पाेखरामा ‘कोक–स्प्राइट’ चोरी गर्ने कुमाल र परियार पक्राउ
कास्की | असोज २८, २०७९
पोखरा: वडा प्रहरी कार्यालय रामबजारले पोखराको पसलमा चोरी गर्ने दुई युवालाई प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका १० शिवचोक र अमरसिंहचोकस्थित कल्पना किराना स्टोर्स र एप्पल केयर एसोसरिज मोबाइल पसलबाट गत २६ गते मंगलबार राती चोरी गरेको आरोपमा पोखरा १० नागिनटोल बस्ने विश्वाश कुमाल र दिनेश परियारलाई पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा भेटिएका उनीहरुलाई खानतलासी गर्ने क्रममा चोरीको सामान फेला परेपछि नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएकाे छ कास्की प्रहरीलका अनुसार उनीहरुले मिलनटोल नजिकै खाली जग्गाको झाडीमा जेब्रा झोलामा चोरीका सामान लुकाएर राखेका थिए ।
किराना पसलबाट के के चोरी गरेका थिए ?
उनका अनुसार उनीहरुको साथबाट विभिन्न पाउडर २९ वटा, आधा लिटरको कोक ९ वटा, साढे १ लिटरको कोक ३ वटा, आधा लिटरको स्प्राइट १ वटा, साढे १ लिटरको स्प्राइट २ वटा १६ वटा रेडबुल, ७ वटा चिप्स, चिजबल्स १३ वटा, पाण्डा खाजा १ प्याक, करेन्ट चाउचाउ ७ वटा, फ्रुटी ११ वटा, टुथ ब्रस १२ वटा, विभिन्न रंगका मास्क ४ पोका, चोकोपाई ४ वटा , कपालमा लगाउने तेल ६ वटा, ब्यान्डेज १ बट्टा, सन्सिल्क ८८ पत्ता, हजमोला १ बट्टा, चोकोफन ७ वटा, नवरत्न आयुर्वेदिक तेल २० पट्टा र विभिन्न खालका मिठाई १ पोका बरामद गरिएको छ ।
मोबाइल पसलबाट के के चोरी गरेका थिए ?

एप्पल केयर एसोसरिज मोबाइल पसलबाट सामसुङ कम्पनीको हेडफोन १ थान, विभिन्न कम्पनीको ब्लुटुथ ३ थान, पावरबैंक १ थान, १६ जिबीको पेन ड्राइभ १ थान, औलामा लगाउने पञ्जा ३ थान, ८ जिबीको मेमोरी कार्ड २ थान, १६ जिबीको मेमोरी १ थान, मोवाईल स्ट्याण्ड ( रिङ) १ थान, चार्जर १ थान, सामसुङको चार्जर १ थान, पेन हुक्का १ थान, सामसुङ कम्पनीको मोबाइल १ थान भिभो कम्पनीको यो १ मोडल भएको मोबाईल १ थान र कार्ड लेखेको डिभाईज १ थान बरामत गरेको कास्की प्रहरीले जनाएको छ ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

