मनाङका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै
काठमाडाैं | चैत २५, २०७८
मनाङ: टाइफाइडविरुद्धको खोप अभियानअन्तर्गत मनाङका ७२० बालबालिकालाई खोप लगाइँदैछ ।
तीन पालिकामा बिहीबारदेखि तथा एउटा पालिकामा दोस्रो चरणमा बालबालिकालाई खोप लगाइनेछ । जिल्लामा विभिन्न स्थानीय तहका विद्यालयसहित स्वास्थ्य केन्द्र गरी २३ खोप केन्द्रमार्फत खोप लगाइने स्वास्थ्य कार्यालयका बाबुराम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार ८० प्रतिशत भन्दा बढी खोप केन्द्र विद्यालयमा राखिएको छ ।
विद्यालयको खोप केन्द्रमार्फत ५३९ र विद्यालय बाहिर १८१ बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदैछ । पहिलो चरणमा चैत २५ गतेदेखि २९ गतेसम्म नासों, चामे र मनाङ ङिस्याङ गाउँपालिकामा खोप अभियान सुरु गरिएको छ । दोस्रो चरणमा चैत ३० गतेदेखि वैशाख ३ गतेसम्म नार्पाभूमि गाउँपालिकामा खोप दिइनेछ ।
पन्ध्र महिनादेखि १५ वर्षमुनिकालाई खोप दिइँदैछ । अभियानमा स्वास्थ्यकर्मी र स्वयंसेवक गरी ७२ जना परिचालन गरिएको छ । खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लाका स्वास्थ्यकर्मीलाई यसअघि नै तालिम प्रदान गरिएको आचार्यले बताउनुभयो ।
चितवन: चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोव...
काठमाडौं: आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय ...
नवलपरासी: पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे...