुपर्ने कतिपय काम पनि बैठकमा प्रस्ताव गरिने जानकारी दिनुभयो।  त्यसै गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय अनुमोदनको प्रस्ताव पनि बैठकमा प्रस्तुत हुनेछ। उहाँले निर्वाचन परिचालन समिति २०७९ का संयोजक गोपालमान श्रेष्ठले तयार पारेको प्रतिवेदन बैठकमा प्रस्तुत हुने बताउनुभयो। महामन्त्री शर्माले नीति अधिवेशनको मिति तय गर्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत हुने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “१४ औँ महाधिवेशनमा नेतृत्व चयनको अधिवेशन र नीति निर्माणको अधिवेशनलाई छुट्याउने निर्णय भयो।  यो बैठकमा नीति अधिवेशनको केही खाका प्रस्तुत हुन्छ। मिति, ढाँचा र प्रक्रिया तय गर्नेछ।” उहाँका अनुसार विभाग गठनका सन्दर्भको प्रस्तावमा केही विभाग थप्नुपर्ने र विभागको कामको व्याख्यासम्बन्धी प्रस्ताव पनि बैठकमा प्रस्तुत हुनेछ। उहाँले देश र विदेशका नेता–कार्यकर्ता र शुभचिन्तकको माग अनुरूप कांग्रेसको राष्ट्रव्यापी अभियानको नाम, उद्देश्य र खाका पनि बैठकमा प्रस्तुत हुने बताउनुभयो। त्यसै गरी अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले पार्टी अनुशासनसम्बन्धी प्रतिवेदन बैठकमा प्रस्तुत गर्नुहुने छ।  महामन्त्री शर्माका अनुसार निर्वाचनपछि सबैभन्दा ठुलो दलका रूपमा कांग्रेसले संसद्मा गरेका काम, भूमिका, विधेयक र प्रस्तुतिका सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रतिवेदन प्रस्तुत गर्नुहुने छ। उपप्रधानमन्त्री एवं रक्षामन्त्रीसमेत रहनुभएका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सङ्घीय सरकारसँगै चार प्रदेशमा कांग्रेसले गरिरहेको नेतृत्व र सातै प्रदेशका सरकारमा सहभागिताबारे विवरण राख्नुहुने छ।  प्रत्यक्ष प्रसारणको बहस कांग्रेस केन्द्रीय कार्यसमिति बैठक प्रत्यक्ष प्रसारण गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ। महामन्त्री शर्मा र पूर्वमहामन्त्री डा। शशाङ्क कोइरालाले बैठकको प्रत्यक्ष प्रसारण गर्ने विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको बताउनुभयो। उहाँहरूका अनुसार बैठकको प्रत्यक्ष प्रसारणबारे फेरि छलफल गरेर निष्कर्षमा पुग्ने समझदारी भएको छ। डा। कोइरालाले भन्नुभयो, “पहिलो दिन प्रत्यक्ष प्रसारण गर्ने र त्यसको प्रतिक्रिया कस्तो आउँछ, त्यसलाई हेरेर निर्णयमा पुग्ने छौँ।”    

काठमाडौं:    सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मङ्गलबार बस्ने केन्द्रीय कार्य समिति बैठकको विषय तय गर्नका लागि पदाधिकारी बैठक सुरु भएको जानकारी दिए ।  पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु भएको बैठकमा पार्टी सभापति, उपसभापति, महामन्त्रीसहित कार्य समितिका पदाधिकारी र पूर्व पदाधिकारी उपस्थित छन् । आजको बैठकले भोलि (मङ्गलबार)बाट बस्ने पार्टी केन्द्रीय समितिको बैठकका विषय तय गर्ने प्रयोजनका लागि बैठक बसेको हो । केन्द्रीय कार्यसमितिको बैठक भोलिदेखि सुरु हुँदैछ ।

काठमाडौं:     राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले विधेयक पेश गर्ने प्रक्रिया नमिलेको भन्दै नियमापत्ति गरेपछि प्रतिनिधिसभाको बैठकमा केहीबेर अवरोध सिर्जना भएको छ । कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका थिए । त्यसबीचमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई आफ्नो धारणा राख्न सभामुख देवराज घिमिरले समय दिए पनि रास्वपा र राप्रपाका सांसदहरू उठेर आपत्ति जनाएपछि अवरोध भएको हो । सभामुखले पटकपटक आग्रह गर्दा पनि सांसदहरू नबसेपछि सभामुखले विधेयक पेश गर्ने प्रक्रियाबारे नियमावलीको व्यवस्था सुनाउँदै सभामुखको घोषणा नै अन्तिम हुने जानकारी गराएका छन् । रास्वपा सांसदहरु सिटबाट उठेर वेल घेर्न आएका थिए, सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । 

काठमाण्डौ:  प्रतिनिधिसभाको बैठक ढिलो गरी शुरु भएको छ । आज आइतवारको बैठकमा मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची रहे पनि विधेयकको विषयमा सहमति जुट्न नसक्दा दिउँसो १ बजे बस्ने भनिएको बैठक साढे २ बजेमात्रै शुरु भएको हो ।   संसद् बैठकअघि दलहरूबीच भएको छलफलले प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक आज नै पारित गर्ने निर्णय गरेको छ । मिटरब्याजसम्बन्धी विधेयकलाई पारित गर्ने र सांसदहरूले राखेका संशोधनबारे सहमति भएको हो । सांसदहरूले राखेका संशोधनहरूलाई एकीकृत गरेर साझा दस्तावेज बनाएको र त्यसलाई संसदबाट पारित गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।   मिटरब्याजसम्बन्धी कानुनी व्यवस्था गर्नका लागि सरकारले अध्यादेश ल्याएको थियो । अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि ल्याइएको विधेयक असार २० गतेभित्र पारित गरिसक्नुपर्नेमा नेकपा एमालेको संसद् अवरोधका कारण विधेयक निष्क्रिय बनेको थियो ।   आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव गर्ने र दफावार छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ ।

पर्वत: पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा भएको जीप दुर्घटनामा थप एक बालकको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या दुई जना पुगेको छ ।    दुघर्टनामा परि गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको उपचारका क्रममा  ज्यान गएको हो । पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा उपचारकाक्रममा बालकको ज्यान गएको पर्वत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।    यस्तै, दुर्घटनामा परि सात वर्षीया बालिका शीतल विकको ज्यान गएको छ । पर्वतको कुश्मा बजारबाट दुर्लुङका  लागि छुटेको ग १ ज ५२२९ नम्बरको जीप गएराति दुर्लुङको गौडामुनि भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका अन्य १० जनाको उपचार भइरहेको छ ।    घाइतेमध्ये सात जनालाई पर्वतबाट उपचारका लागि पोखरा पठाइएको छ । कृष्णप्रसाद पाध्या, हिरादेवी मगर, मीनबहादुर क्षेत्री, चन्द्रकला क्षेत्री, अमृत क्षेत्री र भबदत्त शर्माको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।  बाँकी घाइतेको भने पर्वत अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परि घाइते भएकामध्ये शौरभ विक, शान्ति विक, अम्मर विक, निशान परियारको अवस्था सामान्य रहेको छ ।    यात्रुवाहक जीपको टायर फुस्केर ब्रेक फेल हुँदा गाडी दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । 

पोखरा:    लोकतान्त्रिक तमु संघ नेपाल रुपा गाँउपालिकाको प्रथम अधिवेशनले सुवेदार केहरसिंह गुरुङको अध्यक्षतामा २१ सदस्यीय कमिटि निर्वाचित गरेको छ ।  गाउँपालिकाको  अधिवेशनले लोकतान्त्रिक तमु संघ रुपा गाँउपालिको प्रथम अधिवेशनले केहरसिंङ गुरुङको अध्यक्षतामा सर्वसम्मत कमिटि चयन गरेको हो ।  कमिटिको उपाध्यक्षहरुमा लेखबहादुर गुरुङ र जसबहादुर गुरुङ, सचिवमा खसबहादुर गुरुङ, उपसचिवमा तेज गुरुङ, कोषाध्यक्षमा बेलकुमारी गुरुङ र सदस्यरुमा सुन्दर गुरुङ, बिकास गुरुङ, निर्मला गुरुङ, देवी गुरुङ, हरिमाया गुरुङ, प्रकाश गुरुङ, संजित गुरुङ, खगेन्द्र गुरुङ, रुपकला गुरुङ, नन्दकुमारी गुरुङ, लिलबहादुर गुरुङ, ज्ञानबहादुर गुरुङ, तेजमाया गुरुङ र हिमाल गुरुङ चयन भएका हुन् ।  नवनिर्वाचित कमिटिलाई लोकतान्त्रिक तमु संघका महासचिव हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष गुरुङले लोकतान्त्रिक तमु संघलाई रुपमा नमुना संघको रुपमा सबै तमुहरुलाई आस्थाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गरे ।   

काठमाडौँ: उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रूपमा सरकारी सेवा लिन सक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ ।   आइतबार सिंहदरबारमा भएको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ र सुरक्षा निकायका पूर्व उच्च अधिकारीबिच शान्ति सुरक्षा सुदृढीकरणका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आन्तरिक रूपमा सरकारी सङ्गठनहरूलाई संस्थागत गरी सुदृढ बनाउने काम सरकारले गरिरहेको बताउनु भयो । उहाँले मन्त्रालय विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने रु स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने रु र उनीहरूलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने रु भन्नेबारे सरकारले पनि आवश्यक तालिम दिनुपर्ने बताउनु भयो ।    मन्त्री श्रेष्ठले सरकारी कार्यालयभित्र अवाञ्छित चलखेलले भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो गृह मन्त्रालय अन्तर्गतको कर्मचारी प्रशासनमा हाम्रो नेपाल प्रहरीमा, सशस्त्र प्रहरी बल,नेपाल, राष्ट्रिय अनुसन्धान वा अरुपनि सरकारका कर्मचारी संयन्त्रदेखि लिएर सबै ठाउँमा हामीले विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने रु स्वच्छ ढङ्गले काम गर्ने कसरी बनाउने रु र उनीहरूलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने र? । विधिको पालना, संस्थागत काममा, आफूलाई भ्रष्टाचार र अनियमितताबाट मुक्त गरी स्वच्छ कसरी बनाउने रु र जनमुखी अभिमुखीकरण कसरी गर्ने भन्ने कुरामा ध्यान नदिकन जनतालाई जनताको क्षेत्रमा,देशमा, समाजमा सुशासन स्थापित गर्ने र जनताको डेलिभरी सहजतापूर्वक छिटो उपलब्ध गराउने काम वा आफूलाई दिएको जिम्मेवारी जनताको पक्षमा सम्पन्न गर्ने काम त्यति प्रभावकारी हुन सक्दैन भन्ने हाम्रो अनुभूति छ ।   आन्तरिक रूपमा हाम्रा सङ्गठनहरूलाई कसरी हामीले संस्थागत काममा लगाउने, त्यहाँभित्र कसैलाई पक्षपात भएको अनुभूति गर्न नदिने, प्रणालीमा काम गर्ने, अवाञ्छित चलखेलले भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्नुपर्छ । कार्यदक्षता प्रभावकारी नबनाई काम गर् भनेर परिणामको मात्रै अपेक्षा गर्न सकिँदैन ।