अपाङ्ग दिवसको अवसरमा विपी चोकमा दिप प्रज्वलन
पाेखरा | मंसिर १७, २०७९

पोखराः नेपाली कांग्रेस कास्कीको अपाङ्ग समन्वय शाखाले विपी चोकमा दिप प्रज्वलन गरि अपाङ्ग दिवस मनाएको छ ।
३१ औं अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा राखिएको दिप प्रज्वलन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले मैनवत्ति बाली कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै शर्माले यो धर्तिमा पूर्ण भएर कोही पनि नजन्मने जानकारी गराएका थिए । उनले भने “यो धर्तिमा जन्मने जो कोही पनि अपूर्ण भएर जन्मन्छ, हामी सबै जन्मजात नै अपाङ्ग छौं । राष्ट्र निर्माणमा सबैको उत्तिकै दायित्व रहन्छ, यो वा त्यो वाहानामा कसैलाई पनि इष्र्या गर्ने, कमजोर ठान्ने अधिकार कसैको रहदैन ।”
राष्ट्रियता प्रजातन्त्र र समाजवादको रक्षाको लागि सम्पूर्ण फरक क्षमता भएका नागरिकको पनि उत्तिकै योगदान रहने भएको हुँदा सँग सँगै हातेमालो गरेर राष्ट्र विकासमा अगाडि बढ्नुपर्ने बताउँदै सभापति शर्माले, “अन्तराष्ट्रिय स्तरमानै फरक क्षमता भएका मानिसहरुले अवसर पाएमा विश्व किर्तिमान राखेको उदाहरणहरु छन् । उनिहरुलाई अवसरको खाँचो छ, राज्यले फरक क्षमता भएका आम नागरिकको प्रतिभाको कदर गर्दै राज्यले सम्मान गरि मनोभावना उच्च बनाउन विशेष योजना तर्जुमा गर्नु आवश्यक छ ।”
त्यसैगरी प्रजातन्त्र विना राष्ट्रको विकासको कल्पना समेत नहुने र विपी कोइरालाले प्रजातन्त्र विना राष्ट्रको विकास नहुने स्मरण गराउँदै अरुपार्टी र नेपाली कांग्रेसको फरक भनेको प्रजातान्त्रिक सोंच हो, उनले भने, मानिस जन्मनु भन्दा अगाडिबाट नै पाउने अधिकार भनेको प्रजातन्त्र रहेको र उमेर पुगेर नागरिकता लिएपछि पाउने अधिकार भनेको लोकतन्त्र भएको प्रष्ट पार्दै समृद्ध राष्ट्र निर्माणमा प्रजातन्त्र विना असम्भव रहेको सभापति शर्माले उक्त कार्यक्रममा बताएका थिए ।
अपाङ्गता अधिकार प्रवद्र्धनका लागि दिप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु), गण्डकी प्रदेश सदस्य तथा सूचना सञ्चार तथा प्रचार प्रसार विभाग उपप्रमुख शिरोमणी बराल, मुख्य सचिव पदम श्रेष्ठ, पोखरा महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष प्रेम प्रसाद कर्माचार्य, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा कास्की जिल्ला सदस्य मोहन प्रधान, जिल्ला सदस्य विष्णु कार्की, क्षेत्रिय सदस्य विष्णु सिग्देल र प्रदेश प्रतिनिधि टंकप्रसाद बास्तोला लगायतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस कास्की जिल्लाका पूर्व सदस्य प्रेम परियारले सञ्चालन गरेको उक्त कार्यक्रम जिल्ला सदस्य तथा कार्यक्रम संयोजक अर्पण कोइरालाको अध्यक्षतामा समापन भएको थियो ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...