वडा नं ९ द्धारा वडाका टेवल टेनिस खेलाडीलाई जर्सी वितरण
पाेखरा | असोज २८, २०७९

पोखरा। नवौं राष्ट्रिय खेलकुद अन्र्तगत टेबल टेनिस प्रतियोगिताका खेलाडीहरुलाई शुक्रबार जर्सी वितरण गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं ९ ले आफ्ना वडाबाट प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई जर्सी वितरण गरेको हो ।
पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका बीच जर्सी वितरण गर्दै वडा नं ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले वडामा रहेका खेलाडीको मनोबल बढाउनकालागि वडाद्धारा जर्सी प्रदान गरिएको बताए र्। खेलाडीले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्नसक्छन्’ मर्सानीले भने ।
खेलाडीको रुपमा वडा नं ९ लाई चिनाउन सफल होस् भन्ने शु्भकामना दिदै मर्सानीले पदक विजेता वडाका खेलाडीलाई विजयी पदकका आधारमा जनही १० हजार, पाँच हजार र तीन हजार रुपैयाँका दरले वडाले नगद सम्मान गर्ने घोषणा समेत गरे ।
कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले वडा नं ९ ले उदायीमान खेलाडीहरुको हौसला बढाउने कार्य गरेको भन्दै साना होस् या ठुला हरेक खालका सम्मानले खेलाडीलाई खेलप्रति लगाव बढाउने बताए ।
संघका सचिव कृष्ण रानाभाटले वडा नं ९ को खेलाडी प्रोत्साहन कार्य प्रशंसानिय भएको बताए ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...