९ महिना जेल बसेर निस्केकी थिइन् बालिकाको गहना चोर्ने श्रेष्ठ

पाेखरा | पुस २६, २०८०

९ महिना जेल बसेर निस्केकी थिइन् बालिकाको गहना चोर्ने श्रेष्ठ

पोखरा:  कास्की प्रहरीले बालबालिकाको गहना चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका ६ घर भई हाल पोखरा महानगरपालिका ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकी छिन् ।

 

प्रहरीका अनुसा उनले गत २० गते शितलादेवी स्कुलबाट ६ वर्षकी बालिकालाई फकाएर कानमा लगाएको सुनको मुन्द्रा र निजको घरमा रहेको भुड्कीको पैसा चोरी गरी फरार थिइन् । 

 

 

त्यसपछि उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको हो । उनले यसअघि पनि १२ जना महिला तथा बालबालिकाहरुलाई ललाई फकाई गरी सुनका गरगहनाा चोरी गरेको कसूरमा ९ भुक्तान गरेकी थिइन् भने जरिवाना स्वरुप २८ हजार रुपैयाँ तिरेकी थिइन् । 

 

फेरी पक्राउ परेकी उनीमाथि  कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
 
 

नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग  (एनपिएल)  क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ...

थप पढ्नुहोस्

पोखरा:   आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको ...

थप पढ्नुहोस्

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्