नेपालले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै
काठमाडाैं | साउन १०, २०८०
तस्बिर फाइल
काठमाडौं: एसिया कपको तयारीमा रहेको नेपालले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दैछ।
नेपाली क्रिकेट टोलीले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ ।
नेपाल र स्थानीय क्लबबीच आजको खेल बिहान १० बजे ब्लूमफिल्डमा शुरु हुनेछ ।
ब्लूमफिल्ड टोलीमा श्रीलंकाबाट खेलिसकेका खेलाडी पनि छन् । नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ ।
नेपालले एक महिनापछि श्रीलंका र पाकिस्तानमा एसिया कप खेल्नेछ । नेपाल र पाकिस्तानबीचको खेल भदौं १३ मा मुल्तानमा हुनेछ ।
त्यसपछि भारतसँग हुने खेलका लागि नेपाल श्रीलंका जानेछ । नेपाल र भारतबीचको खेल भदौं १८ मा हुनेछ ।
समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।
हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
ललितपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको छ। बैठक ११ बजेदेखि ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड प्यालेसमा बसिरहेको छ । बैठकमा त्यसपछि पार्टी अध्यक्ष केप...
काठमाडौं: नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो । ...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्य...

