‘विकास र समृद्धि नै एकमात्र अर्जुन दृष्टि’– एमाले उम्मेदवार आचार्य

पाेखरा | फागुन ९, २०८२

‘विकास र समृद्धि नै एकमात्र अर्जुन दृष्टि’– एमाले उम्मेदवार आचार्य

पोखरा:    आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले विकास र समृद्धि नै आफ्नो एकमात्र अर्जुन दृष्टि भएको बताएका छन् ।

 

पोखरा महानगरपालिका वडा नं. २१ कृष्तीमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै आचार्यले विकासको गति तीव्र र गुणस्तरीय बनाउन कानुनी अड्चन हटाउनु तथा आवश्यक नयाँ नीति र कानुन निर्माण गर्नु पहिलो प्राथमिकता भएको उल्लेख गरे । उनले त्यसका लागि संसदमा प्रभावकारी भूमिका र जोडदार पहल आवश्यक भएको बताए ।

 

उम्मेदवार आचार्यले मतदाताको मत र जनआदेशलाई सम्मान गर्दै संसदमा जनताको शिर ठाडो पार्ने गरी भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

 

उनले निर्वाचित भएपछि पनि निरन्तर जनतासँग सम्पर्कमा रहने, सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, बजेट समयमै कार्यान्वयन गराउने तथा शिक्षा, स्वास्थ्य र रोजगारी सुधारका लागि प्रभावकारी नीति निर्माणमा सक्रिय रहने बताए ।

 

त्यसैगरी, उनले स्थानीय तह र वडा स्तरका आवश्यकता र समस्यालाई नीति निर्माणमा समेट्दै जनमैत्री कानुन निर्माणमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

उम्मेदवार आचार्यले पोखरा–२१ सहित दक्षिणी पोखरा क्षेत्रलाई पर्यापर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित “ग्रीन हिल हाई होप टुरिज्म डेस्टिनेसन” अवधारणालाई अघि बढाउने योजना रहेको जानकारी दिए । स्थानीय सुझावलाई प्राथमिकतामा राखेर पर्यटन, पूर्वाधार र रोजगारीका अवसर विस्तार गर्ने आचार्यले प्रतिबद्धता व्यक्त गरे ।

 

मतदाता भेटघाट कार्यक्रममा एमालेका वरिष्ठ नेता सोमनाथ अधिकारी ‘प्यासी’, केन्द्रीय सदस्य प्रभा कोइराला, मीना कुमारी गुरुङ, पूर्व केन्द्रीय सदस्य भीम कार्की, अनेम संघकी केन्द्रीय सल्लाहकार सृजना शर्मा, एमाले कास्कीका कार्यवाहक अध्यक्ष भेषराज बराल, पोखरा महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्य, निर्वाचन क्षेत्र उपसंयोजक बलराम आचार्य, सचिव झपट रानाभाट लगायत प्रदेश, जिल्ला र स्थानीय तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको एमाले पोखरा–२१ का अध्यक्ष राजेन्द्र थापाले जानकारी दिए ।

पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न २५ औं आहा! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लबले जितेको छ ।   पोखरा रंगशालामा आज भएको फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सहारा क्लबले उपा...

थप पढ्नुहोस्

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको उपाधिका लागि आयोजक सहारा क्लब र जावलाखेल युथ क्लब भिड्ने भएका छन् ।   उक्त खेल यही शनिबार पोखरा रंगशालामा हुनेछ ।    आज भएको सेमिफा...

थप पढ्नुहोस्