मगर विद्यार्थी गण्डकीमा लफडा

पाेखरा | असोज ९, २०७९

मगर विद्यार्थी गण्डकीमा लफडा

पोखरा:   नेपाल मगर विद्यार्थी संघ गण्डकीको दोस्रो अधिवेशन विवादित बनेको छ । 

 

असोज ७ र ८ गते नेपाल मगर संघ कास्कीको सभाहलमा भएको अधिवेशनमा राजनीति हाबी भएपछि विवादित बनेको हो । 

 

उक्त अधिवेशन विवादित मात्रै बनेन । गण्डकीको नेतृत्व सम्हाल्न डेक पुनमगरमार्फत निर्वाचित भए । भने प्रेम बुढामगरले अर्काे समिति घोषणा गरे । र दुवैले सामाजिक सञ्जाल (फेसबुक) मा बधाईसमेत खाए । 

 

नेपाली कांग्रेस निकटका डेक पुनमगरले चुनावमार्फत र माओवादी केन्द्र निकटका प्रेम बुढामगरले आफ्नै ढंगबाट गण्डकी प्रदेश समितिको घोषणा गरेका थिए । अधिवेशनको जिम्मेवारी पाएका केन्द्रीय महासविच प्रेम रोकामगरले सचिव मान बहादुर थापा मनिषलाई निर्वाचन मण्डलको जिम्मेवारी  हस्तान्तरण गरेर राजिनामा दिएपछि चुनावमार्फत डेक पुन मगरले ४२ मत प्राप्त गर्दै विजयी बनेका  थिए । 

 

नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको सर्कुलर अनुसार असोज ७ र ८ गते सातै प्रदेशमा अधिवेशन गर्ने कार्यक्रम थियो । केन्द्रीय समितिको बाँडफाँड अनुसार गण्डकी प्रदेशको अधिवेशन सम्पन्न गर्न केन्द्रले महासचिव प्रेम रोकामगर र सचिव मान बहादुर थापा (मनिस) लाई पठाएको थियो । 

 

तर सो अधिवेशनमा राजनीति हाबी भएपछि गण्डकी प्रदेशले सर्वसम्मत नयाँ कार्यसमिति पाउन सकेन । तर चुनाव मार्फत  भने डेक पुनकाे नेतृत्वमा १५ सदस्यीय समिति गठन भएकाे थियाे । 

 

अहिले डेक पुनमगर र प्रेम बुढामगरको नेतृत्वमा गण्डकी प्रदेशमा मगर विद्यार्थी संघको दुइवटा समिति घोषणा गरिएपनि नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले डेक पुनमगरकाे नेतृत्वलाइ जिम्मेवारी दिने बताइएको छ । 

 

केन्द्रीय अध्यक्ष विष्णु कुमार थापामगरले  सुनगाभा न्यूजसँग बोल्दै सर्वसम्मत हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै भने, ‘आज बिहान मात्र सामाजिक सञ्जालमार्फत थाहा पाए । सबैतिर सौहाद्र वातावरणमा सम्पन्न भएको छ । तर गण्डकीमा भने राजनीति हाबी भएको पाइयो । जातिय संस्थामा यसरी राजनीति हुन नकरात्मक कुरा हो । यसले राम्रो सन्देश दिदैंन ।’

 

उनले गण्डकी प्रदेशको अधिवेशन सम्पन्न गर्न केन्द्रीय समितिको सचिव र महासचिवलाई जिम्मेवारी दिएको जानकारी  दिए । 

 

दुवै पक्षले दाबी गरेको बताउदै अध्यक्ष थापामगरले विधि विधान अनुसार गठित समितिलाई मान्यता दिइने दोहोर्याए । ‘दुवै पक्षले आधिकारिक विधि र विधान अनुसार समिति गठन गरेको भनिएको छ, उनले भने, ‘अहिले फोन सम्पर्क भइरहेको छ । दुवै पक्षलाई राखेर छलफल गछौं, विधि विधानअनुसार को आएको छ हेरेर आधिकारिकता दिन्छौं ।’

विधान अनुसार डेक पुनको टोली वैधानिक रहेको केन्द्रको ठहर छ । 

 

के भन्छन्  डेक ?

 

अध्यक्ष पदका लागि अन्य आकांक्षीहरु सहमतिमा नआएपछि निर्वाचनमार्फत आफु अध्यक्षमा चुनिएको डेक पुनमगरले बताए ।  

‘हामी सहमतिमा नै जान खोजेको हो । पटकपटक गरिएको छलफलमा सहमति नभएपछि हामी निर्वाचनमा होमिएका हौं, उनले भने, ‘उनीहरु निर्वाचन वहिस्कार गर्दै बाहिरिए । पछि घर गएर  बन्द कोठामा बसेर समिति गठन गर्नुभयो । अनि त्यस्तो समिति कसरी वैधानिक हुन्छ ?’ उनले प्रश्न गरे ।

 

सो समितिको निर्वाचन मण्डलको संयोजकमा संघका केन्द्रिय महासचिव प्रेम रोकामगर थिए । तर रोकामगरले सचिव मान बहादुर थापा मनिषलाई निर्वाचन मण्डलको जिम्मेवारी  हस्तान्तरण गरेर राजिनामा दिएका थिए । त्यसपछि मनिषको नेतृत्वमा निर्वाचन सम्पन्न गरिएको थियो ।

 

प्रेम रोका मगर माओवादी केन्द्र पार्टी निकटमा मात्रै होइनन् उनी गण्डकी प्रदेशको भूमी, व्यवस्था तथा कृषि सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्र बुढामगर (सागर) का स्वकीय सचिव समेत हुन् । 
 

 

रोकामगरले निर्वाचन मण्डलबाट राजिनामा दिएपछि केन्द्रीय सचिव मान बहादुर थापा (मनिष) जो नेपाली कांग्रेस निकटका थिए । उनलाई निर्वाचन समितिको संयोजक बनाउँदै रोकामगर र असन्टुष्ट पक्ष प्रेम बुढामगर ‘क’ नेतृत्वको टोलीले वहिष्कार गरेका थिए ।

 

को–को थिए डेकको टिममा ?

 

निर्वाचन मण्डलको संयोजकका रुपमा प्रेम रोका मगरले राजिनामा दिएपछि नेपाली कांग्रेका मान बहादुर थापा (मनिष) लाई संयोजक तोक्दै डेक पुनमगरको टोलीले आफ्नो नेतृत्वमा समिति घोषणा गरे ।

 

सो समितिको उपाध्यक्षमा सुजन पुनमगर, अठार मगरात भाषिक उपाध्यक्षमा सागर घर्तिमगर, बाह्र मगरात भाषिक उपाध्यक्षमा बुद्ध गर्जामगर, महिला उपाध्यक्षमा स्मिता थापामगर, सचिवमा दिलिप रानामगर, सहसचिवमा प्रेम बुढामगर(ख) र कोषाध्यक्षमा पर्वत श्रीसमगर चयन भएकी थिइन् ।

 

यसैगरि सदस्यहरुमा कृष्ण बहादुरमगर, सुरेस रानामगर, सन्जोक थापामगर, भरत अर्मजा, मोहन बुढामगर, योगेन्द्र थापामगर, विपना बुढामगर, यम पुनमगर र अस्मिता थापामगरलाई छनौट गरेका थिए ।

 

बुढामगर भन्छन्– के प्रेम १ भोट आउने मान्छे हो ?

 

प्रदेश समितिमा सर्वसम्मत गर्न पहल गरेको बताउदै निर्वाचन वहिष्कार गरेको अर्काे समितिका अध्यक्षका उम्मेदवार प्रेम बुढामगर ‘क’ ले बताए । 

 

उनले निर्वाचन मण्डलको संयोजक विना नै गठन गरिएको डेक पुनमगरको समिति अवैधानिक भएको बताए ।  आफ्नो समितिमा सबै जिल्लाबाट छनौट गरिएको बताउदै आफ्नो नेतृत्वमा गठितसमिति वैधानिक भएको दोहोर्याए ।

‘मगर संघको विधि विधानले मगर संघको भातृसंगठनहरुको निर्वाचन नगर्ने भनेको छ, तर यहाँ सहमतिको प्रयास गर्दापनि निर्वाचन जाने भएपछि वहिस्कार गरेका हौं । उनले भने, ‘हामीले विधान अनुसार समिति गठन गरिएकाले हाम्रो समिति वैधानिक छ ।’

 

उनका अनुसार विधानमा सर्वसम्मत गर्ने भनिएकै कारण निर्वाचनमा नजाने अडान गरेको उनले बताए । ‘विधानमा सर्वसम्मत गर्ने भनिएको छ, उनले प्रश्न गरे, ‘के प्रेम बुढा १ भोट आउने मान्छे हो ? ’

 

 

को–को थिए प्रेमको समितिमा ?

 

प्रेम बुढामगर ‘क’ नेतृत्वको समितिको उपाध्यक्षमा समीर रोकामगर, बाह्र मगरात भाषिक उपाध्यक्षमा विजय घर्तीमगर, अठार मगरात भाषिक उपाध्यक्षमा सगुन रानामगर, महिला उपाध्यक्षमा स्मिता थापामगर, सचिवमा सुशील थापामगर, सह–सचिवमा सोनम थापामगर र कोषाध्यक्षमा अस्मिता थापामगर सर्वसम्मत भएको घोषणा गरिएको थियो । 

 

यसैगरि सदस्यहरुमा मोहन बुुढामगर, कृष्ण बुढामगर, महेश घर्तीमगर, अनुप बुढामगर, सन्जोक थापामगर, विशाल पुनमगर र मौसम थापामगर चयन भएका थिए । 
 

पोखरा:   ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा पोखरा मोबाईल टावरले साथ दिने भएको छ ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस् ...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले कार्यान्वयन हुने खालको नीति कार्यक्रम र बजेट ल्याउने तयारीमा आफू जुटेको बताउनुभएको छ ।  शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्...

थप पढ्नुहोस्

काठमाडौंः   सरकारले १०० रुपियाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइ...

थप पढ्नुहोस्