पाेखरामा एनएमबी बैंकको एटिएम फोड्ने नेपाली पक्राउ

पाेखरा | असार १९, २०८१

पाेखरामा एनएमबी बैंकको एटिएम फोड्ने नेपाली पक्राउ

पोखरा:  कास्की प्रहरीले एटिएम तोडफोड गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा धादिङको सिद्दलेख गाउँपालिका ३ घर भई पोखरा ९ बस्ने २३ वर्षीय रुपेश नेपाली रहेका छन् । 

 

कास्की प्रहरीका अनुसार उनले हिजो बिहान करिब साढे २ बजे पोखरा ५ जिरोकिमीमा रहेको एनएमबी बैंकको एटिएम तोडफोड गरी नगद चोरी गर्न लागेकाे प्रहरीलाई सूचना पुगेकाे थियाे ।

 

सोही सूचनाको आधारमा नेपालीलाई वडा प्रहरी वैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

 

पक्राउ परेका उनीविरुद्ध चोरी उद्योग मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष त...

थप पढ्नुहोस्

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्