स्वास्थ्यमन्त्री पौडेलद्वारा नि:शुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

भक्तपुर | मंसिर ५, २०८१

स्वास्थ्यमन्त्री पौडेलद्वारा नि:शुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

भक्तपुर:    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क बाल क्यान्सर उपचार सेवाको शुभारम्भ गर्नुभएको छ ।
    
अस्पतालले आयोजना गरेको कार्यक्रममा उहाँले १४ वर्षमुनिका बालबालिकाको क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार निःशुल्क सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो । 
    
    
उहाँले कान्ति बाल अस्पताल (काठमाडौँ), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर चितवन) मा बालबालिकाको क्यान्सर उपचार सेवा मङ्सिर १ गतेदेखि निःशुल्क रुपमा सुरु भएको जानकारी दिनुभयो । 
    
    
क्यान्सर भएका बालबालिकाले आर्थिक अभावका कारण मृत्युवरण गर्न नपरोस् र रोगको समयमै पहिचान गरी ज्यान बचाउन सकियोस् भन्ने उद्देश्यले उपचार सेवा निःशुल्क सुरु गरिएको उहाँले बताउनुभयो । 

    
कर्मचारीदेखि जनप्रतिनिधिसम्म, सरकारीदेखि निजी निकायसम्मका सबै कर्मचारीले आफ्नो मासिक तलबको दुई प्रतिशत रकम बिमा कोषमा जानेगरी व्यवस्था गर्नसके आमनागरिकलाई बिमामार्फत निःशुल्क उपचार गर्न सकिने उहाँले बताउनुभयो ।
    
    
मन्त्री पौडेलले भन्नुभयो, “मन्त्रालयले नक्कली बिमा दाबी रोक्न कडा कानुनी व्यवस्था गर्न लागेको छ । बिमा ऐनमा संशोधन गरी नक्कली बिल पेस गरेर दाबी गर्ने अस्पताललाई सम्बन्धन खारेज गर्ने र नक्कली बिमालाई स्वीकृत गर्ने डाक्टर र कर्मचारीलाई बर्खास्त गर्ने सम्मको व्यवस्था आवश्यक छ ।”

    
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले समयमा उपचार भए बालबालिकामा हुने क्यान्सर निको हुने बताउँदै उहाँले नेपालमा सर्नेभन्दा नसर्ने रोगको प्रकोप बढ्दै गइरहेको बताउनुभयो ।

    
उहाँले भक्तपुर नगरपालिकाको ख्वप अस्पतालले स्वास्थ्य बिमा बोर्डसँग रु २२ करोड सोधभर्ना लिन बाँकी रहेको बताउँदै सरकारी अस्पताललाई स्वास्थ्य उपकरण र आवश्यक जनशक्ति व्यवस्थापन गरी सुविधासम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो । 
    
    
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले अस्पतालले क्यान्सरका बालबालिकाका लागि सम्पूर्ण उपचार निःशुल्क गर्ने बताउदै अहिले एक सय ५० जना बालबालिका क्यान्सरको उपचार गराइरहेको बताउनुभयो ।

    
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, अस्पतालका प्रशासन प्रमुख राजाराम तजले, अस्पतालकी बालरोग विशेषज्ञ डा रितु लामिछानेलगायतले बालबालिकामा क्यान्सरको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै बालबालिकाको निःशुल्क उपचारमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्