पोखरा:   छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ न्यू डायमण्ड स्पोट्स क्लबले थाइल्याण्ड क्विन्सलाई सोझो सेटमा पराजित गरेसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । ...

काठमाडौं:    श्रीलंकाले एसिया कप २०२३ को फाइनलमा भारतविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकोछ । कोलोम्बोमा घरेलु टोली श्रीलंकाका कप्तान दाशुन शानकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । श्रीलंकाले टोलीमा आज एक परिवर्तन गरेकोछ । घाइते स्पिनर महेश थिक्सेना यसअघि नै बाहिरिएका थिए । उनको स्थानमा स्पिनर दुशान हेमान्थालाई आज मौका दिएको छ । उता भारतले आज टोलीमा प्रमुख खेलाडी फर्काएको छ । घाइते अक्षर पटेलको स्थानमा वासिन्टन सुन्दरलाई मौका दिएको छ । भारत आठौं र श्रीलंका सातौं एसिया कप जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । श्रीलंका र भारतको सुपर फोरमा ४९४ अंक थियो । नेटरनरेटको कारण भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् । श्रीलंका सुपर फोरमा भारतसँग ४१ रनले पराजित भएपनि पाकिस्तानलाई दुई विकेट र बंगलादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । उता भारतले श्रीलंकालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बंगलादेशसँग भने ६ रनले पराजित भएको थियो । श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको थियो । भारतले सन् १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । भारतको प्लेइङ–११: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, हार्दिक पान्ड्या, लोकेश राहुल, ईशान किशन, रविन्द्र जडेजा, कुलदीप यादव, वासिन्टन सुन्दर, जस्प्रित बुमराह र मोहम्मद शिराज । श्रीलंकाको प्लेइङ–११: पाथुम निसांका, कुशल परेरा, कुशल मेन्डिस(विकेटकिपर), सदिरा समाराविक्रमा, चरिथ असलंका, धनन्जय डि सिल्भा, दासुन शानका(कप्तान), दुनिथ वेलालागे, दुशान हेमान्था प्रमोद मदुशान र मथिशा पाथिराना ।

पोखरा:  पोखरामा राजन एण्ड द ब्रदर्शले नेपालकै सर्वाधिक राशीको ‘दोस्रो राष्ट्रिय खुला फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।   ‘परिवर्तनका लागि खेलकुद’ नारासहित पोखरा रंगशालास्थित कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   आयोजक संस्थाका अध्यक्ष राजन गुरुङले सो प्रतियोगिता आगामी असोज २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने बताए ।    उनले राष्ट्रिय फुटसल लिग च्याम्पियन पोखराको स्पोर्टस् क्यासल प्रालिसँग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गर्ने बताए ।    यसअघि सम्पन्न पहिलो संस्करणको प्रतियोगितामा आयोजक र स्पोर्टस् क्यासलबाट खेलेका ४ जना खेलाडी राष्ट्रिय फुटसल टिममा परेकाले आफूहरुलाई थप हौसला मिलेको सुनाए ।    ‘पहिलो संस्करण कोभिडको समय भएकाले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरेका थियौं, उनले भने त्यो प्रतियोगितामा आयोजकबाट खेलेका भाइहरु राष्ट्रिय टिममा परेपछि दोस्रो संस्करणमा पुरस्कार राशी वृद्धि गरेका हौं ।’     उनका अनुसार यो वर्ष मंगोलियामा हुने प्रतियोगिता लागि घोषणा भएको नेपाली टोलीमा स्पोर्टस् क्यासलको तर्फबाट सुमित श्रेष्ठ (मेस्सी), राम शाही, र दिपेश घले छनोट भएका छन् भने राजन एण्ड द ब्रदर्शबाट खेलेका आरुष सिंह ठकुरी पनि नेपाली टोलीमा स्थान बनाएका छन् ।   अध्यक्ष गुरुङले यसपटक ‘परिवर्तनका लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिता सञ्चालन गर्ने बताउदै भने, ‘पहिलो संस्करणमा खेलेका ४ जना भाइहरु यसपटक राष्ट्रिय टिममा परेका छन् । त्यसैले यो प्रतियोगिताबाट पनि उदीयमान र नयाँ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउँनेछन् भन्नेमा विश्वस्त छौं ।’   प्रतियोगिता संयोजक आशिष क्षेत्रीले पुरस्कार राशी वृद्धि गरेर ५ लाख पुर्याइएको जानकारी दिए । उनका अनुसार पहिलो संस्करणमा उपाधि राशी ३ लाख रुपैयाँ थियो ।    यस पटक दोस्रो संस्करणको विजेतालाई ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपात्र प्रदान गर्ने बताए । यस्तै  उपविजेताले ३ लाख रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।   विधागततर्फ प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५/२५ हजार रुपैयाँबाट पुरस्कृत हुनेछन् ।    देशभरबाट कुल ३० बढी टिमको सहभागिता रहेको आयोजकको अपेक्षा छ भने प्रतियोगितामा सहभागिता हुनका लागि २५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।

पोखरा:   पोखराको लामाचौरमा राष्ट्रिय भलिवल कप जारी रहेको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)को आयोजनामा शनिबार महिला तथा पुरुष तर्फको लिग चरणका ६ खेलहरु सम्पन्न भएका छन्। काठमाडौंको न्यू डाइमण्ड युथ स्पोटेर्स क्लवले शनिबार भएको महिला तर्फको दुई खेलमा जित हासिल गरेको छ । पहिलो खेलमा भने न्यू डाइमण्ड एकेडेमीले बुटवलको एभेरेष्ट भलिवल क्लब माथि लगातार तीन सेटको शानदार जित हासिल ग¥यो। डाइमण्डले एभेरेष्ट माथि २५-११, २५-१५,२५-१६ को सेटमा पराजित गरेको हो । अर्को खेलमा डाइमण्डले एपिएफ माथि उत्कृष्ट पूनरागमन जित दर्ता ग¥यो । महिला तर्फ निकै प्रतिष्प्रर्धात्मक खेलमा पहिलो लगातार दुई सेट आफ्नो पोल्टामा पारेको न्यू डाईमण्ड बिरुद्ध एपिएफले कमव्याक हुदै दोश्रो र तेश्रो सेट आफ्नो पोल्टामा पार्न सफल भए पनि पाँचौ सेटमा उत्कृष्ट पूनरागमनसहित डाइमण्डले जित दर्ता गरेको थियो । न्यू डाइमण्डले २५-२०, २५-१८ को सेटमा अग्रता लिए पनि एपिएफले तेश्रो सेटमा २५-१८ र चौथो सेटमा २५-२२ मा लगे पनि अन्ततः पाँचौ सेटमा भने न्यू डाइमण्डसंग एपिएफ १५-५ को सेटमा पराजित भएको छ । शनिबार भएको पुरुष तर्फको पहिलो खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले अर्को विभागिय टोली शसस्त्र प्रहरी बलको एपिएफलाई ३-२ को सेटमा पराजित गर्यो । पुलिसले एपिएफ माथि २३-२५, २५-२२, २५-२०, २३-२५ र १५-१३ को सेटमा जित हासिल गरेको हो । पुरुष तर्फ को अर्को खेलमा बुटवलको मणिमुकुन्द भलिबल क्लबले बागलुङ गलकोट स्पोट्र्स क्लब माथि सोझो सेटमा पराजित गरेको हो । मनिमुकुन्दले गलकोट माथि २५-२३, २९-२७ र तेश्रो सेटमा २५-२० मा पराजित गरेको हो । महिला तर्फको अर्को खेलमा नेपाल पुलिसले एभेरेष्ट माथि सोझो सेटमा पराजित गर्यो । पुलिसले एभेरेष्ट माथि २५-१८, २५-१८ र तेश्रो सेटमा २५-२० को सेटमा पराजित गरेको हो । प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा खेलाइएको छ । यसैबिच उक्त प्रतियोगिताको उद्घाटन शनिबार एक समारोहका बिच नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले गर्नू भएको हो । आइतबार महिला तथा पुरुष तर्फका ५ खेलहरु हुने भएको समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले बताउनु भयो । शुक्रबार भएको लिग चरणको खेलमा पुरुष तर्फ गण्डकी प्रदेशले एकमा जित एकमा हार व्यहोरेको छ । पुरुष तर्फका केही खेल शुक्रबार देखि सुरु भएको हो । समाजको २७ औं बार्षिकोत्सव एवं २५ औ संस्करणको लामाचौर तीज महोत्सवको अवसरमा महिला भलिवल खेल भने शनिबार देखि सुरु भएको हो । प्रतियोगितामा महिलातर्फ ४ नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, न्यू डायमण्ड क्लव तथा एभरेष्ट भलिबल क्लव बुटवलले सहभागिता छ । त्यसै गरि पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टोली नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, मणिमुकुन्द क्लव बुटवल गरि पाँच टिमको सहभागिता रहेको महोत्सवका प्रचार संयोजक दीनेश भण्डारीले बताउनु भयो । राष्ट्रिय भलिबल प्रतियोगितामा महिला र पुरुष तर्फ उपाधि विजेतालाई जनही १ लाख ५० हजार १ सय ११ रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यसै गरी दोस्रो हुने टिमलाई जनही १ लाख १ सय ११ र तेस्रो हुनेलाई जनही ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको समाजले जनाएको छ । महिलाहरुको महान पर्व हरितालीका तीजका अवसरमा असोज १ गतेसम्म महोत्सव संचालन हुने भएको छ । ।

पोखरा:    गण्डकी प्रदेश  उसु संघका अध्यक्ष विक्रम लामा नेपाल उसु महासंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन् । महासंघको शनिबार काठमाडौंमा सम्पन्न तेस्रो महाधिवेशनबाट उनी केन्द्रीय उपाध्यक्षमा चयन भएका हुन् ।  महाधिवेशनमा कास्की जिल्ला उसु संघका अध्यक्ष वीरेन्द्र गहतराज,कोषाध्यक्ष लक्ष्मण गुरुङलगायतले सहभागिता जनाएका छन् ।  

पाल्पा:   पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट खुल्ला फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक नव जागृती युवा क्लब (कालो) र सराई एफसी भिड्ने भएको छ ।   हरितालिका तीजको अवसरमा स्थानीय क्लब नव जागृति युवा क्लबद्वारा आयोजित प्रतियोगिताको कोठीचौर खेलमैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा भगवती एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक टोलीले फाइनलमा सराई एफसीसँगको भेट पक्का गरेको हो ।   प्रचारप्रसार संयोजक बिरबल रानामगरका अनुसार आयोजकको जीतमा निश्चल थापामगर र निरज थापाले समान १/१ गोलको योगदान दिए भने भगवती एफसीको तर्फबाट सुरज श्रेष्ठले पेनाल्टीमार्फत सान्त्वना गोल फर्काए ।    पहिलो हाफको १३ औं मिनेटमा आयोजका कप्तान मनिक गाहामगरले फल गरेपछि रेड कार्डको शिकार बन्दै मैदानबाट बाहिरिए ।    उक्त अवसरमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भगवती एफसीले १ गोलको अग्रता बनाएको थियो । भगवती एफसीले आफ्नो अग्रतालाई पहिलो हाफमा जोगाएपनि दोस्रो हाफमा भने गुमाउन पुग्यो ।   आयोजक टोली १० खेलाडीमा सिमित रहेपनि निरज थापाले टिमको लागि पहिलो गोल गर्दै खेल बराबरीमा फर्काए ।   १–१ गोलको बराबरीमा रहेको अवस्थामा आयोजकले दबदबा सिर्जना गर्दै निश्चल थापामगरले निर्णायक गोल गर्दै अग्रतालाई दोब्बर बनाए । उनको त्यो गोल दोब्बर मात्रै बनेन । टोलीलाई उपाधि नजिक पुर्याउन योगदान दियो । सो खेलबाट निश्चल म्यान अफ द म्याचबाट पुरस्कृत भए ।    यसअघि बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सराई एफसीले जनकल्याण एफसीलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ ।    प्रचारप्रसार संयोजक बिरबल रानामगरका अनुसार अब फाइनल खेल असोज १ गते हरितालिकाको दिन कोठीचौर खेलमैदानमा हुनेछ ।    प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५०  हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ ।   प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ  ।   आयोजक संस्था विगत २०३८ सालदेखि नै सामाजिक क्रियाकलापसँगै खेलकुदको क्षेत्रमा त्रियाशिल रहदै आएको छ ।  

 काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ ।   नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।   टोलीमा यू–१६ इस्ट जोन कप खेलेर फर्किएका ३ मुख्य खेलाडीलाई समेत थपेर टिम सार्वजनिक गरिएको छ ।   यू–१६ टिमबाट कप्तान अभिषेक तिवारी, नरेन भट्ट र निरज यादवलाई समावेश गरिएको छ । अभिषेक तीव्र गतिका बलर हुन् । निरज ओपनर ब्याटर हुन् भने नरेन मध्यगतिका ब्याटर हुन् ।   यू–१९ टिमको प्रारम्भिक टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेक कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल छन् ।

पोखरा:   पोखरा महानगरपालिका १९ लामाचौरमा आजदेखि सुरु भएको १० औं संस्करणको लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ  नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।  नव आदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा आयोजना गरेको २५ औं संस्करणको तीज महोत्सव एमव् १० औं लामाचौर कपमा दोस्रो खेलमा नेपाल पुलिस क्लबे बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पहिलो जित निकालेको हो ।  पहिलो सेट १५–२५ ले गुमाएको नेपाल पुलिसले उत्कृष्ठ पूनरागमन गर्दै २५-२१, १९-२५ र २५-२२ ले मणिमुकुन्द भलिबल क्लबलाई पराजित गरेको हो ।  यस्तै प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेशले गल्कोट स्पोर्टस क्लब बागलुङलाई ३-१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । गण्डकीले पहिलो र दोस्रो सेट २५-२१ र २६-२४ ले जितेपनि तेस्रो सेट २४–२६ले गुमाएको थियो भने, चौथो सेटमा उत्कृष्ट पूनरागमन गर्द २५-१९ ले जितेको थियो ।  प्रतियोगिताको पहिलो दिन पुरुषतर्फको पाँच खेल हुने आयोजकले जनाएको छ ।  संस्थाको २७ औं वार्षिकोत्सव एवम् २५ औं संस्करणको लामाचौर तीज महोत्सवमा १० औं संस्करणको लामाचौर कपमा राष्ट्रिय महिला भलिबललाई निरन्तरता दिएपनि पुरुष भलिबलको यो दोस्रो संस्करण भएको संस्थाका उपाध्यक्ष दिनेश भण्डारीले बताए ।  उनका अनुसार लामाचौर तीज महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितासँगै अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, अन्तर महिला समूहगत खुल्ला तीज गीत प्रतियोगितासमेत आयोजना गरिएको छ ।  पुरुष भलिबलतर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस क्लब बागलुङ र बुटवलको मणिमुकुन्द भलिबल क्लबले सहभागिता रहेको छ ।  यस्तै महिला भलिबलतर्फ  सशस्त्र प्रहरी बलको एफिएफ क्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड स्पोर्टस क्लब र न्यू एभरेष्ट भलिबल क्बल बुटवलले सहभागिता रहेको छ । महिलातर्फको खेल भोलि (भदौ ३०)देखि सञ्चालन हुने आयोजकले जनाएको छ ।  ‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुवै विधाका विजेताले नगद १ लाख ५० हजार १ सय ११, दोस्रो हुने समूहले १ लाख १ सय ११ र तेस्रो हुने समूहले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाउनेछन् ।   

पोखरा:   पोखरा महानगरपालिका १९ लामाचौरमा आजदेखि सुरु भएको १० औं संस्करणको लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।  नव आदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा आयोजना गरेको २५ औं संस्करणको तीज महोत्सव एमव् १० औं लामाचौर कपमा गण्डकी प्रदेशले गल्कोट स्पोर्टस क्लब बागलुङलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । गण्डकीले पहिलो र दोस्रो सेट २५-२१ र २६-२४ ले जितेपनि तेस्रो सेट २४-२६ले गुमाएको थियो भने, चौथो सेटमा उत्कृष्ट पूनरागमन गर्द २५-१९ ले जितेको थियो ।  प्रतियोगिताको पहिलो दिन पुरुषतर्फको पाँच खेल हुने आयोजकले जनाएको छ । अहिले मणिमुकुन्द भलिबल क्लब बुटवल र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।  संस्थाको २७ औं वार्षिकोत्सव एवम् २५ औं संस्करणको लामाचौर तीज महोत्सवमा १० औं संस्करणको लामाचौर कपमा राष्ट्रिय महिला भलिबललाई निरन्तरता दिएपनि पुरुष भलिबलको यो दोस्रो संस्करण भएको संस्थाका उपाध्यक्ष दिनेश भण्डारीले बताए ।  उनका अनुसार लामाचौर तीज महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितासँगै अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, अन्तर महिला समूहगत खुल्ला तीज गीत प्रतियोगितासमेत आयोजना गरिएको छ ।  पुरुष भलिबलतर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस क्लब बागलुङ र बुटवलको मणिमुकुन्द भलिबल क्लबले सहभागिता रहेको छ ।  यस्तै महिला भलिबलतर्फ  सशस्त्र प्रहरी बलको एफिएफ क्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड स्पोर्टस क्लब र न्यू एभरेष्ट भलिबल क्बल बुटवलले सहभागिता रहेको छ । महिलातर्फको खेल भोलि (भदौ ३०)देखि सञ्चालन हुने आयोजकले जनाएको छ ।  ‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुवै विधाका विजेताले नगद १ लाख ५० हजार १ सय ११, दोस्रो हुने समूहले १ लाख १ सय ११ र तेस्रो हुने समूहले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाउनेछन् ।   

पाल्पा: सराई एफसी पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेकोे छ ।   हरितालिका तीजको अवसरमा स्थानीय क्लब नव जागृति युवा क्लबद्वारा आयोजित प्रतियोगिताको कोठीचौर खेलमैदानमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा जनकल्याण एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै सराई एफसी फाइनलमा प्रवेश गरेको हो ।   सराईको जीतमा आशिष रानाले २ गोलको योगदान दिए भने सुरज राना र रामकृष्ण पौडेलले समान १÷१ गोल गरे ।  सो खेलबाट आशिष राना म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत बने ।    यसैगरी अर्काे सेमिफाइनल खेलमा आयोजक नव जागृती युवा क्लब (कालो) र  भगवती एफसी आज दिउँसो ३ बजे प्रतिस्पर्धा गर्ने प्रचारप्रसार संयोजक विरबल रानामगरले जानकारी दिए ।   उनका अनुसार सो खेलबाट विजेता टोलीले उपाधिका लागि सराई एफसीसँग असोज १ गते (हरितालिका तीजको दिन) भिड्ने छ ।     सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५०  हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ । प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ  ।   आयोजक संस्था विगत २०३८ सालदेखि नै सामाजिक क्रियाकलापसँगै खेलकुदको क्षेत्रमा त्रियाशिल रहदै आएको छ ।