काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय भ्रमणका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएका भेटवार्तामा समेत सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरूमार्फत् समाधान गर्ने गरी अगाडि बढ्ने समझदारी भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तरको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालको अन्तर्राष्ट्रिय सीमाका सम्बन्धमा सङ्घीय संसद्, नेपाल सरकार तथा सबै नेपाली स्पष्ट र दृढ रहिआएको उल्लेख गर्नभयो । उहाँले भन्नुभयो, “नेपालको संविधानको २०७७ साल असार ४ गते भएको दोस्रो संशोधनमार्फत् नयाँ नक्सा समेटी संविधानको अनुसूची–३ मा राखिएको तथा सीमासम्बन्धी विषयमा हामीबीच अभूतपूर्व राष्ट्रिय सहमति रहेको छ । सुगौली सन्धि, १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी लिपुलेकलगायत काली (महाकाली) नदी पूर्वका सबै भूभाग नेपालका हुन भन्ने कुरामा नेपाल सरकार दृढ र स्पष्ट रहेको छ ।” प्रधानमन्त्री ओलीले २०८० पुस १९ गते सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा समेत सिमानाको विषयमा छलफल भएको र नेपाल–भारत सीमाको बाँकी खण्डका काम छिटोभन्दा छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त भएको बताउनुभयो । उहाँले नेपाल–भारत सीमा कार्य समूहबाट नेपाल–भारत सिमानामा सीमा स्तम्भहरूको निर्माण, पुनःस्थापना र मर्मतका साथै दशगजा एवं ‘क्रस होल्डिङ’को लगत तयार गर्ने जस्ता प्राविधिक कार्य निरन्तर रूपमा हुँदै आएका जानकारी गराउनुभयो । द्विपक्षीय अनुकूलतामा यसका बैठक सुचारू गर्ने सम्बन्धमा पहल भइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । सुगौली सन्धि, विभिन्न नक्सा, ऐतिहासिक तथ्य तथा प्रमाण समेतका आधारमा सीमा समस्यालाई भारत सरकारसँग वार्ता र कूटनीतिमार्फत समाधान गर्ने नेपाल सरकारको निरन्तर अडान र प्रतिबद्धता रहिआएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सोही अनुरूप हाम्रो सक्रिय पहल रहने कुरा म स्पष्ट पार्न चाहन्छु ।” दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बल, नेपालको गुल्म स्थापना गरिएको र दार्चुलामा भारततर्फ पाँचवटा र चीनतर्फ एउटा ‘बिओपी’ समेत थप गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । सुशासन सेवाप्रवाह र विकास निर्माणको बाधकको रूपमा रहेको भ्रष्टाचार निवारण वर्तमान सरकारको प्रमुख प्राथमिकताको विषय भएको उहाँले बताउनुभयो । “भष्ट्राचार निवारणका लागि सरकारले सम्भाव्य सबै उपायको अवलम्बन गर्नेछ,” प्रधानमन्त्री ओली भन्नुभयो, “सुन काण्ड, सहकारी ठगी, नक्कली भुटानी शरणार्थीलगायतका विषयमा सांसदहरुले उठाउनुभएका विषयमा म के प्रष्ट गर्न चाहन्छु, भने आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सरकार प्रतिवद्ध छ ।” जोसुकै दोषीलाई पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यससम्बन्धी कतिपय विषय न्यायिक निकायमा विचाराधीनसमेत रहेकाले सोही बमोजिम न्याय निरूपण हुने बताउनुभयो ।
गण्डकी: अस्तित्व सङ्कटबाट गुज्रिरहेको मनाङको गङ्गापूर्ण हिमताल जोगाउने योजना बजेट अभावमा अलपत्र परेको छ । एकातिर हिमनदीको कटान, अर्कातिर माटोको लेदो र गेग्र्यान थुप्रिँदा बर्सेनि तालको सौन्दर्य खस्किरहेको छ । बेलैमा संरक्षण योजना अगाडि नबढे ताल नै नामेट हुने अवस्था रहेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताउनुभयो । उहाँका अनुसार तीन वर्षअघि सुरु भएको ताल संरक्षण योजनाले गति नलिँदा तालको अस्तित्व झन्झन् सङ्कटमा परेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मनाङ ङिस्याङ गाउँपालिकाको साझेदारीमा ताल संरक्षणको काम अगाडि बढेको थियो । मन्त्रालयको ७० र गाउँपालिकाको ३० प्रतिशत लागत रहनेगरी सुरु गरिएको उक्त योजना बजेट अभावका कारण अलपत्र परेको गाउँपालिका अध्यक्ष घलेले बताउनुभयो । “पहिले वर्ष अलिअलि काम भयो, त्यसपछि माथिबाट बजेट पनि आएन, निर्माण कम्पनी पनि काममा फर्केन”, उहाँले भन्नुभयो । विसं २०७८ को अधिक वर्षा र बाढीले पुरिएको ताल संरक्षणमा स्थानीयले समेत पहल लिएका थिए । जनश्रमदान जुटाएर तालको ड्याम लगाउनेलगायत काम भएको अध्यक्ष घलेले बताउनुभयो । विसं २०७८ असोजमा ताल संरक्षणका लागि आवश्यक संरचना बनाउने जिम्मा निर्माण कम्पनी जलजला÷शिवशक्ति÷अधिकारी जेभीले पाएको थियो । रु चार करोड आठ लाखको ठेक्का खुलेकामा उक्त कम्पनीले भ्याटसहित रु दुई करोड ९५ लाखमा ठेक्का लिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवीन क्षेत्रीले जानकारी दिनुभयो । पर्यटन मन्त्रालयबाट पहिलो वर्ष रु २५ लाख बजेट आए पनि त्यसपछि बजेट निकासा हुन नसकेको उहाँले बताउनुभयो । “सुरु बजेटले ग्याबिन जाली लगाउने, ताल सफाइलगायतका काम भए, त्यसपछि बजेट आएन, निर्माण कम्पनीले पनि काम गर्न सकेन”, निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले भन्नुभयो, “लागत साझेदारीका लागि गाउँपालिका तयार रहे पनि सङ्घीय मन्त्रालयले बजेट दिन नसकेपछि ताल संरक्षणको कामले गति लिन नसकेको हो ।” उहाँका अनुसार हालसम्म योजनाको झन्डै २० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । उक्त योजनाअन्तर्गत तालको ड्याम उठाउने, हिमनदीको कटान रोक्न ग्याबिन पर्खाल, ताल परिसरमा पदमार्गलगायत पर्यटकीय पूर्वाधार निर्माण गरी तालको दिगो संरक्षणको लक्ष्य लिइएको उहाँको भनाइ छ । मन्त्रालयलबाट बजेट नआएमा गाउँपालिकाको बजेटले भ्याउनेसम्मका संरचना बनाउने विषयमा छलफल भइरहेको अध्यक्ष घलेले बताउनुभयो । “मन्त्रालयले गङ्गापूर्ण हिमतालको अहिलेको अवस्था र संरचना निर्माणको कार्य प्रगतिबारे विवरण मागेको छ, हामीले सबै विवरण पठाएको छौँ, मन्त्रालयसँगको साझेदारीमा उक्त योजनालाई निरन्तरता दिने÷नदिनेबारे केही दिनमा थाहा हुन्छ”, उहाँले भन्नुभयो । अध्यक्ष घलेले पर्यटकीय आकर्षणको गङ्गापूर्ण ताल सङ्कटमा पर्दा स्थानीय चिन्तित रहेको बताउनुभयो । उहाँले मस्र्याङ्दीलगायत त्यस क्षेत्र भएर बग्ने नदीको स्रोतसमेत रहेको उक्त हिमताल जोगाउन सङ्घ र प्रदेश सरकारले गम्भीरता देखाउनुपर्ने बताउनुभयो । गण्डकी प्रदेश सरकारको ताल संरक्षण तथा विकास प्राधिकरणका प्रमुख शम्भुकुमार मिश्रले गङ्गापूर्ण हिमतालको संरक्षणमा अहिलेसम्म प्राधिकरणकातर्फबाट कुनै काम नभएको जानकारी दिनुभयो । पर्यटक पथप्रदर्शक दिवस गुरुङले गङ्गापूर्ण हिमताल विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको आकर्षक गन्तव्यस्थलका रुपमा रहेको उल्लेख गर्नुभयो । “पछिल्लो समय उक्त हिमतातालको स्वरुप नै खल्बलिएको छ, बर्सेनि ताल पुरिने क्रम बढ्दो छ”, उहाँले भन्नुभयो, “जलाधार संरक्षण र पर्यावरणीय सन्तुलनका लागिसमेत गङ्गापूर्ण हिमताल जोगाउनुपर्छ ।” हिमनदी र हिमतालहरु पृथ्वीको पानीको समेत स्रोत भएकाले तिनको संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ । केही वर्षअघि गङ्गापूर्ण हिमतालमा अभिनेता अमिताभ बच्चन, अनुपम खेरलगायतद्वारा अभिनित बलिउड चलचित्र ‘उचाइ’को छायाँकन गरिएको थियो । मनाङ ङिस्याङ–६ मा पर्ने उक्त हिमताल समुद्री सतहदेखि तीन हजार पाँच सय ४० मिटर उचाइमा अवस्थित छ । गङ्गापूर्ण हिमालबाट बगेर आउने हिमनदीबाट उक्त ताल बनेको हो । जाडो याममा हिमताल जम्ने गरे पनि बर्सातका बेला भने हिमालको फेदबाटै हिउँ पग्लेर पानी तालसम्म आइपुग्ने गर्छ । मनाङ गाउँदेखि पैदल १५ मिनेटमा पुग्न सकिने उक्त हिमतालमा अहिले सडक पनि पुगेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (इसिमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडीपी०ले संयुक्त रुपमा गरेको अध्ययनअनुसार नेपालमा दुई हजार ८६ हिमताल रहेको पाइएको छ । तीमध्ये २१ हिमताल जोखिममा रहेको देखाएको जलवायु विज्ञ डा विमल रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार च्छो रोल्पा, इम्जा, मनास्लु हिमशृङ्खलाको ठुलागी, वरुण, चामलाङलगायतका हिमताल उच्च जोखिममा छन् । विश्वव्यापी तापमानमा भइरहेको वृद्धिबाट हिमालय क्षेत्र प्रत्यक्ष प्रभावित छ । माटो, बालुवा र गेग्र्यानसहितको संवेदनशील भूगोलमा हिमतालहरु रहेकाले जुनसुकै बेला हिमताल फुट्ने र बाढीपहिराको रुप लिन सक्ने डा रेग्मीले बताउनुभयो । हिमताल रहेका क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्नुपर्ने उहाँको भनाइ छ । “मानिस पुग्न नसक्ने ठाउँमा स्याटेलाइट, राडार जस्ता प्रविधिमार्फत हिमतालको नियमित अनुगमन र अध्ययन गर्नुपर्छ”, डा रेग्मीले भन्नुभयो, “फुट्ने जोखिममा रहेका हिमतालको पानीको सतह घटाउनुपर्छ ।”
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा चर्चामा आएका भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनका आरोपहरुको निष्पक्ष र स्वतन्त्र रुपमा छानबिन गर्ने प्रतिबद्ध जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उहाँले सहकारी क्षेत्रका बचतकर्ताले भोग्नुपरेका समस्याहरू सम्बोधन गर्न विगतमा गठित कार्यदलबाट प्राप्त सुझाव कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रधामन्त्री ओलीले सहकारीपीडितहरुसँग पटक–पटक गरिएका सहमति कार्यान्वयन प्रक्रिया भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अगाडि अगाडि बढाएको जानकारी गराउनुभयो । “समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचतकर्ताहरुसँग ‘अनलाइन’मार्फत मागदाबी गरिएबमोजिम ५९ हजार पाँच सय ८७ वटा मागदाबी निवेदन प्राप्त भएको छ, सोबापत रु ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार बराबरको दायित्व यकिन गरिएको छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले सहकारी कर्जा असुली न्यायाधीकरण, कर्जा सूचना केन्द्र, र सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने प्रक्रिया अगाडि बढाइसकिएको उल्लेख गर्दै यसका लागि बजेट समेत सुनिश्चित गरिएको जानकारी दिनुभयो । सहकारी नीतिको परिमार्जित मस्यौदा तयार गरिएको जानकारी गराउँदै उहाँले सहकारी ऐन, २०७४ को संशोधन मस्यौदा तयारीको चरणमा रहेको बताउनुभयो । संविधान संशोधनसँग सम्बन्धित प्रश्नमा प्रधानमन्त्री ओलीले संविधान संशोधन राष्ट्रिय आवश्यकता र राष्ट्रहितलाई मनन गरी राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति जुटाउँदै अघि बढाइने विश्वास दिलाउनुभयो । “वर्तमानमा देखिएका समस्या सम्बोधन गरी संविधानलाई अझ जीवन्त बनाउन, देशलाई स्थायित्व र समृद्धिको मार्गमा अगाडि बढाउन सरकारमा रहेका÷नरहेका सबै दलहरूसँग छलफल गरी परामर्श लिँदै यस कार्यलाई अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु”, उहाँले भन्नुभयो ।
तनहुँ: तनहुँको व्यास नगरपालिका–१ भादगाउँ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा मगर भाषा प्रशिक्षक प्रशिक्षणसम्बन्धी प्रशिक्षण सुरु भएको छ । अध्ययन तथा कामकाजी भाषामा मगर भाषा सहभागी गराउन सहज बनाउने उद्देश्यले पुरक पाठ्यक्रममा मगर भाषा समावेश गरी क्याम्पसले प्रशिक्षण सुरु गरेको हो । पुरक पाठ्यक्रमको प्रशिक्षण कक्षा आइतबार बिहान ६ बजेदेखि बेलुकी ४ बजेसम्म एक सातामा ४८ घण्टा सञ्चालन हुने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो । उहाँका अनुसार छ जना मगर भाषाका विज्ञहरूले प्रशिक्षार्थीलाई प्रशिक्षण दिनुहुनेछ । उहाँले भन्नुभयो, “तनहुँको सबैभन्दा बढी जनसङ्ख्या भएको मगर जातिको भाषा, संस्कार, संस्कृतिको संरक्षणमा टेवा पु(याउन पुरक पाठ्यक्रम निर्माण गरी प्रशिक्षण गरिएको हो ।” प्रशिक्षणको सम्पूर्ण खर्च क्याम्पसले व्यवस्थापन गरेको छ । प्रशिक्षणले क्याम्पसलाई परिस्कृत गर्ने उहाँको विश्वास छ । क्याम्पसले यस वर्ष चार छुट्टाछुट्टै विषयमा पुरक पाठ्यक्रम सञ्चालन गरेको छ । कक्षा १२ उत्तीर्ण ३० जना प्रशिक्षार्थी प्रशिक्षणमा सहभागी छन् । प्रशिक्षणमा ७० प्रतिशत क्याम्पसका विद्यार्थी र ३० प्रतिशत मगर समुदायका छन् । गण्डकी र सुदूरपश्चिमका मगरभाषी युवा प्रशिक्षणमा सहभागी छन् । क्याम्पसको आदिवासी जनजाति भाषा तथा संस्कृति सम्बद्र्धन एवं विकास समितिले प्रशिक्षणको व्यवस्थापन गरेको हो । समितिका संयोजक एवं क्याम्पस सञ्चालक समिति सदस्य क्या सोमबहादुर थापाले भाषा प्रशिक्षणले पाठ्यक्रमलाई सहज बनाउने र मगर भाषा संरक्षणमा टेवा पुग्ने बताउनुभयो । क्याम्पस प्रमुख हडखलेले समुदाय र सरोकारवाला सङ्घ संस्थाले चासो नदिँदा अन्य आदिवासी जनजाति समुदायको भाषा र संस्कृति संरक्षण गर्न अत्यावश्यक देखिएको बताउनुभयो । उहाँले भाषाको महत्व नबुझ्दा लोप हुन लागेका भाषा संरक्षण गर्ने उद्देश्यले क्याम्पसले मगर विद्यार्थी र समुदायका मगर भाषी युवालाई प्रशिक्षक बनाउन पुरक पाठ्यक्रम तयार गरी प्रशिक्षण दिन थालिएको बताउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवं तालिमका मुख्य प्रशिक्षक तथा मगर भाषा विज्ञ प्रा डा विष्णु सिञ्जालीले आदिवासी जनजातिका भाषा एवं संस्कृति राज्यको ठूलो पहिचान र सम्पत्ति भएको धारणा राख्नुभयो । जनजातिले मातृभाषा र संस्कृति संरक्षण गर्दै आए पनि राज्यले क्याम्पस तथा विश्वविद्यालयमा आदिवासी जनजातिका भाषा एवं संस्कृति अध्ययन अध्यापन र सोध तथा अनुसन्धान गर्ने वातावरण बनाउन नसकेको गुनासो उहाँको छ । आदिकवि क्याम्पसले सराहनीय कार्यको सुरुआत गरेकामा उहाँले प्रशंसा गर्नुभयो । सांस्कृतिक सम्पदा कुनै समुदायको मात्र नभइ राज्यको राष्ट्रिय सम्पदा भएकाले राज्यले संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा डा सिञ्जालीको जोड छ । नेपाल मगर सङ्घ केन्द्रीय निर्वाचन संयोजक सिद्धान्त गर्जामगरले दुई वा दुईभन्दा बढी भाषालाई स्थानीय तहमा सरकारी कामकाजको भाषा बनाउने संविधानमा उल्लेख भए पनि तनहुँको कुनै पालिकाले मगर भाषालगायत भाषालाई स्थानीय कामकाजको भाषा नबनाएकोमा दुःख व्यक्त गर्नुभयो । आधारभूत तहसम्म मातृभाषामा पढाइ हुनुपर्नेमा उहाँको जोड छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वुद्धिमान श्रेष्ठले क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये ठूलो हिस्सा आदिवासी जनजाति समुदायका भएकाले भाषा र संस्कृति संरक्षण गर्न ठोस् कार्यक्रम अगाडि सारिएको बताउनुभयो ।
काठमाडौं: मुलुकका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद मनबहादुर गुरुङले बर्सातका कारण देशैभरिका अधिकांश सडक अवरुद्ध भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “कास्की निर्वाचन क्षेत्र नं १ अन्तर्गत मादी गाउँपालिकाका सडक अवरुद्ध छन्, गाउँको सदरमुकामसँग सम्पर्क टुटेको छ, यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ ।” सांसद महेशकुमार बर्तौलाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको भन्दै तीव्र गतिमा काम गर्न सरकारसँग आग्रह गर्नुभयो । सांसद महेश बस्नेतले वर्षाका कारण इलामका विभिन्न स्थानमा बाढी पहिरोबाट स्थानीयले ठूलो क्षति ब्यहोर्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद माधव सापकोटाले सिन्धुपाल्चोकका विभिन्न स्थानमा वर्षाका कारण बस्ती नै जोखिममा रहेका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद राजेन्द्रकुमार केसीले वर्षाका कारण मुुलुकका धेरै भूभाग बाढीबाट डुबानमा परेका, काठमाडौँ उपत्यकाको ग्रामीण भेगमा पहिरोका कारण खाद्यान्न बालीनाली तहसनहस भएको तथा दक्षिणकाली वडा नं १ चाल्नाखेलदेखि विद्युत्गृहसम्म पुग्ने सडक २० दिनदेखि अवरुद्ध भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मेनकाकुमारी पोख्रेलले वर्तमान सरकारले मुलुकमा रहेको भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । सांसद मुक्ताकुमारी यादवले वर्तमान सरकार महिला, मधेसी, दलितसहितको समावेशी बनाउनुपर्ने माग गर्नुभयो ।
काठमाडौं: मुलुकमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढिरहेका छन् । प्रहरीको तथ्याङ्क अनुसार प्रविधिको विकाससँगै आपराधिक क्रियाकलाप बढिरहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय साइबर तथा बैङ्किङ अपराधहरु बढ्दो क्रममा रहेका जानकारी दिनुभयो । परम्परागत रुपमा हुने अपराध पनि भइरहेका देखिन्छन् । प्रहरीको तथ्याङ्कमा गत आर्थिक वर्षमा ५९ हजार बढी अपराधका घटना भएका छन् । आर्थिक वर्ष २०७९/८० मा ५६ हजार अपराधका घटना दर्ता भएका थिए । अपराध बढेसँगै चुनौती पनि बढेको नेपाल प्रहरीले जनाएको छ । प्रहरी नायब महानिरीक्षक कार्कीले साइबर तथा बैङ्किङ अपराध बढेसँगै प्रहरीले आफ्नो अनुसन्धान पद्धतिलाई पनि विकास गरिरहेको बताउनुभयो । कतिपय अनुसन्धानमा सफलता नपाए पनि धेरै अनुसन्धान सफल भएका उहाँको दाबी छ । “निर्मला पन्तको बलात्कारपछि हत्यालगायत घटनाको अनुसन्धानमा प्रहरीले निरन्तर खोजी गरे पनि सफलता पाएका छौनौँ, तर त्यस्तै प्रकृतिका र अन्य ठूला अपराधमा भने सफलता पाइरहेका छौँ”, उहाँले भन्नुभयो । गएको एक वर्षमा प्रहरीले केही ठूला आपराधिक घटनाको अनुसन्धानमा सफलता प्राप्त गरेको छ । यी नौ घटना, जसमा प्रहरीलाई सफलता प्राप्त गरेको छ । तीनकुने सामूहिक हत्या प्रकरण विसं २०८० भदौ २९ गते तीनकुने सामूहिक हत्या प्रकरण भएको थियो । काठमाडौँको तीनकुनेस्थित दिव्य स–मिलमा रातिको समयमा धारिलो हतियार प्रहार गरी चारजनाको हत्या भएको घटनाको प्रहरीले छोटो समयमा नै सफल अनुसन्धान गरेको थियो । दोलखा कालिन्चोक गाउँपालिका–८ घर भई सोही स–मिलमा काम गर्ने कुमार भुजेल भन्ने पूर्णबहादुर भुजेल, उहाँकी श्रीमती अम्बिका भुजेल, पूर्णबहादुर भुजेलकी आमा सुभद्रा भुजेल र सोही मिलमा बस्ने नवीन भन्ने विशाल राईको हत्या भएको थियो । अनुसन्धानका क्रममा उक्त घटना सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीले गराएको खुल्यो । मोटरसाइकलले ठक्कर दिएको र त्यस विषयमा उत्पन्न विवादको रिसइबीले घटना भएको पाइएको प्रहरीले जनाएको छ । सञ्जय भण्डारीले मोटरसाइकल ठोक्किएको विवादमा मोरङका विशाल राईको हत्या गरेको र उक्त घटना देखेपछि घटना बाहिर जाने डरले अरूको पनि हत्या गरेको स्वीकारेका प्रहरीको अनुसन्धान टोलीद्वारा अनुसन्धानका क्रममा सार्वजनिक गरिएको प्रहरी नायब महानिरीक्षक कार्कीले जानकारी दिनुभयो । किशोरी हत्या गरी शिवपुरी जङ्गलमा गाडेको घटना विसं २०८० माघ २२ गतेको हो । उक्त दिन अन्दाजी ५ बजेको समयमा तारेभिरस्थितमा सुष्मा लामाको शव गाडेको अवस्थामा भेटियो । उक्त घटनाको अनुसन्धानमा प्रहरी टोली खटियो । अनुसन्धानका क्रममा उनलाई आफ्नै प्रेमीले प्रेम प्रस्ताव अस्वीकार गर्दा पूर्वयोजनाअनुसार नै हत्या गरेर खाल्डो खनी गाडेको खुल्यो । प्रहरी प्रवक्ता कार्कीले प्रतिवादी रूपेन्द्र लामाले मन पराई प्रेम प्रस्ताव राख्दा अस्वीकार गरेकाले उनले पूर्वयोजना बनाई हत्या गरेर घर नजिकै शिवपुरी राष्ट्रिय निकुञ्जमा लगि खाल्टो खनी गाडेको पत्ता लागेको जानकारी दिनुभयो । निजलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । महोत्तरी बैङ्क लुटपाट विसं २०८० जेठ १६ गते अन्दाजी १२ः२५ बजेको समयमा महोत्तरीमा रहेको एनएमबी बैङ्कमा अपरिचित नकाबधारी चाररपाँचजनाको हतियारधारी समूहले बैङ्क लुटपाट गर्यो । उनीहरु बैङ्कमा प्रवेश गरी बैङ्कका कर्मचारी तथा सेवाग्राही समेतलाई पेस्तोल देखाई बैङ्कबाट तत्काल रु १५ लाखभन्दा बढी लुटेर लगे । उनीहरुले बैङ्कका कर्मचारीको मोबाइलसमेत लुटी डाँका गरी नम्बर नखुलेको दुईवटा मोटरसाइकलमा चढेर भागेका थिए । घटनाको अनुसन्धानका क्रममा उक्त घटनामा भारतीय नागरिक अजय कुमार, धनुषा मुजर्निया मुखियापट्टी–२ बस्ने वर्ष २२ को अनर्जित राम र अर्का एकजना संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । आमाछोरीको आगो लगाएर हत्या सल्ल्यानमा विसं २०८० भदौ ५ गते ६ः५० बजेको समयमा एउटा घरमा मानिस सुतिरहेका बेला जलेको अवस्थामा आमाछोरी भेटिए । टिनले छाएको एकतले कच्ची घरमा पीडितहरु बिहानसम्म पनि नउठेपछि स्थानीय छिमेकीले ढोका खोली हेर्दा कोठाभित्र आगलागी भई जली मृत अवस्थामा फेला परेका थिए । सल्ल्यानको त्रिवेणी गाउँपालिका–२ झालेढुङ्गा बस्ने २९ वर्षकी रेवती थापा र उनकी नौ महिनाकी छोरी ऋतु थापाको आगो लगाएर हत्या गरिएको थियो । उक्त घटनाको अनुसन्धानका क्रममा प्रतिवादीले प्रेम सम्बन्धका कारण आगो लगाई आमाछोरीको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा सल्ल्यानको सिद्धकुमाख गाउँपालिका–२ खानीगाउँ बस्ने २८ वर्षका कर्णबहादुर बस्नेत र वर्ष २८ की गीता कार्कीलाई पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । परिवारको सामूहिक हत्या मुगुमा विसं २०८० कात्तिकमा आफ्नै घरमा धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेको अवस्थामा परिवारका सबै सदस्या शव फेला परेको थियो । प्रहरीका अनुसार मुगु छायाँनाथ रारा नगरपालिका–६ का मुन्दुगाउँ बस्ने श्रीदेवी बोहोरा, उनका नाबालक छोराहरू मनोज बोहोरा र रहर बोहोरा तथा नाबालिका छोरी अप्सरा बोहोराको हत्या भएको थियो । त्यस घटनामा छायाँनाथ रारा–६ कोटिला बस्ने वर्ष ३० का गोपाल बोहोरा र वडा नं ७ पिना बस्ने वर्ष ३० का गोर्खराज शाही संलग्न रहेको पाइएको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले खनुसन्धानका क्रममा खुलेको बताउनुभयो । उक्त घटनाको पनि प्रहरीबाट सफल अनुसन्धान गरी अपराधीलाई पक्राउपश्चात् कानुनी कारबाही भइरहेको छ । पैसा र सम्पत्तिका कारण हत्या गरेको खुल्न आएको उहाँको भनाइ छ । हत्या गर्ने एकजना आफन्त नै रहेका प्रहरीले जनाएको छ । दम्पती हत्या प्रकरण पर्वतमा २०८० साल चैत २० गते जलजला गाउँपालिका–२ राममन्दिर बस्ने श्रीमान् र श्रीमती ढुङ्गा माटोले बनेको आफ्नै घरमा बसिरहेका बेला हत्या भएको थियो । जलजला–२ राममन्दिर बस्ने वर्ष ६९ को सूर्यबहादुर घर्ती र श्रीमती वर्ष ६७ की कमला घर्ती मृत भेटिएका हुन् । दुईतले पक्की घरको भुइँ तलाको आफू सुत्ने कोठाभित्र रगताम्मे अवस्थामा दम्पतीको शव भेटिएको थियो । उक्त घटनाको पनि सफल अनुसन्धान गरी प्रहरीले प्रतिवादी पक्राउ गरेको छ । घटनामा जलजला–२ बस्ने वर्ष ३२ का कृष्णबहादुर विश्वकर्मा र कुश्मा नगरपालिका–२ खुर्कोट स्थायी घर भई कास्की बस्ने दीपक दर्जी संलग्न रहेका प्रहरीले जनाएको छ । उनीहरुले सम्पत्ति लुट्ने उद्देश्यले निज दम्पतीको हत्या गरेका पाइएको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बोरामा दुईजनाको शव फेला विसं २०८० मङ्सिर ६ गते १२ः५० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा दुई शव बोरामा बाँधेर फ्याँकिएको अवस्थामा फेला पर्यो । सडक कल्भर्टमुनि दुईवटा जुटको बोरामा एक पुरुष र एक महिलाको शव फेला परेको थियो । भारत मोतिहारीका १९ वर्षीय ऋषभकुमार कुशवाहा र सोही ठाउँका अस्मिता भन्ने सञ्जु देवीको शव भएको प्रहरीले पुष्टि गर्यो । उनीहरूको हत्या अस्मिताका पति ३३ वर्षीय अखिलेश भगतले गरेको सिआइबीको अनुसन्धानले पत्ता लागेको थियो । अखिलेष भगत हाल भारतस्थित कारागारमा अपहरण मुद्दामा सजाय काटिरहेका छन् । विवाहपछि भतिजसँगको सम्बन्धका कारण उनले आफ्नै श्रीमती र भतिजको हत्या गरेका थिए । विनोद सुनचाँदी पसल चोरी प्रकरण चितवनको कालिका नगरपालिका खोलेसिममा रहेको विनोद सुनचाँदी पसलमा गत असार १ गते चोरी भएको थियो । सिसी टिभी फुटेजमा दुईजनाले झोला भरी राखेर मोटरसाइकलमा सुन लगेको देखिन्थ्यो । उक्त घटनापछि प्रहरीले अनुसन्धान थाल्यो । घटनामा पसल सञ्चालक विनोद सुनुवार आफैँले योजना बनाएर बीमा दाबीका लागि सुन चोरी गर्न लगाएको पाइएको केन्द्रीय प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो । उक्त घटनापछि निजले रु दुई करोड ५५ लाखको बीमा दाबी गरेका थिए । उनले आफ्ना चिनेजानेका र काम गर्ने कर्मचारी प्रयोग गरेर चोरी गर्न लगाएको पाइएको कार्कीले बताउनुभयो । उहाँका अनुसार प्रहरीले सञ्चालकसहित पाँचजनालाई पक्राउ गरी कारबाही अघि बढेको छ । बलात्कारपछि हत्या गत मङ्सिरमा धनुषामा भएको बालिकामाथिको बलात्कारपछि हत्याको घटनामा पनि प्रहरीले सफल अनुसन्धान गरेको छ । अनुसन्धानमा अपराधीले बलात्कार गरी घाँटी थिचेर हत्या गरेर पोखरीमा शव फालेको स्वीकारेका प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । उक्त अनुसन्धानका क्रममा प्रहरीले धनुषा सबैला नगरपालिकाका ३१ वर्षीय विनोदकुमार राय र कमला नगरपालिका–६ बस्ने २४ वर्षीय रोशनकुमार मुखियालाई पक्राउ गरी कारबाही गरेको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताउनुभएको छ । अध्यक्ष नेपालले ४६औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि पुष्पलालले सुरु गरेको यात्रा अहिले विभिन्न किसिमले विस्तारित भइरहेको बताउनुभयो । क्रान्तिले एकपछि अर्को उपलब्धि हासिल गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “यस अर्थमा हामी उहाँलाई कहिल्यै बिर्सन सक्दैनौँ, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि सुरु गरेको कम्युनिष्ट आन्दोलनमा उहाँले निर्वाह गरेको भूमिका आज पनि उत्तिकै महत्वपूर्ण छ ।” विसं १९९७ मा दाजु सहिद गङ्गालाल, अरू सहिद र २००७ सालको क्रान्तिका योद्धाहरूबाट प्रेरणा पाउनुभएका पुष्पलाल निरङ्कुश तानाशाही पञ्चायती कालमा अनेकौँ जोखिमपूर्ण अवस्थामा पनि जीवनको अन्तिम घडीसम्म आफ्नो आस्थाप्रति अटल र अविचलित रही सङ्घर्षको यात्रामा अविराम क्रियाशील रहेको अध्यक्ष नेपालले उल्लेख गर्नुभयो । पूर्व प्रधानमन्त्री नेपालले पुष्पलालले नेपाली समाजको वस्तुनिष्ठ विश्लेषण गर्दै निरूपण गर्नुभएको नेपाली क्रान्तिको सिद्धान्तमा आफ्नो पार्टी उभिएर समाजवादी व्यवस्था कार्यान्वयनका निम्ति लागि रहेको बताउनुभयो । पुष्पलालको सिङ्गो जीवनयात्रा, सैद्धान्तिक–वैचारिक रचना र कार्यक्रमहरूमा सर्वहारावादी दृष्टिकोण पाइने बताउँदै उहाँले नेपाली समाजको ऐतिहासिक भौतिकवादी ढङ्गले व्याख्या गर्नुभयो र समाजमा विद्यमान वर्ग विश्लेषण, त्यसको विकासक्रम, वर्गीय अन्तर्विरोधको पहिचान तथा समाधानका उपायहरूलाई माक्सवादी ढङ्गले व्याख्या गर्ने कामको अगुवाइ गर्नुभएको उल्लेख गर्नुभयो । संयुक्त जनआन्दोलनको सिद्धान्त प्रतिपादन गर्नुभएको बताउँदै उहाँले भन्नुभयो, “पुष्पलालले आफ्नो पुस्तालाई मात्र नभएर पछिसम्मका लागि पनि दिएको सबैभन्दा ठूलो योगदान भनेको नेपाल कम्युनिष्ट पार्टीको स्थापना नै हो ।” कम्युनिष्ट पार्टीको संस्थापकका रूपमा पार्टीलाई अगाडि बढाउन उहाँले कुशल सङ्गठकको भूमिका निर्वाह गर्नुभएको स्मरण गर्दै अध्यक्ष नेपालले पुष्पलालले प्रतिक्रियावादी सत्तालाई उन्मूलन गर्नका लागि समाजका सबै क्रान्तिकारी, परिवर्तनकामी समूह र राजनीतिक शक्तिहरूलाई एकताबद्ध भएर जानुपर्ने दृष्टिकोण राखेको बताउनुभयो । नेपाली क्रान्ति सम्पन्न गर्न नेपाली विशेषताको समाजवाद तथा वैज्ञानिक समाजवादको लक्ष्य प्राप्तिको घोषणाका साथ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) क्रियाशील रहेको भन्दै उहाँले हाम्रो रणनीतिक उद्देश्य लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गरी समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरण रहेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले राष्ट्र र जनताको, श्रमजीवी वर्गको हित र समृद्धिलाई अवलम्बन गर्दै आत्मनिर्भर स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने अठोट आफ्नो पार्टीले गरेको बताउनुभयो ।
बागलुङ: बागलुङको काठेखोला गाउँपालिकाले खेर गइरहेका वनक्षेत्र लगायतका झाडी फाँडेर चियाखेती सुरु गरेको छ । यसैवर्षमात्र थामानेटामा तीन रोपनी क्षेत्रफलमा चियाका बेर्ना रोपिएको छ । थामानेटासहित पालिकाले रेश र धम्जामा ५५ रोपनी क्षेत्रफलमा यो वर्ष चियाखेती विस्तार गरेको हो । थामानेटाको जौछरे सामुदायिक वनको झाडी फाँडेर गाउँपालिकाले वन उपभोक्ताको सक्रियतामा चियाको बर्ना लगाएको छ । लोकमार्ग नजिकै रहेको थामानेटा एक प्रसिद्ध वनभोज स्थलका रुपमा परिचित छ । थामानेटामा अहिले ‘भ्यू टावर’ र आश्रयस्थललगायत संरचनासमेत निर्माण भइसकेका छन् । लोकमार्गका यात्रुहरुको विश्रामस्थलका रुपमा रहेको थामानेटामा चिया बगान निर्माण भएपछि पर्यटक बढ्ने अपेक्षा गाउँपालिकाको छ । थामानेटा आएका पर्यटकलाई थप आकर्षित गर्न र उपभोक्ताको आयआर्जन वृद्धि गर्न यस क्षेत्रमा पहिलोपटक चियाखेती गरिएको काठेखोला गाउँपालिका–५ का वडाअध्यक्ष ज्ञामनाथ कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडामा पहिलोपटक चियाखेती थाले पनि गाउँपालिकामा भने पहिलो होइन । यसअघि काठेखोला गाउँपालिका–७ रेशमा पाँच वर्ष अघिदेखि चियाखेती भइरहेको छ । रेशको चियाखेती सफल भएपछि गाउँपालिकाले सम्भावित क्षेत्रमा चियाखेती विस्तार गर्न थालेको हो । रेशमा चियाखेती सफल भएपछि गाउँपालिकाले चियाखेती विस्तार गर्ने योजनाअनुसार विभिन्न वडाको ५५ रोपनी क्षेत्रफलमा चियाखेती लगाएको छ । वडाअध्यक्ष कँडेलका अनुसार थामानेटामा एक हजार पाँच सय चियाका बिरुवा पहिलोपटक रोपिएको छ । कँडेलले भन्नुभयो, “सामुदायिक वनमा आगामी वर्षसम्म १० रोपनी क्षेत्रफलमा चियाखेती लगाउने योजना छ, वडा कार्यालयले चियाखेती विस्तारमा सघाउने लक्ष्य छ ।” काठेखोला गाउँपालिका–७ रेशमा निजी, विद्यालय र सार्वजनिक जग्गामा गरी एक सय ४० रोपनी क्षेत्रफलमा चियाखेती विस्तार भइसकेको छ । रेशमा पाँच वर्षअघि लगाइएका एक हजार पाँच सय चियाका बिरुवाले उत्पादन दिन थालिसकेको छ । चियाखेती गाउँपालिकाभर विस्तार गर्ने लक्ष्य रहेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । उहाँले आर्थिक वर्ष २०८०÷८१ मा रेशसहित थामानेटा र धम्जामा चियाखेती विस्तार गरिएको बताउनुभयो । गाउँपालिकाले चियाखेती विस्तारका लागि रु ११ लाख बजेट विनियोजन गरेको थियो । बिहुँको थामानेटामा झाडी फाँडेर चियाखेती थालिएको छभने रेश र धम्जाका सामुदायिक विद्यालयको बाँझो जग्गालाई चिया बगैँचा बनाउन थालिएको थापाको भनाइ छ । रेशमा उत्पादित चियाले बजार पाउन थालेपछि अन्यत्रको बाँझो तथा खाली जग्गामा चियाखेतीमा गाउँपालिकाले अग्रसरता देखाएको काठेखोला गाउँपालिका–७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।
चितवन: जिल्लाको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै माइक्रो बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीबाट काठमाडौँतर्फ जादैँ गरेको ग१ख ९१५५ नं को माइक्रो आज बिहान नारायणगढ–मुग्लिन खण्डअन्तर्गत इच्छाकामना–६ जलबिरेस्थित सडकको डिभाइडरमा ठोकिँदा बसमा सवार तीनजना घाइते भएका हुन् । घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये माइक्रोका सहचालक नवलपुरको कावासोती नगरपालिका–८ बस्ने ३६ वर्षीय को धनश्याम न्यौपानेको अवस्था गम्भीर छ । बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको बताउँदै प्रवक्ता रिजालले माइक्रो चालक चितवनको माडी नगरपालिका–१ का नन्दलाल महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उक्त माइक्रोमा १७ यात्री सवार थिए ।