पोखरामा डिजी स्कुलको ‘कनेक्ट एण्ड मिट’ २६ गते
आइटी पाठ्यक्रमबारे छलफल हुने
पाेखरा | चैत २४, २०८१
पोखरामा आगामी २६ गते आइटीको विकसित पाठ्यक्रमबारे छलफल हुँदैछ ।
बेलायतको एनसिसी एजुकेशनसँगको सहकार्यमा नेपाल भित्रिएको आइटीको विकसित पाठ्यक्रमको बारेमा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग छलफल गरिने गण्डकी प्रदेशका प्र्रतिनिधि किसान सुनारले जानकारी दिए ।
उनका अनुसार गण्डकी प्रदेशको जिम्मेवारी तेजारथ ग्रुपले लिएको छ । उक्त छलफलमा कक्षा १ देखि १२ सम्म सञ्चालन हुने आइटी करिकुलमबारे अन्तरक्रिया हुनेछ ।
डिजी स्कुलका सिइओ राजु बाँनियाले पछिल्लो सयम सूचना र प्रविधिको युग भएकाले आइटीको क्षेत्रमा परिस्कृत पाठ्यक्रम आवश्यक भएको बताउदै उक्त करिकुलम बेलायतको एनसिसीसँग सहकार्य गरेर नेपाल भित्राइएको जानकारी दिए ।
‘एक्काइसौं शताब्दी सूचना र प्रविधिको युग भएकाले अहिले नेपालमा भएको भन्दा परिस्कृत र विकसित आइटी करिकुलम यहाँ भित्राएका हौं, उनले भने, ‘आजको समयानुसार विद्यार्थीहरु विश्व बजारमा बिक्न सक्ने खालको यो आइटी करिकुलम छ । यसको विविध पक्षबारे कनेक्ट एण्ड लिडमा छलफल हुनेछ ।’

डिजी स्कुलले भित्राएको आइटी करिकुलम अहिले निजी स्कुलहरुमा भएको कम्प्युटर कोर्स भन्दा नितान्त पृथक र विकसित भएको बानियाँले बताए ।
सो कार्यक्रममा करिकुलमको फाइदा तथा लागत र विविध पक्षहरुका बारेमा गण्डकी प्रदेश तथा आसपासका विद्यालयका प्रतिनिधिहरुसँग वृहत अन्तरक्रिया हुुने बताइएको छ ।
पोखरा: पोखराको अमरसिंहमा जारी १४ औं पोखरा महोत्सवमा माघ ४ गतेदेखि विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनामा हुने उक्त प्रतियोगिता अन्तर्गत...
काठमाडौं: निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । नेपाली कांग्रेसको बहुमत महाधिवेशन...
पोखरा: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश...

