गौशाला घटना अभियुक्त सार्वजनिक

काठमाडाैं | असोज १६, २०८०

गौशाला घटना अभियुक्त सार्वजनिक

काठमाडौं:    प्रहरीले गौशाला घटनाका अभियुक्तलाई सार्वजनिक गरेको छ। सोमबार बिहान गौशालामा धारिलो हतियार प्रहार गरी साविर हुसेनलाई घाइते बनाएर फरार भएका अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरेको हो। 


सोमबार बिहान ११ बजेर ४० मिनेटमा बारा कलैया नगरपालिका-२१ का ३८ वर्षीय साविर हुसेनलाई तिलगंगास्थित पिके डायगोनोस्टिक सेन्टर प्रालिमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको थियो।


घटनापछि फरार रहेका रौतहटको वानियापुर गाउँपालिकाका ३७ वर्षीय सिकिलदेव सहनीलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा उनको संलग्नता पाइएपछि मंगलबार सार्वजनिक गरेको थियो। 


घटनास्थलमा कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली र चक्कु फेला परेको थियो। सहनीले घटनापछि कोटेश्वरबाट गौर जानका लागि टिकटसमेत काटिसकेको पाइएको छ।

नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग  (एनपिएल)  क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ...

थप पढ्नुहोस्

पोखरा:   आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको ...

थप पढ्नुहोस्

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्