महिला टी–२० शृङ्खला खेल्न नेपाली टोली हङ्कङ प्रस्थान

काठमाडाैं | कात्तिक २६, २०८०

महिला टी–२० शृङ्खला खेल्न नेपाली टोली हङ्कङ प्रस्थान

काठमाडौं:    हङ्कङमा आयोजना हुने चार देश सम्मिलित महिला टि ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।


यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने उक्त शृङ्खलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा आयोजक हङ्कङसहित नेपाल, ताञ्जेनिया र जापान छन् । शृङ्खलाको पहिलो खेलमा नेपालले यही कात्तिक २९ गते भाइटिकाको दिन ताञ्जेनियासँग खेल्नेछ ।


त्यसैगरी नेपालले कात्तिक ३० मा आयोजक हङ्कङसँग खेल्नेछ भने आगामी मङ्सिर २ गते जापानसँग खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि मङ्सिर ३ गते खेल्नेछन् । त्यस्तै तेस्रो स्थानको भिडन्त पनि सोही दिन हुनेछ । उक्त शृङ्खलाका सबै खेल हङ्कङ क्रिकेट क्लबको मैदानमा हुनेछ । 


नेपाली टोलीमा कप्तान इन्दु वर्मासहित उपकप्तान विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, खुशी डङ्गोल, सोमु विष्ट, सङ्गीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पुजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुवि पोदार छन् । 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्