पोखरा थिएटरमा ‘१२ दुर्वासा’ नाटक मञ्चन सुरु

पाेखरा | पुस २६, २०८०

पोखरा थिएटरमा ‘१२ दुर्वासा’ नाटक मञ्चन सुरु

पोखरा थिएटरको गन्धर्व नाटकघरमा बिहीबारबाट नाटक ‘१२ दुर्वासा’ मञ्चन सुरु भएको छ ।

 

अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेखेको यस नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका छन् ।

 

परिवर्तनको निर्देशनमा तयार भएको नाटकमा उनी सहित १३ जना कलाकारले अभिनय गरेका छन् ।

 

यसरी अभिनय गर्नेमा रमेश बाबु तिमल्सिना, अनुषा परियार, रविन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल भुषाल, राजेन्द्र अधिकारी, मनोज अदित्य, दिप्सा विश्कर्मा  र रोहित पौडेल रहेका छन् ।

 

प्रिमियर शो हेर्न पुगेका दर्शकले लामो समयपछि खुला शो मार्फत मञ्चन भएको यो नाटक राम्रो लागेको भन्दै नाटकको टीमले गरेको कामको प्रशंसा गरेका थिए ।

 

यो नाटकको लागि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘ट्राभर्स स्टेज’ निर्माण गरिएको छ । यस्तो स्टेजको प्रयोग गन्धर्व नाटकघरमा पहिलो भएकोलले दर्शकले नौलो अनुभव समेत गर्न पाउनेछन् ।

 

‘टुबेल एङ्ग्री म्यान’को नेपाली रुपान्तरण रहेको नाटकमा छोराले बुबालाई मारेको हो होइन भन्ने विषयमा केन्द्रीत रहेको छ । यो विषयमा अदालतलाई निर्णय गर्न गाह्रो भएपछि फरक–फरक पृष्ठभूमिका १२ जनालाई छलफल गरी निर्णय गर्न लगाइन्छ । उनीहरुको विचारमा देखिने विविधता र सर्घष नै नाटकको विषयवस्तु हो । यसलाई प्रभावकारी बनाउन कलाकारले निकै मेहनत गरेका छन् ।

 

सन् २०५४ मा टेलि प्ले (टेलिभिजन सिरिज) का रुपमा रेग्नाल्डले यो नाटक लेखेका थिए । पछि सन् १९५७ मा फिल्म निर्माण भयो । त्यसपछि यो विश्वव्यापी रुपमा झनै चर्चित बन्यो । विश्वका विभिन्न भाषामा यसको फिल्म नाटक निर्माण भएका छन् ।

 

आगामी माघ १३ गतेसम्म मञ्चन हुने योे नाटकले वर्गीय,जातिय, क्षेत्रिय, लैङ्गीक समाजको चित्रण गर्ने भएकोले नाटकप्रेमीको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।

 

लगातार विद्यार्थी केन्द्रीत नाटक मञ्चन भइरहेकोसमयमा त्यसभन्दा भिन्न खालको स्वाद पस्कनको लागि यो नाटक उपयुक्त हुने ठानेर मञ्चन गर्न खोजिएको नाटकका निर्देशक समेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले खुलाए । यो नाटकबाट उनी अभिनयको क्षेत्रमा समेत पुनः फर्किएका हुन् ।

 

‘गन्धर्व नाटकघरमा लामो समयपछि नियमित मञ्चनको रुपमा १२ दुर्वासा मञ्चन सुरु भएको छ,  सबैजना नाटकप्रेमीलाई नाटक हेरे प्रतिक्रिया दिन आग्रह गर्छु, यो नाटकबाट म पनि पुनः अभिनयको क्षेत्रमा फर्किएको छु’ उनले भने ।

 

१ घण्टा ४० मिनेट हाराहारीको यो नाटक प्रचार–प्रसार र व्यस्थापनका लागि बजार प्रबन्धक प्रकाश पराजुली र लेखा हेर्ने शुभेक्क्षा शर्माले काम गरिरहेका छन् । मिलन क्षेष्ठ, रञ्जु दाहाल, विकास अधिकारी, प्रथम श्रेष्ठ, अनिशा खरेल लगायतले व्याक स्टेजमा रहेर साथ दिएका छन् । लामो समयमो अन्तरमा खुला रुपमा सबै दर्शकलाई लक्षित गरेर नाटक मञ्चन गर्न लागेको कारण नाटकप्रेमीबाट सकारात्मक रेसपोन्स पाइरहेको उनीहरुले खुलाए ।

 

नाटक बुधबार बाहेक हरेक दिन साँझ ४ः४५ बजे शनिबार र आइतबार अतिरिक्त शो को रुपमा दिउँसो १ बजेसमेत नाटक मञ्चन हुने पोखरा थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जनाए ।

 

पोखरा:  गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् ।  संस्थागत सामाजिक उत्तरदायि...

थप पढ्नुहोस्

पोखरा:       गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ ।   ...

थप पढ्नुहोस्

पर्वत:  प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...

थप पढ्नुहोस्