मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

काठमाण्डौंः  बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुन मगरलाई सम्मान गरेको छ । डा पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पु¥याएको योगदान र उहाँको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो । सो अवसरमा डा पुनसँग अन्तक्र्रियासमेत गरिएको थियो । कार्यक्रममा डा पुनले आफ्नो काम भिडियोमार्फत प्रस्तुत गर्नुभएको थियो । पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी गराउनुभयो । कार्यक्रममा नेपाल एजुकेशन काउन्सिल युकेका पदाधिकारी वसन्त नेपाल, लेखनाथ गैरे, गणेश खड्का, कृष्ण खनाललगायतको उपस्थिति थियो ।