पोखरा: १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार अपाङ्गता तर्फका दौडहरु सम्पन्न भएका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता अन्तर्गत सम्पन्न ह्विल चेयर पुरुषतर्फको १८०० मिटर दौडमा सुरेश कुमार गौली पहिलो भएका छन् । उनले उक्त दौड पुरा गर्न ७ मिनेट ४१.३ सेकेण्डमा दुरी पार गरे । यस्तै दोश्रो भएका भरत अधिकारीले ७ मिनट ५७.३ सेकेण्डमा दौड पुरा गर्दा तेश्रो स्थान प्राप्त गरेका ध्रुव परियारले ८ मिनेट २४.५ सेकेण्डमा पार गरे । यस्तै महिलातर्फको ह्विल चेयर दौड काठमाण्डौकी ऐश्वर्य कुमारी कुमालले जितेकी छन् । उनले १००० मिटरको दौड ४ मिनेट ९।८ सकेण्डमा पार गरिन् । यसै गरी महिलातर्फ काठमाण्डौकी पेमा छोक्पा गुरुङ ४ मिनेट ५२.१ मिनेटमा दौड पुरा गरी दोश्रो भइन् भने पोखराकी अञ्जु बराल तेश्रो भइन् । उनले उक्त दुरी ६ मिनेट ४४.५ सेकेण्डमा पार गरिन् । पुरुष १०० मिटर दृष्टिबिहिन दौडमा आशिक खडगी १३.४ सेकेण्डको समय लिदैं प्रथम भएका छन् भने दोश्रो भएका विरेन्द्र लामिछानेले १३.४ सेकेण्डमा दुरी पार गरे । त्यस्तै टुल्का डाँगी तेश्रो भए भने प्रमोल दाहाल र सुशिल गोदारले चौथो र पाँचौ हुँदै सान्त्वना स्थान प्राप्त गरे । महिला १०० मिटर दृष्टिविहिन दौडमा बिनिता पुन पहिलो भएकी छन् । उनले उक्त दुरी १२.२ सेकेण्डमा पार गरिन, दोश्रो भएकी सिर्जना परियारले १३.८ सेकेण्डमा दौड पुरा गरिन । त्यस्तै १५.२ सेकेण्डमा दुरी पार गरेकी मायाँ गौतम तेश्रो भइन् भने प्रतियोगितामा पुर्णिमा गुरुङ चौथो र मोनिका थापाले पाँचौ स्थान हासिल गरे । बिजेता ह्विल चेयर र दृष्टिविहिन महिला तथा पुरुषतर्फ पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीले क्रमश जनही नगद रु १० हजार, ७ हजार र ५ हजार प्राप्त गरे भने दृष्टिविहिन पहिलो, दोश्रो तथा तेश्रो र सान्त्वना भएका दृष्टिविहिन महिलारपुरुष खेलाडीहरुलाई सेतो छडी सिविआरएसको सहयोगमा प्रदान गरिएको थियो । ह्विल चेयरतर्फ पहिलोल दोश्रो र तेश्रो भएका महिला र पुरुष खेलाडीहरुलाई रोटरी क्लव ३२९२ को तर्फबाट एक–एक थान ह्विलचेयर प्रदान गरिएको छ । प्रतियोगितामा बिजेता खेलाडीहरुलाई पश्चिम पृतनाका पृतनापति उपरथी सन्तोष बल्लभ पौडेल, प्रतियोगिताका पा्रयोजक दुर्गा गुरुङ ९यूके०, मेजर लक्ष्मी प्रसाद गुरुङ, पूर्व राष्ट्रिय फुटबल खेलाडी स्वर्गिय गंगा गुरुङका छोरा मनोज गुरुङ, रोटरी क्लवका एजी पुरन कुंवर, डायमण्ड वुद्धिस्ट यूकेका अध्यक्ष योगेश गुरुङ, सिबीआरएसका कार्यालय ब्यवस्थापक कृष्ण लामिछाने, मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटलगायतले मेडल, नगद, प्रमाणपत्र तथा सेतो छडी प्रदान गरेका थिए । कार्यक्रम मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पोखरा: बगर भाइ खेलकको आयोजना जारी भेट्रान फुटबल प्रतियोगितामा जोरपाटी भेट्रान काठमाडौं र संगम भेट्रान पोखराले उपाधि चुमेका छन् । पोखरा टुडिखेल खेल मैदानमा जारी तेह्रौं बगर भाइखलक तथा तेस्रो हिमालय ब्रुअरी एट ए साइड भेट्रान फुटबल प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहमा जोरपाटी र ५० वर्ष उमेर समुहमा संगम क्लब च्याम्पियन बनेको हो । शनिबार सम्पन्न ५० वर्षमाथिको फाइनल खेलमा आयोजक बगर भाइखलकमाथि २–१ को जित निकाल्दै संगमले उपाधि चुमेको हो । उपाधिसँगै संगमले नगद एक लाख रुपैयाँ प्राप्त ग¥यो भने, बगरले ५० हजार रुपैयाँ प्राप्त ग¥यो । यस्तै अत्यन्तै रोमाञ्चक बनेको ४० वर्षमाथि समूहको फाइनल खेलमा जोरपाटीले नागस्वेती भेट्रान हेटौंडालाई सडन डेथमा ८–७ ले हराउँदै च्याम्पियन बनेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २–२ को बराबरी भएपछि सडनडेथमा ८–७ को जित निकालेको हो । सडनडेथसम्म पुग्दा कुल १०–१० पेनाल्टी प्रहार गरेका थिए । उपाधिसँगै जोरपाटीले दुई लाख रुपैयाँ हात पार्दा नागस्वेतीले एक लाख रुपैयाँ प्राप्त ग¥यो । नागस्वेतीका कृष्ण शाक्य प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफीसँगै नगद १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक जोरपाटीका छिरिङ लामा घोषित भए । उनी प्रतियोगिताको म्यान अफ दी म्याच समेत घोषित भए । टोलीलाई उपाधि चुमाउन फाइनलमा उनको खेल निकै प्रसशां योग्य थियो । उत्कृष्ट मिडफिल्डर जोरपाटीकै रन्जित लामा घोषित भए । प्रशिक्षकतर्फको समेत जोरपाटीकै पोल्टामा रह्यो । बुद्ध लामा उत्कृष्ट प्रशिक्षण घोषित भए । उत्कृष्ट फरवार्ड नागस्वेतीका निमा लामा घोषित भए । डिफेन्डरमा नागस्वेतीका सन्तोष बस्नेत उत्कृष्ट घोषित भए । विधागततर्फका सबै विजेताले ट्रफीसँगै नगद पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गरे ।
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक खेल बाँकी रहँदै क्यानडाविरुद्ध ओडीआई सिरिजको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा नेपालले ४ विकेटको जित दर्ता गरेको हो । क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४६ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालले ओडीआईमा दोस्रो पटक २ सय ८६ रनको लक्ष्य पछ्याएको हो । यसअघि २०२३ मा नामिबियाविरुद्ध पनि समान लक्ष्य पछ्याएको थियो । क्यानडाविरुद्ध लगातार दोस्रो जितसँगै नेपालले तीन खेलको सिरिज २–० ले सिरिज जितेको हो । पहिलो खेलमा विहीबार नेपाल ७ रनले विजयी भएको थियो । अब अन्तिम खेल सोमबार हुनेछ । नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे । क्यानडाका लागि इश्वरजोत सोहीले २ तथा हर्ष ठाकर, साद बिन जफर र दिलप्रित बज्वाले १(१ विकेट हात पारे । त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन जोड्यो । नेपालका लागि रोहित पौडेल र कुशल मल्लले २/२ विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफको नाममा १(१ विकेट रह्यो ।
काठमाडौं: क्यानडाले ओडीआई सिरिजको दोस्रो खेलमा नेपालसामु २ सय ८६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन जोड्यो । ओपनर आरोन जोन्सन र नवनित धलिवालले क्यानडाका लागि राम्रो सुरुवात दिलाउँदै सर्वाधिक योगदान पनि दिएका थिए । जोन्सनले ६५ रन जोड्दा नवनित ओडीआईको पहिलो अर्धशतकबाट २ रनले चुके । कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले राम्रो सुरुवात गरेपनि नेपालले मध्यक्रममा लगातार विकेट लिँदै खेलमा फर्केको थियो । ओपनर आरोन जोन्सनले अर्धशतक बनाउँदा अर्का ओपनर नवनित धलिवल भने ४६ रनमा आउट भए । पहिलो विकेटका लागि यी दुईले ९४ रन जोडेका थिए । १९ औं ओभरमा आकाश चन्दले धलिवललाई कट बिहाइन्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि २३ औं ओभरमा जोन्सन रनआउट भए । ६२ बलमा १० चौका र २ छक्कासहित ६५ रनमा खेल्दा उनी सिंगल चोर्ने प्रयासमा भीम सार्कीको थ्रोमा रनआउट भएका थिए । त्यसपछि तेस्रो विकेटका लागि पर्गत सिंह र निकोलस किर्तनले ५३ रनको साझेदारी गरे । कप्तान रोहितले दुवैलाई आउट गर्दै नेपाललाई खेलमा फर्काए । पर्गत ३८ बलमा ३८ रन जोड्दै सोमपालको हातबाट समातिए । त्यस्तै किर्तन २० रनमा स्टम्पिङ आउट भए । ३५ औं ओभरमा सूर्यले हर्ष ठाकरलाई ३ रनमा कट बिहाइन्ड गराए । सूर्यको ओडीआई करिअरमा यो पहिलो विकेट समेत हो । उनले विहीबार भएको पहिलो खेलमा डेब्यु गरेका थिए । ३९ औं ओभरमा कुशल मल्लले दिलप्रित बज्वालाई बोल्ड गर्दै क्यानडालाई २१२-६ को स्थितिमा पुर्याए । दिलप्रितले २ चौका र १ छक्कासहित १९ रन जोडे । ४१ औं ओभरमा कप्तान साद बिन जफर कुशलकै बलमा क्याच आउट भए । पवन सर्राफले ४५ औं ओभरमा शाहिद अहमदजाइलाई १३ रनमा बोल्ड गरे । नवौं विकेटका लागि श्रेयस मोभा र उदय भगवानले रनको ४६ रनको साझेदारी गरे । मोभाले अन्तिम बलमा क्याच आउट हुनुअघि ४० रन बनाए । भगवान २० रनमा नटआउट रहे । नेपालका लागि रोहित पौडेल र कुशल मल्लले २÷२ विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफको नाममा १÷१ विकेट रह्यो । नेपालले पछिल्लो खेलबाट आज टोलीमा ३ परिवर्तन गरेको छ । आकाश चन्दले डेब्यु पाउँदा अनिल शाह र देव खनाल टोलीमा छन् । क्यानडाले एक परिवर्तन गर्ने क्रममा डिलोन हेलिगरको स्थानमा दिलप्रित बज्वा टोलीमा आएका छन् ।
काठमाडौं: नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । मलेसियाको सलान्गर ट्रफ मैदानमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको हो । जितका लागि हङकङले प्रस्तुत गरेको ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४० रन बनाईन् । उनले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा उक्त रन बनाएकी हुन् । यस्तै सीता रानामगरले अविजित ३६ र ओपनर कविता कुँवरले चार रन बनाईन् । बलिङमा हङकङ इक्रा सहर र चान बेट्टीले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएकको हङकङले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ९३ रन बनाएको थियो । हङकङका लागि कप्तान चान का यिङ केरीले सर्वाधिक २१ रन, मार्यम बिबीले १९, यम्सिन दास्वनीले १५ र ओपनर नातशा मिलेसले ११ रन बनाईन् । बलिङमा नेपालका पूजा महतो र रुविना क्षेत्रीले दुई दुई विकेट लिईन् । कविता जोशी र सिता रानामगरले एक एक विकेट लिए । नेपालले दोस्रो खेल आइतबार भुटानसँग खेल्नेछ ।
पोखरा: पोखराको टुडिखेल खेलमैदानमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक ६० वर्ष माथि आयोजक बगर च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न ६० वर्षमाथि उमेर समूहको फाइनल खेलमा युके मास्टर (उत्तरखण्ड) भारतको टोलीलाई २–० गोलअन्तरले हराउँदै आयोजक बगर भाइखलक च्याम्पियन बनेको हो । बगरको जितमा ७० वर्षिय पुर्व राष्ट्रिय खेलाडी आनन्द रञ्जित र ६२ वर्षिय युद्ध गुरुङले गोल गरे । उपाधिसँगै बगरले नगद ५० हजार रुपैयाँ प्राप्त ग¥यो । भारतको टिमले ३० हजार रुपैयाँ प्राप्त ग¥यो । खेलको म्यान अफ दी म्याच भारती टिमका ७३ वर्षिय खेलाडी तथा क्याप्टेन लोकमणि भट्ट घोषित भए । ६० वर्षमाथिको खेलमा चार टिमको सहभागिता रहेको थियो । बगर भाइखलकले यस अघिका संस्करणमा ४० वर्षमाथि उमेर समुहको मात्र प्रतियोगिता गराएपनि हाल तीन विधामा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ४० वर्षमाथि उमेर समूह, ५० वर्षमाथि उमेर समूह र ६० वर्ष माथि उमेर समूहको प्रतिस्पर्धा गराएको हो । भोलि सनिबार ४० र ५० वर्षमाथि उमेर समूहको फाइनल खेल हुँदैछ । ५० वर्षमाथि आयोजक बगर भाइ खलक र संगम भेट्रान उपाधिका लागि भिड्ने छन् भने, ४० वर्षमाथि नागस्वेती भेट्रान हेटौंडा र जोरपाटी भेट्रान काठमाडौं भिड्नेछन् । प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । ५० वर्षमाथि उमेर समूहको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हिमालयन ब्रुअरी प्रा.लिको मुख्या प्रायोजन रहेको प्रतियोगिताको सह–प्रायोजकको रुपमा बगर भाइ खलक युके र ग्रीन डेभलपमेन्ट बैंक रहेको छ । माघ २१ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पोखरासहित भारतको देहरादु, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले २०६८ सालदेखि निरन्त भेट्रान फुटबल संचालन गर्दै आइरहेको छ ।
पोखरा: पोखरामा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबले सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी फागुन १ गतेदेखि खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । क्लबका अध्यक्ष असिम थापाले फुटबलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्दै आएको बताए । ‘पोखरामा निरन्तर हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको लिस्टमा हाम्रो प्रतियोगिता पनि पर्छ । त्यसैले हामी १७ औं संस्करणसम्म निरन्तर आइपुगेका छौ, अध्यक्ष थापाले भने, ‘यस प्रतियोगिताले फुटलबको विकासमा थप सघाउ पुग्ने विश्वास लिएका छौं ।’ अध्यक्ष थापाले फागुन १ गतेदेखि प्रतियोगिता सुरु गर्ने बताउदै टिमको सहभागिताको आधारमा समापनको मिति तय गरिने जानकारी दिए । ‘हाम्रो प्रतियोगिता पोखराको चर्चित र लोकप्रिय प्रतियोगिता हो, अध्यक्ष थापाले भने, ‘त्यसैले यसमा सहभागि हुन धेरै टिमहरु इच्छुक हुनुहुन्छ । उहाँहरुको सहभागिताकै आधारमा समापन मिति पनि तय हुनेछ ।’ यस्तै सो प्रतियोगिताको विजेतालाई नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव रेशम सापकोटाले जानकारी दिए । उनका अनुसार उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । उनले प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफिसहित नगद रु १० हजारले पुरस्कृत गरिने बताए । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८÷८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ । टिम सहभागिताका लागि नगद रु ९ हजार निर्धारण गरिएको सो प्रतियोगितामा करिब ५० टिमको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । यसअघिको संस्करणको उपाधि पोखरेली क्लब गन्नी एफसीले जितेको थियो ।
पोखरा: पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा ४० वर्षमाथि र ६० वर्षमाथिको फाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा बिहिबार सात खेल सम्पन्नसँगै फाइनल समिकरण पुरा भएको हो । पोखरा १ टुडिखेल खेलमैदानमा ४० वर्ष माथि उमेर समूहको पहिलो सेमीफाइनल खेलमा जोरपाटी भेट्रान काठमाडौंले टाइव्रेकरमा ५–४ ले हराउँदै फाइनल प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । दोस्रो खेलमा नागस्वेती भेट्रान हेटौडाले ठमेल भेट्रान काठमाडौंलाई १–० ले हराउँदै फाइनलमा जोरपाटीको भेट पक्का गरेको हो । यी दुई बिचको फाइनल शनिबार हुनेछ । ६० वर्षमाथि उमेर समूहको सेमीफाइनल खेलमा बगर भाइखलक रातोले युके मास्टर उत्तरखण्ड भारत सेतोलाई ३–१ ले हरायो । बगरको जितमा आनन्द रञ्जीले दुई तथा दिशेन कुमार श्रेष्ठले एक गोल गरे । भारतका लागि विमल पासवानले एक गोल गरे । दोस्रो सेमिफाइनल खेलमा युके मास्टर उत्तरखण्ड भारत पहेँलोले बगर भाइखलक सेतोलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । त्यअघि निर्धारित समयको खेलमा भारतका लागि लक्ष्मण सिंहपातले दुई गोल गरे भने, बगरका लागि शम्भु केसी र विदुर विष्टले एक गोल गरे । भोलि (शुक्रबार) बगर रातोले उपाधिका लागि भारत पहेँलेको सामना गर्नेछ । बिहिबारनै ५० वर्षमाथिको क्वाटरफाइनल खेलमा बानेश्वर फ्रेन्डसिप थापा गाउँले फ्रिडम धोलारटी ललितपुरलाई २–१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । वानेश्वरको जितमा शसी गौतम र प्रविर केसीले गोल गरे भने, धोलारटीका लागि तेज बहादुर मगरले एक गोल गरे । दोस्रो खेलमा बगर भाइखलकले बुटवल भेट्रानलाई ४–० ले हरायो । बगरको जितमा दिपक पुनले दुई तथा धन कुमार गुरुङ र दलबहादुर गुरुङले एक–एक गोल गरे । तेस्रो खेलमा कैलाली भेट्रानले चितवन भेट्रानलाई टाइब्रेकरमा ३–२ ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयको खेलमा कैलालीका लागि डम्बर विक्रम शाह र चितवनका लागि मनोज लामाले गोल गरेका थिए ।
पोखरा: गण्डकी प्रदेश सरकार र नेपाल र्याफि्टङ कनुसंघको सँयुक्त आयोजनामा गण्डकी प्रदेशमा पहिलोपटक राष्ट्रिय र्याफि्टङ तथा कायाकिङ प्रतियोगिता हुने भएको छ । मालढुंगास्थित कालीगण्डकीमा यही माघ २७ देखि फागुन १ गतेसम्म राष्ट्रिय र्याफि्टङ तथा कायाकिङ प्रतियोगिता हुन लागेको हो । पर्वतको जलजला गाउँपालिका १ स्थित कालीगण्डकी नदीमा माघ २७ देखि फागुन १ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुन लागेको नेपाल र्याफि्टङ कनुसंघका टेक्निकल डायरेक्टर नीम मगरले बताए । ‘साहसिक खेलमार्फत पर्यटक भित्राउन हामीले यसपटक कालीगण्डकी नदीमा राष्ट्रिय स्तरको र्याफि्टङ र कायाकिङ प्रतियोगिता आयोजना गर्दै छौं, डायरेक्टर मगरले भने, ‘उक्त प्रतियोगिताको पर्वतको जलजला गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा सञ्चालन गर्दैछौं । उनका अनुसार कायाकिङ प्रतियोगितामा करिव ३०–३५ जना र र्याफि्टङमा ८ टिमको सहभागिता रहनेछ । र्याफि्टङ प्रतियोगिता ४ विधामा सञ्चालन हुनेछ । एक टिममा ५ जना (आर फोर) रहनेछन् । जसमा स्प्रिन्ट (२५०मिटर), हेड टु हेड (३५० मिटर), स्लालम (४५० मिटर) र ड्राउ रिभर रेस १५ किलोमिटर मा प्रतिस्पर्धा हुनेछ । ४ विधामा १ हजार अङ्कका लागि प्रतिस्पर्धा हुनेछ । यस्तै कायाकिङ प्रतियोगिता ३ किलोमिटर क्षेत्रमा स्लालम र कनुकायक विधामा प्रतिस्पर्धा हुनेछ ।

