महिला क्रिकेट विकासका लागि क्रिकेट किट र जर्सी वितरण

पर्वत | कात्तिक ७, २०७९

महिला क्रिकेट विकासका लागि क्रिकेट किट र जर्सी वितरण

पर्वत :  महिला क्रिकेट विकासका निमित्त जिल्ला क्रिकेट संघ पर्वतले खेलाडीहरुलाई आवश्यक क्रिकेट समान र जर्सी वितरण गरेको छ।

 

पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं ५ पोखरे स्थित सरस्वती माध्यमिक विद्यालयका १४ छात्रा खेलाडीलाई एक कार्यक्रममा विच खेलाडीलाई आवश्यक साम्रगी वितरण गरिएको हो।

 

जिल्लामा पुरुष खेलाडीहरुको विकास मात्रै नभएर महिला क्रिकेट विकासको लागि गर्रास रुटबाट नै विकास गर्ने हेतुले उक्त   कार्यक्रमको सुरुवात गरेको र आगामी दिनहरुमा अन्य स्थानहरूमा पनि गरिने जिल्ला क्रिकेट संघ पर्वतका अध्यक्षले जानकारी दिनुभयो। सरस्वती माध्यमिक बिद्यालयलाई पढाईका  साथै खेलकुदमा  पनि अगाडी बढाउने उद्धेश्यका साथ समय अनुकुल मिलाएर र हरेक हप्ता  विद्यार्थीहरुलाई क्रिकेट खेल्न प्रोत्साहन , प्रशिक्षण र समय समयमा विभिन्न प्रतियोगितामा सहभागी गराउने कार्ययोजना रहेको कुरा उक्त बिद्यालयका प्रधानाध्यापक तथा प्रशिक्षक अजय लामिछानेले बताउनु  दिनुभयो।


यस्तै कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले महिला क्रिकेट खेल विकासको निमित्त कार्यक्रम अगाडी बढाएको भन्दै जिल्ला क्रिकेट संघ पर्वतलाई धन्यवाद दिदैं गाउँपालिकाको खेल प्रर्वदन गर्न खेलाडी र खेलाडीहरुको विकासको लागि सधै साथ सहयोग दिने उद्घोष गर्नुभयो । 

 

कार्यक्रमम विद्यालय व्यवस्थापन समिमिका अध्यक्ष बमबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । भने जिल्ला क्रिकेट संघ पर्वतका अध्यक्ष रेशमबहादर केसी, मोदी गाउँपालिकाका योजना शाखाका प्रमुख दिने शर्मा पौडेलको उपस्थिति रहेको थियो । 

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्