पुथाउत्तरगङ्गा गाउँपालिका–२ को वडाअध्यक्षमा माओवादीका घर्ती निर्विरोध निर्वाचित

रुकुम पश्चिम | मंसिर ५, २०८१

पुथाउत्तरगङ्गा गाउँपालिका–२ को वडाअध्यक्षमा माओवादीका घर्ती निर्विरोध निर्वाचित

रुकुम पश्चिम:    रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–२ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।  

नेपाली कांग्रेस र नेकपा (एमाले)का संयुक्त उम्मेदवार नेकपा एमालेका जीवन रोकाले उम्मेद्वारी फिर्ता लिएपछि माओवादी केन्द्रका घर्ती निर्विरोध निर्वाचित भएका हुन् । 


निर्वाचन तालिकाअनुसार आज उम्मेद्वारलाई आफ्नो उम्मेद्वारी फिर्ता लिने समय दिइएको थियो । सोही समय सीमा भित्र  कांग्रेस र  एमालेका संयुक्त उम्मेदवार रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज विकले उम्मेद्वारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिए । 


उनकाअनुसार अन्य कुनै उम्मेदवार नभएपछि माओवादी केन्द्रका घर्तीलाई वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । अब पुथाउत्तरगङ्गा गाउँपालिकामा उपाध्यक्ष पदका लािग उपनिर्वाचन हुनेछ । 


उपाध्यक्ष पदका लागि कांग्रेस र माओवादी केन्द्र चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट केशकुमारी तुलाचन र माओवादी केन्द्रबाट नरपुरा बुढाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत हमालले जानकारी दिए ।


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट उम्मेद्वारी दिएका सुनिता बुढा, स्वतन्त्र उम्मेद्वार  मोहनभक्त बुढा, श्रीदेवी सुनार, भीमकुमारी पुन र कोपिला पुन बुढाले उम्मेदवारी फिर्ता लिएका छन् । 


कांग्रेसबाट उम्मेद्वार बनेकी तुलाचन नेकपा एमालेको जिल्ला कमिटी उपसचिव हुन् । उनले कांग्रेसबाट रुख चिह्न लिएर चुनावी मैदानमा छिन्। 


गत भदौ २८ गते काठमाडौँबाट रुकुमपूर्व आउँदै गर्दा बागलुङमा गाउँपालिकाको गाडी दुर्घटनामा परी उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं वडाध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएको थियो । 

पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...

थप पढ्नुहोस्

गण्डकी:  पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ ।  राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...

थप पढ्नुहोस्

पोखरा:   आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ ।  पोखराको विभिन्न स्थानमा रहेक...

थप पढ्नुहोस्