एमालेको नेसनल भोलिन्टियर्स फोर्स गठन

पाेखरा | फागुन ६, २०८२

एमालेको नेसनल भोलिन्टियर्स फोर्स गठन

पोखरा:    नेकपा (एमाले)ले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरेको छ । फोर्सको प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र फोर्सको प्रदेश प्रमुख कमान्डरमा पानबहादुर जिसी छन् ।

 

प्र​देशको सह कमाण्डरमा गोविन्द भुषाल, नवीनकुमार श्रेष्ठ रहेका छन् । फोर्सको हेडक्वाटर कमाण्डरमा देवान गुरुङ, विकास पहारी, चीनबहादुर पुन र मञ्जु जिसी रहेको प्रदेश इञ्चार्ज बस्नेतले जानकारी दिए ।

 

त्यस्तै फोर्स कास्कीको इञ्चार्जमा नमराज केसी र फोर्सको युनिफाइड कमाण्डरमा सूर्य लामा र सहकमाण्डरमा बज्रराज अधिकारी (सुरज), राजु गिरी, उमेश बिसंखे रहेका छन् ।

 

कमाण्डरमा विश्वास गुरुङ, कृष्ण हमाल, अभिषेक गुरुङ, दिपक मल्ल, गणेश विक, रवी गुरुङ, खेम गुरुङ, प्रकाश बराल, सिद्धान्त गुरुङ लगायत रहेका छन् ।

 

फोर्सको कमाण्ड घोषणा कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

 

नवप्रवेशीलाई एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले पार्टीमा औपचारिक रुपमा स्वागत गरे ।

 

उनले एमालेको सहायक संगठनको रुपमा रहेको फोर्स विशेष खालको संगठन भएको बताए । यो संगठन सामान्य खालको संगठन नभएको उल्लेख गर्दै उनले यो संगठनले देश र जनताको रक्षा गर्ने जिम्मेवारी लिएको जनाए ।

 

फोर्सका केन्द्रीय कमाण्ड प्रमुख पुष्पराज श्रेष्ठले निर्वाचनको १० हजार ९ सय ६७ मतदान केन्द्रमा २ लाख २२ हजार युवा परिचालन गर्ने बताए ।

 

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य राजीव पहारी, गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, कास्कीका कार्यवहाक अध्यक्ष भेषराज बराल, फोर्सका केन्द्रीय सहकमाण्डर विनिता काफ्ले, अर्जुन पौडेल, सुशिल बस्नेत लगायतले बोलेका थिए ।  

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्