चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड

काठमाडाैं | फागुन १३, २०८२

चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड दिइएको छ । 

 

प्रहरी मुख्यालयमा आज निर्वाचनसम्बन्धी भएको सरोकारवाला प्रतिनिधिहरू सहभागी अन्तरक्रियामा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको समयमा देखा पर्नसक्ने चुनौतीहरूको सामना गर्न उपलब्ध साधनस्रोतको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    
उहाँले सबै सरोकारवाला निकायहरूले आपसी समन्वय र सहकार्य गरी भयरहित वातावरणमा सम्पन्न गराउन सूचना सङ्कलन तथा विश्लेषणलाई विशेष प्राथमिकतामा राखी तर्जुमा गरिएका सुरक्षा रणनीति एवं कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । 

    
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवाला सबै पक्षले जिम्मेवारी बोध गर्दै सुरक्षा संवेदनशीलताअनुसार आपसी समन्वयात्मक ढङ्गबाट कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । 

    
यस अन्तरक्रियाबाट प्राप्त भएका सुझाव, प्रतिक्रिया एवं पृष्ठपोषणले निर्वाचन सुरक्षालाई थप सुदृढ तथा प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो । 

    
प्रहरी महानिरीक्षक कार्कीले विगतमा सम्पन्न भएका निर्वाचनको सुरक्षा व्यवस्थापनको विश्लेषण गरी आसन्न निर्वाचन पूर्व र निर्वाचनपश्चात्को सम्पूर्ण चुनौतीलाई सम्बोधन गर्न यस अन्तरक्रियाबाट प्राप्त रचनात्मक सुझाव सहयोगी हुने बताउनुभयो । 

    
कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता एवं सुरक्षा तथा समन्वय महाशाखाका सहसचिव आनन्द काफ्लेले निर्वाचनको समयमा देखा पर्नसक्ने जोखिम र चुनौतीलाई सुक्ष्म रूपमा विश्लेषण गर्दै त्यस्ता चुनौतीलाई सम्बोधन गर्न थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।

    
नेपाल प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउनसमेत गृह मन्त्रालय सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो । 

    
नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहोराले निर्वाचन सुरक्षा तयारी र आगामी रणनीति, जनशक्ति व्यवस्थापन, भौतिक स्रोतसाधन व्यवस्थापन, सुरक्षा चुनौती÷विश्लेषणलगायत विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्