नवौंमा प्राप्त सफलताले खेलाडीहरुमा नयाँ जागरण आएको छ

पाेखरा | मंसिर १७, २०७९

नवौंमा प्राप्त सफलताले खेलाडीहरुमा नयाँ जागरण आएको छ

पोखरा:   प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको अभिमुखीकरण तालिम सहभागीहरुले नवौंमा प्राप्त सफलताले खेलाडीहरुमा नयाँ जागरण आएको सहभागिहरुले बताएका छन् ।


प्रदेश खेलकुद परिषदका सदस्य र जिल्ला खेलकुदका अध्यक्ष तथा पदाधिकारीहरुलाई लक्षित गरी एक दिने  अभिमुखीकरण तालिममा जिल्ला जिल्लामा  खेलकुदको सक्रियता र चलायमान बनाउने संगै नवौंमा प्राप्त सफलताले खेलाडीहरुमा नयाँ जागरण आएको सहभागिहरुले बताएका हुन्  ।


सो अवसरमा बोल्दै प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेलले प्रदेशको खेलकुद विकासका लागि तालिम प्रभावकारी रहने बताउँदै खेलकुदको जग बलियो बनाउन सबैको उत्तिकै प्रभावकारी भूमिका हुनुपर्ने कुरामा जोड दिए ।


खेलकुदमा सुशासन पहिलो दायित्व रहने बताउँदै सदस्य सचिव पौडेलले जिल्ला खेलकुदको भूमिका लाई अझै प्रभावकारी बनाउन परिषदल आर्थिक वर्ष २०७९÷०८०मा बजेट समेत विनियोजन गरिएको बताए । जिल्ला खेलकुदहरुको कार्यालय व्यवस्थापन, लेखा प्रणाली र जिन्सीहरुको अभिलेख र प्रमाणीकरणमा स्पष्टता भएमा मात्र खेलकुदको जग बलियो बन्न सहज वातावरण बन्ने उनको भनाई थियो ।


कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदमा प्रदेश खेलकुद गण्डकीले प्राप्त गरेको सफलताले गौरवको अनुभुती भएको बताउँदै प्रदेशका सबै जिल्लाहरुले प्राप्त बजेटहरुको समुचित प्रयोग र व्यवस्थापन आवश्यक्ता रहेको बताए ।


सो अवसरमा परिषदका लेखा प्रमुख निलकण्ठ ढकालले जिन्सी र लेखा प्रणालीलाई व्यवस्थित बनाउने बारे प्रशिक्षण प्रदान गरेका थिए ।


यसै विच प्रदेश खेलकुद परिषद गण्डकीले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेताहरुलाई आइतबार पोखरा रंगशालामा एक कार्यक्रमका विच नगद सहित सम्मान गर्ने भएको कार्यालय प्रमुख टोपलाल भुसालले जानकारी दिएका छन् । गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङको प्रमुख आतिथ्यतामा पोखरा रंगशालामा आयोजना हुने उक्त कार्यक्रममा खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई नगद सहित सम्मान गर्न लागिएको हो ।


गत असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदकका साथ सातै प्रदेश मध्ये पहिलो स्थान ओगट्न सफल भएको थियो । कार्यकारी सदस्य गुरुङका अनुसार एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरिने छ । त्यसै टिमतर्फ स्वर्ण पदक विजेतालाई नगद ९ हजार जनही, रजततर्फ ६ र काश्य पदक विजेतालाई ४ हजार जनही प्रदान गरिने छ ।


त्यर्सै गरी प्रशिक्षकलाई स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमश १०, ८ र ६ हजार व्यवस्थापकलाई ८, ६ र ४ हजार प्रदान गरिने छ भने खेल संघहरुलाई ४०, ३० र २० हजार प्रदान गरिने छ । गण्डकी प्रदेशबाट पदक विजेता मध्ये २८ खेलका स्वर्ण पदक प्राप्त गर्ने कुल ७२ जना, रजत पदक विजेता ९२ जना र काश्य पदक विजेता १६० जना गरी ३२४ जना सम्मानित हुन लागेका हुन् । त्यसै गरी खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ जना र २८ खेलसंघहरु समेत नगद सहित सम्मानित हुनेछन् ।


नवौं राष्ट्रियमा रेकर्ड व्रेक गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद १० हजार सहित सम्मान गरिने छ । 

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्