सरकार परिवर्तन संविधान संशोधन गर्नको लागि हो: पूर्वमुख्यमन्त्री अधिकारी

पाेखरा | असार १९, २०८१

सरकार परिवर्तन संविधान संशोधन गर्नको लागि हो: पूर्वमुख्यमन्त्री अधिकारी

पोखरा:    नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संविधान संशोधन गर्नको लागि कांग्रेस र एमालेबीच सहकार्य हुन लागेको बताउनुभएको छ ।

 

राष्ट्रिय युवा संघ नेपाल कास्कीले मंगलबार पोखरा २६ मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उहाँले त्यसको लागि राष्ट्रिय सहमतीको सरकार बनाउने प्रयास गरिने बताउनुभयो । अब चुनाव अगाडि गठबन्धन समेत नबनाइने उहाँको दावी छ ।


 ’केन्द्रमा पनि चुनाव अगाडि गठबन्धन नबनाउने, एकल चुनावमा प्रतिष्पर्धा गर्ने हो, यसमा नेपाली कांग्रेस सहमत हुने देखियो, हाम्रो त माओवादी केन्द्रलाई समेत सहमत गराएर राष्ट्रिय सरकार बनाउने प्रयत्न हो’उहाँले भन्नुभयो ।

 
हरेक पटक केपी ओली प्रधाननमन्त्री हुँदा मात्र संविधान संसोधन हुने गरेको भन्दै भूगोल र जनसंख्या नमिलेर चुनाव नहुने अवस्थाको सिर्जना हुँदा तथा नेपालको भूभाग समेटेर नक्सा प्रकाशित गर्दा भएको संविधान संशोधनको स्मरण उहाँले गराउनुभयो ।


‘७ सय ५३ वटा स्थानीय तह छन्, सातवटा प्रदेश तह छन्, सबैलाई सानो नपारिकन स्थायी सरकार पनि हुने भएन, जनतामा आर्कषण पनि हुने भएन त्यसैले हामी संविधान संसोधन गर्न चाहन्छौ’ अधिकारीले प्रष्ट पार्नुभयो ।

 
यसैगरी समानुपातिक तर्फको प्रदेशको संख्या काटेर प्रत्यक्ष मात्र राख्ने र  सानो साइजको प्रदेश सरकार बनाइने बताउनुभयो ।

 
गण्डकी प्रदेशमा १२ वटा मन्त्रालयको पुगेर खर्च बढेको अवस्थामा आफूले सिधै ७ वटामा झारेको र यो कदमले जनतामा त्यतिबेला आशाको सञ्चार जगाएको सुनाउनुभयो । हाल सातवटै प्रदेशमा रहेका प्रदेश प्रमुखको संख्या समेत जम्मा एक जनामा झारिने खुलाउनुभयो ।


’समानुपातिकतर्फकोलाई एउटा संख्यामा पुर्‍याएर राष्ट्रिय सभामा पुर्‍याउने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने प्रदेश प्रमुख पनि सातवटाबाट घटाएर एकैजनाले सबैतर्फ काम गर्ने अवस्था ल्याउने तयारी छ’ उहाँले भन्नुभयो ।

 
एमाले अध्यक्ष केपी ओलीसँग शेरबहादुर देउवाले असार १५ गते छलफल गर्नुभन्दा अघिल्लो दिन प्रधानमन्त्रीले देउवालाई भेटेर जुल्फी हल्लाएको कारण सरकार परिवर्तनको अवस्था आएको बताउनुभयो ।  यो चक्र घुमिरहने भएकोले यसलाई सामान्य रुपमा लिन उहाँको आग्रह छ । जनताले व्यवस्थाप्रति प्रश्न चिन्ह उठाइरहेकोले पुरानै राजनीतिक दलमा सुधार ल्याएर जनताको विश्वास जित्ने प्रयास समेत रहेको उहाँको भनाई छ ।


’प्रतिशोध साँधेर हुँदैन, हामी कसैलाई आरोप लगाउदैनौ कसैप्रति विरोध पनि गर्दैनौ हामी सबै मिलेर देश बनाउँछौ’उहाँले भन्नुभयो । यो व्यवस्थामाथि अराजकता आउँदाखेरी व्यवस्था सुदृढ गर्ने कुराको पहल भएको उहाँको भनाई थियो ।  


राष्ट्रिय युवा संघ नेपाल कास्कीले वृक्षरोपण कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै उहाँले नेपालले काठ विदेशबाट निर्मात गर्ने नभइ यहाँबाट विदेश आयात गर्नुपर्ने बताउनुभयो । यस्तो गर्न सके राष्ट्रिय पुँजी निर्माणमा सकारात्मक सहयोग पुग्ने उहाँको विश्वास थियो ।
 

 

पोखरा:    पोखरा महानगरपालिका–१४ का स्थानीयहरुले मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्य उपचार गर्दा छुट पाउने भएका छन् ।  मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविल र पोखरा...

थप पढ्नुहोस्

काठमाडौं:     नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनमा ९३ जना केन्द्रीय कमिटी घोषणा गरिएको छ । हालसम्म सम्मानित नेता झलनाथ खनाल, अध्यक्ष माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्...

थप पढ्नुहोस्

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ।   प्रचण्डले सङ्घीय संसदका महासचिवलाई सम्बोधन ग...

थप पढ्नुहोस्