पोखरा:   छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ न्यू डायमण्ड स्पोट्स क्लबले थाइल्याण्ड क्विन्सलाई सोझो सेटमा पराजित गरेसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । ...

पोखरा:  पोखरामा सम्पन्न पहिलो संस्करणको ढल्के जोवान ३५ प्लस भेट्रान्स ​सिक्स ए साइड फुटसल प्रतियोगितामा गार्डेन एफसी च्याम्पियन भएको छ ।   पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा शनिबार भएको फाइनल खेलमा फङ्की बिन्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै गार्डेन च्याम्पियन बनेको हो ।   गार्डेनको जीतमा सन्तोष कार्कीले ह्याट्रिक गरे भने विकास गुरुङले १ गोलको याेगदान दिएका थिए । गार्डेनको तर्फबाट १ आत्मघाती गोल भएको थियो ।   प्रतियोगिताको उपाधि जितेको गार्डेन एपफसीले नगद रु ५१ हजार ट्रफी र प्रमाण पत्र प्राप्त गर्याे ।   यस्तै  उपविजेता बनेको फङ्की बिन्सलाई नगद रु ३१ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजक संस्थाका संस्थापक गोविन थापाले जानकारी दिए ।   उनका अनुसार प्रतियोगिताबाट गार्डेन एफसीका विकास गुरुङ उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए भने सोही टिमकै विकास गुरुङ प्रतियोगिताकै उत्कृष्ट गोलकिपर घोषित भएका थिए ।   प्रतियोगितामा अनुशासित खेल प्रदर्शन गरेको गण्डकी स्पोर्टसले फेयर प्ले ट्रफी प्राप्त गर्याे ।    विजेता उपविजेता टिमका खेलाडीहरुलाई पोखरा महानगरपालिका ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल तथा पुरस्कारदाताहरुले पुरस्कार वितरण गरेका थिए ।   फुटबलर गोविन थापाले आयोजना गरेको सो प्रतियोगिताको प्रथम पुरस्कार मोना एफसी हङकङले र दोस्रो पुरस्कार इलाइट मुआ थाइले प्रायोजन गरेको थियो ।  

काठमाडौं:   पाकिस्तान एसिया कपको सुपर फोरमा पुगेको छ । भारतसँगको खेल वर्षाको कारण रद्द भएसँगै पाकिस्तानले सुपर फोरमा स्थान पक्का गरेको हो ।  समूह चरणको खेलमा पाकिस्तानले जितको लागि २सय ६७ रनको विजयी लक्ष्य पाएको थियो । तर पाकिस्तानले दोस्रो इनिङमा वर्षाको कारण ब्याटिङ गर्न पाएन । दुबै टोलीले १/१ अंक बाँडेका छन् । त्यसैको कारण पाकिस्तान समूह ए मा ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो । अव सोमबार नेपाल र भारतबीच खेल हुनेछ । उक्त खेलको विजेता टोलीले सुपर फोरमा स्थान बनाउनेछ । यदि वर्षाको कारण अंक बाँडेको खण्डमा भने भारत सुपर फोरमा पुग्नेछ । यदि नेपालले जादुमयी प्रदर्शनका साथ भारतलाई हराए सुपर फोरमा स्थान बनाउनेछ । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । त्यसअघि पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४८.५ ओभरमा २ सय ६६ रनमा अल आउट भएको थियो ।

काठमाडौं:    एसिया कपमा भारतले पाकिस्तानलाई २ सय ६७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।  पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४८.५ ओभरमा २ सय ६६ रनमा अल आउट भयो । भारतका उपकप्तान हार्दिक पान्ड्याले ९० बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ८७ रनको योगदान दिए । युवा विकेटकिपर ईशान किशनले ८१ बलमा ९ चौका र २ छक्कासहित ८२ रनको महत्वपूर्ण इनिङ खेले । एक समय १४.१ ओभरमा ६६-४ को दयनीय अवस्थामा पुगेको भारतलाई ईशान किशन र हार्दिक पान्ड्याले पाँचौं विकेटका लागि १ सय ३८ रनको सानदार शतकीय साझेदारीका साथ खेलमा फर्काएका थिए । भारतका प्रमुख चार ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मालाई ११ रनमा बोल्ड आउट गरे । प्रमुख ब्याटर विराट कोहली अफ्रिदीको सातौं ओभरको तेस्रो बलमा चार रनमा बोल्ड आउट भए । कोहली ब्याटरमा एज लाग्दै बोल्ड हुन पुगे । हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए । चोटबाट फर्किएका ऐर रौफको दशौं ओभरको पाँचौं बलमा मिड विकेटमा समातिन पुगेका थिए । हरिस रौफले युवा ओपनर शुभमन गिललाई १० रनमा बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । पाँचौं विकेट लिन पाकिस्तानले ३८ औं ओभरमा पुग्नु परेको थियो । पाकिस्तानका स्पिनरले विकेट लिन नसकेपछि भारतले खेलमा फर्किने अवसर पाएको थियो । ईशान हरिस रौफको ३८ औं ओभरको तेस्रो बलमा टप एज लागेर बाबर आजमबाट क्याच आउट हुन पुगे । हार्दिक पान्ड्या अफ्रिदीको ४४ औं ओभरको पहिलो बलमा एक्स्ट्रा कभरमा क्याच आउट हुन पुगे । त्यसपछि भने भारतले लगातार विकेट गुमाएको थियो । जस्प्रित बुमराह १४ बलमा ३ चौकासहित १६ रनमा आउट भए । रविन्द्र जडेजा १४, शार्दुल ठाकुर ३, कुलदीप यादव ४ रनमा आउट भए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले १० ओभरमा २ मेडनसहित ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नसिम शाहले ८।५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । हरिस रौफले ९ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए ।

पोखरा: हिन्दु नारीहरुको पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका २२ स्थित भ्यू पोइन्टमा ‘प्रथम भेडिखर्क कप सिक्स ए साइड फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ ।   स्थानीय क्लब भ्यू पोइन्ट कलबले ‘खेल स्वास्थ्यका लागि, स्वस्थ्य युवा देशका लागि’ भन्ने नारासहित आगामी अजोज १–३ गतेसम्म भेडिखर्क खेलमैदानमा प्रतियोगिता आयोजना गरिने क्लबका अध्यक्ष विश्वराज बास्तोलाले जानकारी दिए ।    उनका अनुसार प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ४० हजार प्राप्त गर्नेछ ।   यस्तै उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २० हजार हात पार्नेछ भने प्रतियोगितामा विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ ।    प्रतियोगितामा सहभागिताका लागि दर्ता शुल्क ४ हजार निर्धारण गरिएको आयोजकले जनाएको छ ।   

काठमाडौं:    एसिया कपअन्तर्गत शनिबार समूह ‘ए’मा भारत र पाकिस्तानबीचको खेल भारी वर्षाका कारण रोकिएको छ। श्रीलंकाको पालेकेले मैदानमा ४.२ ओभरको खेल चलिरहँदा वर्षा भएको थियो। अम्पायरले तत्काल खेल रोक्ने निर्णय गरेका छन्।  पिच र मैदानमा कर्भर राखिएको छ। भारतले पहिलो ब्याटिङ गरी विना विकेटको क्षतिमा १५ रन बनाएको छ। भारतका कप्तान रोहित शर्माले १८ बलमा दुई चौकाको सहयोगमा ११ रन जोडेका छन्। अर्का ओपनर सुभमान गिलले आठ बल खेलेका छन्। उनले रन जोडेका छैनन्। पाकिस्तानका फास्ट बलर साहिद साह अफ्रिदीले २.२ ओभरमा ११ रन र नसिम साहले दुई ओभरमा तीन रन दिएका छन्।

काठमाडौं:  भारतले एसिया कपमा पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा भर्खर सम्पन्न टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो । भारतको यो पहिलो खेल हो । भारतले समूह चरणको अन्तिम खेल सोमबार नेपालसँग खेल्नेछ । पाकिस्तान यस खेलमा विजयी हुँदा वा कुनै कारण रद्द भएमा पनि सुपर फोरमा पुग्नेछ । पराजित भएमा भने नेपाल र भारतबीचको नतिजाले निर्धारण गर्नेछ ।   एजेन्सीको सहयोगमा

काठमाडौं:    एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान  खेल्दैछन् । संसारभरबाट रुचिकासाथ हेर्ने यो खेल दिउँसो ३:१५ बजे श्रीलङ्काको पाल्लिकेमा शुरु हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलङ्कामा खेल हुन लागेको हो । भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेपाललाई हराएको थियो भने  भारतले आज पहिलो खेल खेल्न लागेको हो । नेपाल र भारतबीचको खेल पर्सि सोमवार हुनेछ ।  भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक मात्रै उपाधि जितेको छ । 

काठमाडौं:    आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।  मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्‍यो ।  नेपालका लागि कविता कुवँरले अविजित १७ रनको योगदान दिइन् । उनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १७ रन बनाएकी हुन् । त्यस्तै  सीता रानामगरले अविजित २ रन जोडिन् ।  त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटिएको थियो ।  बहराइनका लागि कप्तान दीपिका रसङ्गिकाले सर्वाधिक ११ रनको योगदान दिइन । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।  बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन् भने खुसी डङ्गोलले दुई विकेट झारिन् । कविता कुँवर, पूजा महतो र रुबिना क्षत्रीले समान एक एक विकेट लिए । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गरेको थियो । अब नेपालले आफ्नो तेस्रो खेल आइतबार भुटानसँग खेल्नेछ । 

काठमाडौं:     नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज बहराइनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ मा मलेसियामा शुरु हुनेछ । पहिलो खेलमा नेपालले हिजो घरेलु टोलीलाई ५ रनले हराएको थियो । पहिलो खेलमा बहराइनले कतारलाई हराएको थियो । तेस्रो खेलमा नेपालले पर्सि १७ गते भुटानसँग, चौथो खेलमा १८ गते कतारसँग र समूह चरणको अन्तिम खेलमा १९ गते यूएईसँग खेल्नेछ । प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी-२० क्वालिफायर खेल्न पाउनेछन् ।