गौँडो कुरेर फुलमायाको हत्या
बाग्लुङ | कात्तिक ७, २०७९
बलेवा : बागलुङमा गत असोज २९ गते राति ४२ वर्षीया फुलमाया बोटे (माझी) मृतावस्थामा फेला पर्नुभयो । उहाँ बागलुङ–पोखरा राजमार्गअन्तर्गत बागलुङ नगरपालिका–१ मा पर्ने गणेशघुम्ती माथि मृत फेला पर्नुभएको थियो । परिवारले उहाँलाई भेट्दा घाँटीमा सल बेरिएको थियो । हतारहतार परिवारले अस्पताल पु¥यायो तर उहाँको प्राण थिएन ।
सधैँ समयमै घरमा आउने फुलमाया त्यो दिन समयमा घर नफर्किएपछि परिवारले खोजी थालेको थियो । मजदुरी गरेर खाने फुलमाया सधैँ साँझ साढे ५ बजे घर पुग्नुहुन्थ्यो । ढिला भए फोन आउँथ्यो तर त्यो दिन घर पुग्ने समयमा उहाँको मोबाइल बन्द भयो । त्यसपछि खोजी थालेको परिवारले उहाँ सधैँ हिँड्ने गरेको बाटोमा शव भेट्टायो । शव अस्पताल पु¥याएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । मृतकको शव अस्पतालमै भए पनि प्रहरीले तत्कालै घटनास्थल सिल ग¥यो ।

जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोली घटनास्थल पुग्यो । अस्पतालमा शव हेरेर घटनास्थल पुगेको प्रहरीले हत्याको आशङ्का ग¥यो र सुरु भयो अनुसन्धान । गत असोज २९ गते प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापा नेतृत्वमा पोखराबाट विशेषज्ञ टोलीसहितले अनुसन्धान थाल्यो ।
“उहाँहरूले अस्पताल पु¥याएपछि खबर गरेको भए पनि हामीले तत्कालै घटनास्थल सिल ग¥यौँ र खोजी सुरु भयो”, थापा भन्नुहुन्छ, “मृतक भेटिएको ठाउँभन्दा एक सय मिटर टाढाको दूरीमा पाँच सयभन्दा बढी मान्छेको भीड थियो, हत्यामा संलग्नको खोजी चुनौतीपूर्ण थियो ।”
बाङ्गेचौर खेलमैदान नजिकै नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत ‘आइटिएफ तेक्वान्दो खेल भइरहेको थियो । तर बाङ्गेचौरदेखि बागलुङ पोखरा सडकसम्मको पदमार्गको बीचमा फुलमायाको हत्या भएको थियो । प्रहरीका अनुसार हत्या र लुटपाट साँझ ५ देखि ५ः५२ मा भएको हो । एक साता लामो अनुसन्धानपश्चात् प्रहरीले अभियुक्त पक्राउ गरेको छ । घटनास्थलको बाटो भएर हिँडेका केही बालबालिका, धौलागिरि बहिरा आवासीय माविको सिसिटिभी र अनुसन्धानका अन्य विधिहरूले प्रहरीलाई सघाए ।
“फुलमायाको हत्या हुनुपूर्व सोही बाटोमा हिँडेका बालकहरूलाई पहिला पहिचान ग¥यौँ, सोधीखोजीमा उनीहरूले बाटोमा दाह्रीवाला हिँडेको बताएपछि हाम्रो अनुसन्धान दाह्रीमा केन्द्रित भयो”, थापाले भन्नुभयो, “अन्ततः दारी पालेकै प्रकाश योगी पक्राउ परे ।” प्रहरीले बागलुङ नगरपालिका–१ माझीबस्तीकै मृतकका छिमेकी २६ वर्षीया प्रकाश योगीलाई हत्या आरोपमा पक्राउ गरेको छ ।
“प्रविधिको प्रयोगले बाटो वरपरको परिवेश नियाल्यौँ, दाह्री पालेका केहीलाई निगरानीमा राख्यौँ, अभियुक्त घटनास्थलभन्दा केही माथि लामो समय बसेको, नमिल्दा हर्कत गरेको देखेपछि शङ्का गरेका थियौँ”, प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली भन्नुहुन्छ, “दाह्री पालेको र अरू हुलिया खोज्दा फेला परेका प्रकाश नै हत्यामा संलग्न भएको निष्कर्षमा प्रहरी पुगेको छ ।”
अभियुक्तले प्रहरीलाई दिएको बयानअनुसार व्यक्तिगत रिसइवी, आर्थिक अभाव र मदिरापानले लठ्ठिएका कारण हत्या गरेको स्वीकार गरेका छन् । बागलुङ बजारमा मजदुरी गरेर फर्किएकी फुलमायाको बाङ्गेचौरमा गौँडो कुरेर पछाडि लागेर केही तल पुगेपछि हत्या गरेको उनले स्वीकार गरेको ज्ञवालीले बताउनुभयो ।
अभियुक्त पनि मजदुरी गरेर छाक टार्ने परिवारकै सदस्य हुन् । “उसले पहिले फुलमायाकै सल घाँटीमा बेरेको छ, हत्यापछि गहना लुछ्ने, मोबाइल अफ गर्ने र करणी गर्ने काम गरेको स्वीकार गरेको छ”, ज्ञवाली भन्नुहुन्छ, “आर्थिक अवस्थाकै कारण हत्यामा संलग्न भएको हुनुपर्छ, मदिरा र रिसइवीले त्यसमा सघायो ।” प्रहरीसँगको बयानमा अभियुक्तले ३० हजार ऋण तिर्न बाँकी रहेको र उपाय केही नभएकाले गहना लुट्न हत्या गरेको बताएका छन् । छिमेकी भएकाले एउटै धाराको पानी प्रयोग गर्ने, एक वर्षदेखि पानीको महसुल तिर्न नसकेको भन्दै फुलमायाले अभद्र व्यवहार गर्ने गरेको पनि उनले प्रहरीलाई बताएका छन् ।
योगीले फुलमायाले कानमा लगाएका सुनका मुन्द्रा लुटेका थिए । ती मुन्द्रा भने प्रहरीले भेटाएको छैन । हत्यामा संलग्न भएको समयमा अभियुक्तले लगाएका कपडा, चप्पललगायतका प्रमाणहरू जुटेको ज्ञवालीले बताए । मृतक फुलमायाका स–साना तीन छोराछोरी र श्रीमान् हुनुहुन्छ । अभियुक्त प्रकाशको घरमा बाबुआमा मात्रै छन् । योगीका विरुद्धमा ज्यान मुद्दा दर्ता गरेर जिल्ला अदालत बागलुङबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

