टाइगर कप: ह्याट्रिक गर्ने दाउमा एपिएफ
पाेखरा | माघ ४, २०८०
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ नेपाल एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।
पहिलो सेमिफाइनलमा खेलमा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
पहिलो र दोस्रो सेट गुमाएको एपिएफले उत्कृष्ट पूनरागमन गर्दै तीन सेट आफ्नो पक्षमा पार्दै टाइगर कपको उपाधिमा ह्याट्रिक नजिक पुगेको हो । एपिएफले आर्मीलाई १९–२५, २०–२५, १५–१२, २५–१६ ले जित्दै पाँचौ सेटमा १५–१३ ले सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
पाँचौ सेटमा सुरुवाती अङ्कमा २–७ अङ्कले पछि रहेको एपिएफले उत्कृष्ट पूनरागमन गर्दै खेललाई १२–१२ बराबरी बनाउँदै १४–१२ ले अगाडि बढेको थियो । समूह ‘ए’बाट समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको एपिएफ टाइगर कप भलिबलको तेस्रो पटक फाइनल प्रवेश गरेको हो ।

यस्तै अहिले दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यू डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।
यस्तै आज पुरुषतर्फ समूह ‘ए’ मा रहेका घरेलु टोलि गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ हेल्प नेपाल स्पोर्टस् क्लब ४ अङ्कका साथ सेमिफाइनल पुगेको छ । आजको खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्न सके मात्र सेमिफाइनल प्रवेश गर्नेछ ।
यस्तै समूह ‘बी’बाट नेपाल एपिएफ क्लब र श्रीलंकाको आर्मी सेमिफाइनल प्रवेश गरेको छ ।
को लिगचरणको अन्तिम खेल टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

