पोखरामा क्लबस्तरीय भलिबल: तीन टोली सेमिफाइनलमा

पाेखरा | मंसिर १२, २०८२

पोखरामा क्लबस्तरीय भलिबल: तीन टोली सेमिफाइनलमा

पोखरा:   पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ भएको लिगचरणको ७ खेल सम्पन्न हुँदा सेमिफाइनलमा प्रवेश गर्ने तीन टोलीको टुङ्गो लागेको छ । 


७ समूहको सहभागिता रहेको पुरुषतर्फको खेल रोमाञ्चक बन्दा सेमिफाइनलको समिकरण भने पूरा भएको छैन । 


पोल ‘ए’ मा रहेको बोहोराफाट समाज जापान ६ अङ्कसहित शिर्ष स्थानमा रहँदै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । 


पोल ‘ए’ मा नै रहेको ठकुरी समाज ५ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । एक खेल खेल्न बाँकी रहेको पोखरा युनाइटेडको ३ अङ्क छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र भने अङ्कविहिन हुदै प्रतियोगिताबाट बाहिरिएको छ । बोहोराफाटले एक खेल खेल्न बाँकी छ । 


पोल ‘बी’ मा रहेका एपिएफ पोखरा र एनवाईसी गलकोट बागलुङ समान ६÷६ अङ्कसहित सेमिफाइनलमा स्थान पक्का गरेपनि समूह विजेता र समूह उपविजेता लागि भएको खेल लाइट प्रोस्टेटका कारण खेल स्थगित भयो । 


आज भएको लिगचरणको पाचौं खेलमा पोखरा युनाइटेडले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पोखरा युनाइटेडले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई २५–२३,२५–१८ र २५–१५ ले पराजित ग¥यो । 


छैठौं खेलमा बोहोराफाट समाज जापानले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । 


बोहोराफाटले पोखरालाई २५–१८, २५–१६र २५–२३ ले पराजित ग¥यो । आज नै भएको लिगचरणको तेस्रो खेलमा ठकुरी समाज तनहुँले पोखरा युनाइटेडलाई ३–२ को सेटमा पराजित ग¥यो । 


सातौ खेलमा ठकुरी समाजले पहिलो सेट २५–२३ ले जितेपनि दोस्रो सेट २३–२५ र तेस्रो सेट २२–२५ ले गुमायो । चौथो सेट २५–२० ले उत्कृष्ट पूनरागमन गरेको ठकुरी समाजले पाँचौ तथा निर्णायक सेट २२–२० ले जित्यो । पराजित भएको पोखरा युनाइटेडले ठकुरी समाजबाट एक अङ्क खोज्न भने सफल भयो ।

 
आज नै भएको लिगचरणको आठौ खेल एपिएफ पोखरा र एनवाईसी गलकोट बागलुङ बीचको खेल भने, लाइट प्रोस्टेटका कारण स्थगित भएको छ । दुवै टिमले २÷२ सेट आफ्नो पक्षमा पारेपछि खेल लाइट प्रोस्टेटका कारण स्थगित भएको हो । 


पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवांै वार्षिकोत्सवको अवसरमा आयोजित नवौं पिभिटिसी महिला तथा पुरुष भलिबल प्रतियोगिता मंसिर ९ गतेदेखि पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा सञ्चालन भइरहेको छ । 


पुरुषतर्फको खेल लिगकम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए । 


खेल लिगकम नकआउटको आधारमा सञ्चालन भएकाले पहिलो सेमिफाइनलमा पोल ‘ए’को विजेताले पोल ‘बी’को उपविजेता र  दोस्रो सेमिफाइनलमा पोल ‘बी’को विजेताले पोल ‘ए’को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । 


उनका अनुसार महिलातर्फ भने सेकुवा हाउस बागलुङ र लालीगुराँस लामाचौर फाइनल प्रवेश गरी सकेका छन् ।  


पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख शिल्ड, मेडल र प्रमाण प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टिमलाई नगद २५÷२५ हजार सान्त्वना पुरस्कार प्रदान गर्ने संयोजक खड्काले बताए । 


यस्तै महिलातर्फको विजेताले ६० र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा  उत्कृष्ट खेलाडी,  स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । 


२०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ । प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ७ समूहको सहभागिता रहेको संयोजक खड्काले बताए । 


पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सुरु भएको प्रतियोगिता १४ गतेसम्म सञ्चालन हुनेछ । 


 

बैतडीः  आसन्न निर्वाचनलाई  मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...

थप पढ्नुहोस्

गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...

थप पढ्नुहोस्

काठमाडौंः  फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

थप पढ्नुहोस्