पोखरा ।      पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ ।   रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...

काठमाडौँ:  हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलाको बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ ।   नेपाललाई तान्जनियाले २७ रनले पराजित गरेको हो । नेपालले पहिलो पटक तान्जनियासँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो ।    टस जिती पहिले ब्याटिङको निणर्य लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमा अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सक्यो ।    नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा ओर्लिएको नेपाली टोलीका ब्याट्रहरुले निराशाजनक प्रदर्शन गरे ।   ब्याटिङतर्फ कुनै पनि खेलाडी लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका लागि सातौँ नम्बरमा क्रिज समाल्न आएकी अनुभवी खेलाडी सीता रानामगरले सर्वाधिक ४३ रनको योगदान गरिन् ।   सीताले ३१ बलको सामना गरी चार छक्का पनि हिर्काइन् । उक्त खेलमा दुबै टोलीका अन्य कुनै ब्याट्रले छक्का प्रहार गर्न सकेनन् । यसदेखि वाहेक नेपालका लागि कप्तान इन्दू बर्माले मात्र दोहोरो अंकमा रन बनाउन सकिन् ।    इन्दूले १८ बलको सामना गरी दुई चौकाको मद्दतले १५ रन बनाइन् । नेपालका अन्य खेलाडीले भने दोहारो अंकमा रन बटुल्न सकेनन् । इश्वरी बिष्ट तीन रन बनाउँदै आउट भइन् । उनको विकेट तान्जनियाकी बलर जेरोमले लिएकी हुन् । खुसी डंगोल शून्य रनमा अविजित रहिन् ।    तान्जनियाका बलर सोफिया जेरोमले तीन विकेट लिइन् । निमा पियुषले दुई विकेट हात पारिन् ।   आइसा मोहमद, युसाङ्गा र पेरिस जाकायोले एक—एक विकेट लिए । नेपाली टोलीले अतिरिक्त रुपमा नौ रन पाएको थियो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार आयोजक हङ्कङसँग खेल्नेछ । सोही दिन जापान र तान्जनियाबिच अर्को खेल हुनेछ ।

काठमाडौं:  हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टि–२० शृङ्खलामा नेपालले ताञ्जेनियासँग खेल्दैछ।   शृङ्खलाको पहिलो खेल भाइटीकाको दिन ताञ्जेनियासँग खेल्न लागेको हो।   आजदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने शृङ्खलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा आयोजक हङकङसहित नेपाल, ताञ्जेनिया र जापान छन्।    नेपालले कात्तिक ३० मा आयोजक हङकङसँग खेल्नेछ भने आगामी मङ्सिर २ गते जापानसँग खेल्छ।    शीर्ष दुई टोलीले उपाधिका लागि मङ्सिर ३ गते खेल्नेछन्। त्यस्तै तेस्रो स्थानको प्रतिस्पर्धासमेत सोही दिन हुनेछ। उक्त शृङ्खलाका सबै खेल हङ्कङ क्रिकेट क्लबको मैदानमा हुनेछन्। नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइतबार हङकङ गएको हो।    नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित उपकप्तान बिन्दु रावल, रुबिना क्षेत्री, सीता रानामगर, खुसी डङ्गोल, सोमु विष्ट, सङ्गीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुवि पोदार छन्।  

काठमाडौँ:  फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल आज युएई प्रस्थान गर्दैछ ।    नेपाली टोली आज युएई प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।   नेपालले युएईसँग यही कात्तिक ३० गते दुबईमा खेल्दैछ । त्यसपछि नेपालले आगामी मङ्सिर ५ गते दशरथ रङ्गशालामा यमनसँग खेल्नेछ ।   विश्वकप एसिया छनोटको दोस्रो चरणको समूह ‘एच’ मा रहेको नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् ।   त्यस्तै विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको थियो ।    यूएईसँग खेल्ने नेपाली खेलाडीमा किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, ऐरिक विष्ट,  छिरिङ लामा, योगेश गुरुङ, लकेन लिम्बू, उत्सव राई, क्रितिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदाम्बे, निशान हमाल, अञ्जन विष्ट, आयुष घलान, जिलेस्पी जङग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट र राजेश परियार छन् ।

काठमाडौं:    हङ्कङमा आयोजना हुने चार देश सम्मिलित महिला टि ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने उक्त शृङ्खलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा आयोजक हङ्कङसहित नेपाल, ताञ्जेनिया र जापान छन् । शृङ्खलाको पहिलो खेलमा नेपालले यही कात्तिक २९ गते भाइटिकाको दिन ताञ्जेनियासँग खेल्नेछ । त्यसैगरी नेपालले कात्तिक ३० मा आयोजक हङ्कङसँग खेल्नेछ भने आगामी मङ्सिर २ गते जापानसँग खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि मङ्सिर ३ गते खेल्नेछन् । त्यस्तै तेस्रो स्थानको भिडन्त पनि सोही दिन हुनेछ । उक्त शृङ्खलाका सबै खेल हङ्कङ क्रिकेट क्लबको मैदानमा हुनेछ ।  नेपाली टोलीमा कप्तान इन्दु वर्मासहित उपकप्तान विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, खुशी डङ्गोल, सोमु विष्ट, सङ्गीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पुजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुवि पोदार छन् । 

पोखरा:   एलजी  एशोसिएशन प्रथम लामाचौर कप फुटबल प्रतियोगिता २०८० को च्याम्पियन भएको छ ।  एलसी ब्रदर्स युनाइटेडको आयोजनामा लामाचौर फुटबल मैदान, गोस्तेघाटमा शनिबार भएको फाइनल खेलमा एन टु कफि सप टुँडीखेललाई सडेनडेथमा ५–४ गोलअन्तरले हराउँदै एलजी एशोसिएशन च्याम्पियन भएको हो ।  च्याम्पियन बनेको एलजीले नगद २ लाख रुपैयाँसहित सिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता एन टुले १ लाख रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।  विजेता खेलाडीहरुलाई पूर्व खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, क्लबका अध्यक्ष शंकर केसी, खेल संयोजक विशाल नेपाली लगायतले पुरस्कार वितरण गरे ।  निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि विजेताको टुंगो सडेनडेथबाट लागेको हो । खेलको पहिलो हाफमा एलजिले सुमन श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । भने, दोस्रो हाफको सुरुवाती समयमै एन टुका साइमन गुरुङले बराबरी गोल गरेर टिमलाई खेलमा फर्काएका थिए । फाइनल खेलमा एलजिका गोलरक्षक आकाश रानाभाट म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा एलजीका अनुज भण्डारी चुनिए । उनले नगद ३ हजार रुपैयाँसहित सिल्ड र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक एलजिका आकाश रानाभाट, उत्कृष्ट प्रशिक्षक एलजीकै ओम गुरुङ घोषित भए । एन टुका कन्यासुब्बा गुरुङ उत्कृष्ट डिफेन्डर र नकुल तामाङ उत्कृष्ट मिडफिल्डर बने । प्रतियोगितामा सर्वाधिक गोलकर्ता शितलज्योेति युवा क्लबका सन्दिप गुरुङ भए । उनीहरु नगद २५ सय रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा आदर्श युवा क्लब भण्डारढिक फेयर प्ले अवार्डमाबाट पुरस्कृत बन्यो । फाइनल अघि एलसी ब्रदर्स युनाइटेड लामाचौर भेट्रान र नेपाल खेलकुद पत्रकार मञ्च बिच भएको मैत्रीपूर्ण खेलमा पत्रकारको टोली विजयी बनेको छ । एलसी ब्रदर्शलाई पत्रकारको टोलीले ५–१ गोलअन्तर पराजित गरेको थियो । पत्रकारको टिमबाट प्रविन मगर र निरज कार्कीले २र२ तथा योगेन्द्र श्रेष्ठले १ गोल गरेका थिए । भने एलसीको तर्फबाटले गोल गरेका थिए । गत १९ कात्तिकदेखि सुरु प्रतियोगितामा १४ टोलीले भाग लिएका छन् । ४ वर्षदेखि हुँदै आएको यो प्रतियोगिता विगतमा सेभेन ए साइडमा खेलाइने गरिएको अहिले फुटबल प्रतियोगिता सुरु गरिएको आयोजक एलसी ब्रदर्स युनाइटेडका अध्यक्ष शंकर केसीले बताए ।

सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ ।   आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यी ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकता दिएको मन्त्री शर्माले बताइन् ।   यसअघि टी(२० विश्वकपमा छनोट भएका खेलाडीलाई बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताएका थिए ।

काठमाडौं:    नेपाललाई २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा पुर्‍याउने नेपाली क्रिकेट टोलीका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नगद पुरस्कार दिन सिफारिस गर्ने भएको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो । १५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ । प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्ष, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफासिर गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पनि क्रिकेट टोलीलाई ५० लाख पुरस्कारले सम्मान गर्ने जनाएको थियो। नेपालले टी–२० विश्वकप छनोट एसिया समूह चरणमा सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानसँग समूह चरण र फाइनल दुबैमा हारेको थियो । समूह चरणमा पाँच रन र फाइनलमा सुपर ओभरमा पराजित भएको थियो । गत आइतबार नेपालले सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको थियो ।

काठमाडौं:  नेपाली महिला क्रिकेटर ​रुबिना क्षत्री र सिता रानामगर (अलराउन्डर) ले हङकङमा फेन्चाइज लिग क्रिकेट खेल्ने भएका छन् ।   आगामी १० नोभेम्बरमा सुरु हुने वुमन्स अल स्टार्स प्रतियोगिता खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।   यी दुवै महिला क्रिकेटर नेपालका  सिनियर खेलाडी हुन् ।

पोखरा:  पोखरा ट्रेल रेस सिरिजद्वारा आयोजित पञ्चासे अल्ट्रा रेस शनिबार भएको छ ।   प्रतियोगितामा २३ विदेशी र ८७ नेपाली गरी १ सय १० खेलाडीले भाग लिएको आयोजक पञ्चासे अल्ट्रा रेस सिरिजका संस्थापक राजीव श्रेष्ठले बताए ।   ८० किलोमिटर दौडतर्फ सफल लामा, सुदीप थापा र सुखद बस्याल क्रमश: पहिलो, दोस्रो र तेस्रो बने । लामाले दूरी १२ घण्टा १२ मिनेट, थापाले १४ घण्टा ३८ मिनेटमा र बस्यालले १५ घण्टा ४० मिनेटमा पार गरेका हुन् ।   ८० किलोमिटर दौड लुम्रेबाट लोक्याम्प हुँदै बादल डाँडा, प्रितम देउराली, पञ्चासे भञ्ज्याङ, पुम्दीको शिव मन्दिर हुँदै लेकसाइडको खपौदीमा आएर सकिएको थियो । विजेतासहित दौड पूरा गरेका हसन गुरुङ र सन्तोश गुरुङले मेडल र केटिम सिटी तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।   ५५ किलोमिटरको दौडमा पुरुषतर्फ वेदबहादुर सुनुवार, धीरज बहादुर बुढा र मोहन देव जोशी क्रमशः पहिलो, दोस्रो र तेस्रो बने । महिलातर्फ भने प्रिय राई, मन्जु रावत र निकोला स्वराघान क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।   प्रथम भएका सुनुवार र प्रिय राईले १ महिनापछि थाइल्याण्डमा हुने दौडमा भाग लिने आयोजकले बताए । त्यसै दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार र ७ हजार प्राप्त गरेका छन् ।   २५ किलोमिटरको दौडको पुरुषतर्फ निरज भट्ट क्षेत्री, अशोक बराम र तेन्जोन रोका मगर क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । महिलातर्फ भने गनना भण्डरी, नितु तामाङ र कानुका सिल्भिय क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । ७ किलोमिटरको दौडको पुरुषतर्फ श्याम मग्रती, दिवाकर बुढा मगर र विक्रम खड्का क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । महिलातर्फ भने हुमी बुढा मगर, सुस्मिता राना र ममता नेपाले क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । विजेताले नगद र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा धावक हरि रोकायालाई ५० हजार नगदसहित सम्मान गरिएको थियो । यसअघि धावक मिरा राईलाई सम्मान गरिएको थियो ।   यसअघि पञ्चासे अल्ट्रा रेस सिरिजले रानीवन रेस, काहुँडाँडा रेस, प्याडी रेस, चेसिङ रेस प्रतियोगिता आयोजना गरेको संस्थापक राजीव श्रेष्ठले बताए । श्रेष्ठले अल्ट्रा रेस खेल प्रतियोगितामात्र नभएर खेल पर्यटनलाई बढावा दिन आयोजना गरिएको प्रष्ट पारे ।