पोखरा ।      पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ ।   रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...

पोखरा:   पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि  नेपाल एपिएफ क्लब र न्यूडायमण्ड स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।  पोखरा रंगशालाको भलिबल कोर्टमा भएको दोस्रो सेमिफाइनल खेलमा न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिका लागि एपिएफ क्लबसँगको भेट पक्का गरेको हो ।  न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई २५–१९, २५–१८ र २५–१८ ले पराजित गरेको हो । चौथो टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधिका लागि नेपाल एपिएफ क्लब र न्यू डायमण्डले माघ ६ गते प्रतिस्पर्धा गर्नेछन् ।  महिलातर्फको पहिलो सेमिफाइनलमा खेलमा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरि सकेको छ ।   पहिलो र दोस्रो सेट गुमाएको एपिएफले उत्कृष्ट पूनरागमन गर्दै तीन सेट आफ्नो पक्षमा पार्दै टाइगर कपको उपाधिमा ह्याट्रिक नजिक पुगेको हो । एपिएफले आर्मीलाई १९–२५, २०–२५, १५–१२, २५–१६ ले जित्दै पाँचौ सेटमा १५–१३ ले सेट आफ्नो पक्षमा पार्न सफल भयो ।  पाँचौ सेटमा सुरुवाती अङ्कमा २–७ अङ्कले पछि रहेको एपिएफले उत्कृष्ट पूनरागमन गर्दै खेललाई १२–१२ बराबरी बनाउँदै १४–१२ ले अगाडि बढेको थियो । समूह ‘ए’बाट समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको एपिएफ टाइगर कप भलिबलको तेस्रो पटक फाइनल प्रवेश गरेको हो ।   यस्तै आज पुरुषतर्फ समूह ‘ए’ मा रहेका घरेलु टोलि गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ हेल्प नेपाल स्पोर्टस् क्लब ४ अङ्कका साथ सेमिफाइनल पुगेको छ । आजको खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्न सके मात्र सेमिफाइनल प्रवेश गर्नेछ ।  यस्तै समूह ‘बी’बाट नेपाल एपिएफ क्लब र श्रीलंकाको आर्मी सेमिफाइनल प्रवेश गरेको छ ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुईरदुई समूहमा तीन÷तीन टिम रहेका छन् ।  प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।   उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

पोखरा:   पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ नेपाल एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।   पहिलो सेमिफाइनलमा खेलमा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  पहिलो र दोस्रो सेट गुमाएको एपिएफले उत्कृष्ट पूनरागमन गर्दै तीन सेट आफ्नो पक्षमा पार्दै टाइगर कपको उपाधिमा ह्याट्रिक नजिक पुगेको हो । एपिएफले आर्मीलाई १९–२५, २०–२५, १५–१२, २५–१६ ले जित्दै पाँचौ सेटमा १५–१३ ले सेट आफ्नो पक्षमा पार्न सफल भयो ।  पाँचौ सेटमा सुरुवाती अङ्कमा २–७ अङ्कले पछि रहेको एपिएफले उत्कृष्ट पूनरागमन गर्दै खेललाई १२–१२ बराबरी बनाउँदै १४–१२ ले अगाडि बढेको थियो । समूह ‘ए’बाट समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको एपिएफ टाइगर कप भलिबलको तेस्रो पटक फाइनल प्रवेश गरेको हो ।     यस्तै अहिले दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यू डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।  यस्तै आज पुरुषतर्फ समूह ‘ए’ मा रहेका घरेलु टोलि गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ हेल्प नेपाल स्पोर्टस् क्लब ४ अङ्कका साथ सेमिफाइनल पुगेको छ । आजको खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्न सके मात्र सेमिफाइनल प्रवेश गर्नेछ ।  यस्तै समूह ‘बी’बाट नेपाल एपिएफ क्लब र श्रीलंकाको आर्मी सेमिफाइनल प्रवेश गरेको छ ।  को लिगचरणको अन्तिम खेल टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् ।  प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।   उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

पोखरा:   पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा लिगचरणको आफ्नो अन्तिम खेलमा घरेलु टोलि गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबसँग आज प्रतिस्पर्धा गर्दै छ ।    माघ १ लाइट प्रोस्टेटको कारण स्थगित भएको गण्डकी र आर्मीको खेल आज महिलातर्फको दुई सेमिफाइनल खेलपछि हुने टाइगर ग्रुप अफ पोखराले जनाएको छ । उक्त खेलमा गण्डकी २–१ सेटले अगाडि थियो । यस्तै पोखरा रंशशालाको भलिबल कोर्टमा हुने महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लबबीच बिहान ८ः३० बजे प्रतिस्पर्धा हुनेछ । गत संस्करणमा एपिएफले आर्मीलाई फाइनलमा ३–१ सेटले पराजित गर्दै उपाधि चुमेको थियो । यस्तै दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् ।  प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

पोखरा:   पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा लिगचरणको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशसँग पराजित भएको हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको प्रतिस्पर्धात्मक खेलमा गण्डकीसँग हेल्प नेपाल ३–२ को सेटमा पराजित भएको हो । तीन÷तीन जना विदेशी खेलाडी लिएर दुवै टोलि भलिबल कोर्ट उत्रिएका थिए ।  हेल्प नेपाललाई २५–२२, १५–२५, २५–१७, २२–२५ र १५–१२ ले पराजित गरेको हो । गण्डकीले यस खेलमा २ अङ्क जोड्दा हेल्प नेपालले १ अङ्क खोज्न सफल भयो । हेल्प नेपालले लिगचरणको आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । समूह ‘ए’ मा रहेको हेल्प नेपालको ४, गण्डकीको २ अङ्क छ भने, त्रिभुवन आर्मी क्लबले अङ्क जोड्न सकेको छैन् । गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो ।  यस्तै पोखरा रंगशालाको भलिबल कोर्टमा भएको समूह ‘बी’बाट नेपाल एपिएफ क्लब र आमन्त्रित श्रीलंकाको आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबले श्रीलंकाको आर्मीलाई ३–१ को सेटमा पराजित गरे पनि पुलिस समूह चरणबाट नै बाहिरिएको छ ।  यस्तै महिलातर्फ भने सेमिफाइनलको समिकरण पूरा भएको छ । महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लब र दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् ।  प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

पोखरा:   पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा लिगचरणको आफ्नो अन्तिम खेलमा श्रीलंकाको आर्मीलाई ३–१ सेटमा पराजित गरेको नेपाल पुलिस क्लब समूहचरणबाट नै बाहिरिएको छ ।  लिगचरणको खेलमा नेपाल एपिएफ क्लबसँग सोझो सेटमा पराजित भएको नेपाल पुलिस क्लब समूहचरणबाट नै बाहिरिएको हो । नेपाल एपिएफ क्लब र श्रीलंकाको आर्मी क्लब भन्दा सेटमा पछाडि परेपछि समूहचरणबाट नै बाहिरिएको हो  । समूह ‘बी’बाट नेपाल एपिएफ क्लब र श्रीलंकाको आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । यस समूहमा नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र श्रीलंकाको आर्मीको समान ३÷३ अङ्क रहेको थियो ।  आज पोखरा रंगशालाको भलिबल कोर्टमा भएको लिगचरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले श्रीलंकाको आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट ४१–३९ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट भने १३–२५ ले गुमाएको थियो ।  दोस्रो सेट गुमाएको पुलिसले तेस्रो सेट भने २०२५ ले जितेको थियो । यस्तै चौथो सेट पुलिसले २५–१७ ले श्रीलंका आर्मीलाई पराजित गरेको हो । समूह ‘बी’मा रहेको नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र श्रीलंका आर्मीको क्रमशः ३÷३ अङ्क रहेको छ ।  यस्तै आज पुरुषतर्फको दोस्रो खेल समूह ‘ए’मा रहेको घरेलु टोलि गण्डकी प्रदेशले काठमाडौंको हेल्प नेपाल स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा रहेको गण्डकी  र आर्मीको लिगचरणको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो ।  यस्तै महिलातर्फ भने सेमिफाइनलको समिकरण पूरा भएको छ । महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लब र दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् ।  प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

पोखरा:   पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा लिगचरणको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबले श्रीलंकाको आर्मीलाई ३–१ को सेटमा पराजित गरेको छ ।  पोखरा रंगशालाको भलिबल कोर्टमा भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट ४१–३९ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट भने १३–२५ ले गुमाएको थियो ।  दोस्रो सेट गुमाएको पुलिसले तेस्रो सेट भने २०२५ ले जितेको थियो । यस्तै चौथो सेट पुलिसले २५–१७ ले श्रीलंका आर्मीलाई पराजित गरेको हो । समूह ‘बी’मा रहेको नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र श्रीलंका आर्मीको क्रमशः ३÷३ अङ्क रहेको छ ।  यस्तै आज पुरुषतर्फको दोस्रो खेल समूह ‘ए’मा रहेको घरेलु टोलि गण्डकी प्रदेशले काठमाडौंको हेल्प नेपाल स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा रहेको गण्डकी  र आर्मीको लिगचरणको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो ।  यस्तै महिलातर्फ भने सेमिफाइनलको समिकरण पूरा भएको छ । महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लब र दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् ।  प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

पोखरा:  पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ ।  पोखरा रंगशालाको भलिबल कोर्टमा भएको लिगचरणको अन्तिम खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्डले भारतको हरियाणा टिमलाई पराजित गरेपछि सेमिफाइनलको समिकरण पूरा भएको हो । डायमण्डको जितले त्रिभुवन आर्मी क्लब समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।  न्यु डायमण्डले हरियाणा टिम भारतलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । डायमण्डले हरियाणालाई २५–१७, २५–१८ र २५–१६ ले पराजित गर्दै समूह ‘बी’को समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समूह ‘बी’मा रहेको डायमण्ड समूह विजेता र आर्मी समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्दा आमन्त्रित टिम भारतको हरियाणा समूह चरणबाट बाहिरिएको छ ।  यस्तै समूह ‘ए’बाट नेपाल एपिएफ क्लब समूह विजेता र नेपाल पुलिस क्लब समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा घरेलु टोलि गण्डकी प्रदेश समूह चरणबाटैै बाहिरिएको छ ।  यस्तै  पुरुषतर्फको समूह ‘बी’ मा रहेको नेपाल पुलिस क्लब र श्रीलंका आर्मीबीच खेल भइरहेको छ । एपिएफ क्लबसँग सोझो सेटमा पराजित भएको पुलिसले श्रीलंका आर्मीलाई सोझो सेटमा हराउनै पर्ने दवावमा रहेको छ ।  यस समूहमा रहेका श्रीलंका आर्मी र नेपाल एपिएफ क्लबको ३÷३ अङ्क रहेको छ भने नेपाल पुलिस क्लबले खाता खोल्न सकेको छैन् ।  यस्तै पुरुषतर्फको आजको अन्तिम खेलमा घरेलु टोलि गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लबबीच दिउँसो २ः३० बजे खेल हुनेछ । हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई मंगलबार भएको खेलमा ३–१ को सेटमा पराजित गरेको थियो । भने, गण्डकी र आर्मीबीचको लिगचरणको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो ।  महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लब र दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् ।  प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।  

पोखरा:  पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ समूह ‘ए’बाट विभागीय टोलि नेपाल एपिएफ र नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ ।  पोखरा रंगशालाको भलिबल कोर्टमा भएको लिगचरणको आफ्नो अन्तिम खेलमा नेपाल एपिएफ क्लबले घरेलु टोलि गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनमा स्थान पक्का गरेको हो ।  नेपाल एपिएफ क्लबले तीन जना भारतीय खेलाडीसहित मैदान उत्रेको गण्डकी प्रदेशलाई २५–१६, २५–९ र २५–१७ ले सोझो सेटमा पराजित गरेको हो । नेपाल एपिएफ र पुलिसँग पराजित भएको गण्डकी अङ्कबिहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एपिएफले दुई खेलमा ५ र पुलिसले ३ अङ्क जोड्न सफल भयो ।    यस्तै समूह ‘बी’बाट न्यु डायमण्ड स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । अहिले न्यु डायमण्ड स्पोर्टस् क्लब र आमन्त्रित हरियाणा टिम भारतसँग प्रतिस्पर्धा भइरहेको छ । यस खेलमा भारतको हरियाणा टिमले डायमण्डलाई सोझो सेटमा पराजित गरे मात्र सेमिफाइनलमा स्थान बनाउने छ ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६/६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला/पुरुषतर्फ नै दुई/दुई समूहमा तीन/तीन टिम रहेका छन् ।  प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।