चारदेशीय सिरिजमा नेपाल तेस्रो
काठमाडाैं | मंसिर ३, २०८०

काठमाडौं: हङकङमा जारी महिला टी ट्वान्टी चारदेशीय सिरिजमा नेपाल तेस्रो भएको छ ।
जापानलाई ४५ रनले हराउँदै नेपाल प्रतियोगितामा तेस्रो बनेको हो ।
नेपालले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य पछ्याएको जापानले ६ विकेटको क्षतिमा ७० रन मात्र बनाउन सक्यो ।
जापानकी अकारी निशिमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चन्देलले ११ रन बनाईन् । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालकी संगिता राई, इन्दु वर्मा, सिता राना मगर, खुसी डंगोल, सोनी पाख्रिनले समान एक एक विकेट लिए ।
सुरुआती ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतीमा १ सय १५ रन बनाएको थियो ।
पुजा महतोले ४३ रन बनाएको इनिङ्समा रोमाले २२ र रुबिना क्षेत्रीले २१ रन बनाईन् । कप्तान इन्दुरी वर्माले १२, सिता राना मगरले ५ रनको योगदान दिईन् । काजल श्रेष्ठ ३ तथा अश्मिना कर्मचार्य २ रनमा अविजित रहिन् ।
जापानकी अहिल्या चन्देल, एरिका टोगुनी क्विन र अयुमी फुजिकावाले समान एक एक विकेट लिईन् ।
चारदेश सम्मिलित सिरिजमा नेपालले तान्जानिया र हङकङसँग पराजित भएको थियो ।
पोखरा: पोखराको पर्यटकीय स्थल बेगनासतालमा केही महिना अगाडि सञ्चालनमा आएको मोटरबोट पोखरा महानगरपालिकाले बन्द गर्ने निर्देशन दिएको छ । पोखरा महानगरपालिकाको प्रशासन महाशाखा प्रमुख कृष्ण प्...
काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-११ पात्लेखेतस्थित बिपी राजमार्गमा डिआईको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । शनिबार बिहान बिपी राजमार्ग हुँदै भकुन्डेबाट काठमाडौँतर्फ ...
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गरेको १९ औ संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र्र पारिएको छ । महोत्सव सम्पन्न गर्नका लागी ९ सदस्यीय निर्देशक समिति, ४१ वटा उप&nda...