मादी १ का वडासदस्य गुरुङसहित ४ जना पाइप चोरी आरोपमा पक्राउ

काठमाडाैं | असोज ९, २०७९

मादी १ का वडासदस्य गुरुङसहित ४ जना पाइप चोरी आरोपमा पक्राउ

कास्की:  जिल्ला प्रहरी कार्यालय कास्कीले ४ जनालाई सरकारी आयोजना अन्तर्गत ‘थाक खानेपानी आयोजना’ को पाइप चोरी आरोपमा पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा मादी गाउँपालिका १ का वडा सदस्य खरजङ गुरुङसहित अन्य ३ जना रहेका छन् । पक्राउ परेका वडा सदस्य खरजङ गुरुङ नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । 

 

यसैगरि वडा सदस्य खरजङ गुरुङसँगै मादी ७ थाकका ३५ वर्षिय रमेश गुरुङ, सोही स्थानकै २६ वर्षिय निरज तामाङ, र लम्जुङको मध्यनेपाल नगरपालिका ८ स्थायी घर भई हाल पोखरा १३ कसेरी बस्ने २३ वर्षिय सुनिल परियार (रिदम) रहेका छन् ।

 

उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले ग १ त ५१३७ नम्बरको ट्याक्टरमा लोड गरि  मादी गाउँपालिका ५ तर्फ ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 

 

उनका अनुसार हाल उनीहरुलाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा ६ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्