नेपालगञ्जको अवस्था सामान्य बन्दै
नेपालगञ्ज | असोज १७, २०८०
फाइल तस्बिर
काठमाण्डौ: हिजोदेखि कर्फ्यु लागेको नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ । प्रदर्शन रोकिएपछि अवस्था सामान्य बन्दै गएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । अहिले सडक सुनसान छ भने बजार तथा विद्यालय खुलेका छैनन् ।
दुई समुदायबीच तनाव सिर्जना हुने अवस्था देखिएपछि हिजो दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र कर्फ्यु लगाइएको हो । सरकार र विभिन्न सङ्घसंस्थाले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न सबैसँग आग्रह गरेका छन् ।
सरकारले सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन सूचना नराख्न पनि सचेत गराएको छ । आज दिउँसो सुरक्षा निकायको बैठक बसेर सुरक्षा अवस्थाबारे थप विश्लेषण गरी आवश्यक निर्णय हुने पनि सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

