‘आशा मर्न दिँदिनँ’-माछापुच्छ्रेमा वैरागीको प्रतिबद्धता
पाेखरा | फागुन १३, २०८२
पोखराः कास्की क्षेत्र नं. ३ का नेकपा (एमाले) का उम्मेदवार दामोदर पौडेल ‘वैरागी’ले माछापुच्छ्रे गाउँपालिकाका विभिन्न वडामा बुधबार घरदैलो कार्यक्रम गरेका छन् । उनले घलेल, खोराको मुख, ल्वाङ, लाहाचोक र घाचोकका बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेका हुन् ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले विशेष गरी होमस्टे सञ्चालनलाई प्रभावकारी बनाउन सडक पूर्वाधार सुधार गर्नुपर्ने माग राखेका छन् । पर्यटक सहज रूपमा आवतजावत गर्न सक्ने सडक निर्माण, पर्यटनमैत्री नीति र दीगो विकास योजनामा प्राथमिकता दिनुपर्ने उनीहरूले सुझाव दिएका थिए् ।
विहानैदेखि विभिन्न टोलबस्तीमा पुगेका वैरागीले स्थानीयका समस्या सुन्दै आर्थिक विकासलाई मुख्य प्राथमिकतामा राख्ने बताएका छन् । उनले भने, ‘गाउँ चिनेको छु, समाज बुझेको छु । आशा मर्न दिँदिनँ । आर्थिक विकास बिना गरिबी घटाउन, युवा पलायन रोक्न, शिक्षा–स्वास्थ्यमा लगानी बढाउन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिँदैन । त्यसका लागि आवश्यक नीति र कार्यक्रम ल्याइनेछ ।’
उनले एमालेसँग काम गरेर देखाएको इतिहास रहेको उल्लेख गर्दै सडक, शिक्षा, पूर्वाधार र समग्र विकासका क्षेत्रमा निरन्तरता आवश्यक रहेको बताए । अधुरा योजना पूरा गर्ने र सुरु गरिएका कार्यक्रमलाई निष्कर्षमा पु¥याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
वैरागीले अन्नपूर्ण आधार शिविर, फेवाताल लगायत कास्की–३ का विभिन्न गाउँमा देखिएका जलवायु परिवर्तन, भू–संरक्षण तथा बाढीपहिरोका समस्या समाधानका लागि निरन्तर पहल गर्ने बताए। उनले स्थानीय आवश्यकता र दीगो विकासलाई केन्द्रमा राखेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...
कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

