पोखरा: २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । सहारा क्लब पोखराले माघ ९ देखि २० गतेसम्म आयोजना गर्ने २३ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो । क्लबका महासचिव रामजी प्रसाद अधिकारीले पोखरा रङ्गशालामा यही माघ ९ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल १२ टिमले सहभागिता जनाउने बताए । ‘मोफसलको चर्चित आहा ! रारा पोखरा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ, प्रतियोगितामा ए डिभिजनका क्लबदेखि विदेश क्लबकोसमेत सहभागिता रहनेछ, अधिकारीले भने, ‘१२ टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार पुरस्कार पाउनेछन् ।’ उनले प्रतियोगितामा अतिरिक्त प्रोत्साहान स्वरुप नगद पुरस्कारसमेत दिइने जानकारी दिए । उनका अनुसार प्रि–क्वाटर विजेता र पराजित दुवै टिमलाई जनही २०/२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टिमलाई ३०/३० हजार र सेमिफाइनल विजेता र पराजित दुवै टिमलाई ५०/५० हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै प्रतियोगितामा विधागततर्फ समेत पुरस्कारको व्यवस्था गरिएको महासचिव अधिकारीले बताए । प्रतियोगिताको मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रा.लिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ । प्रतियोगितामा १ करोड ८६ लाख ७५ हजार रुपैयाँ आम्दानी हुँदा १ करोड ४९ लाख ३ हजार रपैयाँ खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा १२ टिम, उद्घाटन खेलमा सहारा क्लब पोखरा र थ्री स्टार भिड्ने २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा १२ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा भारतीय क्लबले अन्तिम समयमा आएर नाम फिर्ता लिएपछि एपिएफ क्लबले सहभागिता जनाउने गुरुङले बताए । उनका अनुसार माघ ९ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा सहारा क्लब पोखरा र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । गत संस्करणमा संकटा क्लबले उपाधि जितेको थियो भने आमन्त्रित विदेशी टिम भुट्निज युथ स्पोर्टस् क्लब, मिनोसोटा अमेरिका उपविजेता बनेको थियो । भाग्यशाली दुई दर्शकले जनही ५ हजार पुरस्कार पाउने प्रतियोगिता अवलोकनका लागि प्रि–क्वाटर र क्वाटरफाइनलको खेलका लागि साधारणतर्फ १ सय र भिआईपीतर्फ २ सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको अध्यक्ष केशवराज बरालले जानकारी दिए । उनका अनुसार सेमिफाइनल खेलका लागि साधारणतर्फ २ सय र भिआईपीतर्फ ४ सय रुपैयाँ र फाइनल खेलका लागि साधारणतर्फ ३ सय र भिआईपीतर्फ ५ सय रुपैयाँ टिकटको मुल्य निर्धारण गरिएको छ । २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप हेर्न आउने विद्यार्थीहरुलाई क्वार्टरफाइनलसम्म निशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष बरालले बताए । ‘आहा! रारा पोखरा गोल्डकपको यस संस्करणमा हामीले विद्यार्थीहरुलाई क्वाटरफाइनलसम्म निशुल्क प्रवेशको व्यवस्था गरेका छौं’, अध्यक्ष बरालले भने, ‘विद्यार्थीहरुलाई निशुल्क प्रवेश पाउन विद्यालयले आयोजकसँग समन्वय गरेर विद्यार्थीहरुलाई अनिवार्य पोशाकमा उपस्थित गराउनुपर्छ ।’ उनका अनुसार प्रतियोगितामा हेर्न आउने २ जना भाग्यशाली दर्शकले जनही ५÷५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
काठमाडौं: आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ । नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकप खेल्न लागेको हो । गएको फागुनमा १९ वर्षमुनिको एसिया डिभिजन–१ को उपाधि जित्दै नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालको समूह ुडीु मा तीन टेस्ट टोली न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । नेपालले १९ वर्षमुनिको विश्वकप आठौँ पटक खेल्न लागेको हो । यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा खेलेको थियो । नेपालले न्युजिल्यान्डसँग सन् २०१६ मा र २००६ मा गरी दुई पटक खेलेकोमा पछिल्लो खेलमा ३२ रन र पहिलो खेलमा एक विकेटले हराएको थियो । नेपालले १९ वर्षमुनिको विश्वकपअघि चार अभ्यास खेल खेलेको छ । जसमा नेपालले स्कटल्यान्ड र नामिबियालाई हरायो भने वेस्ट इन्डिजसँगको खेल वर्षाको कारण रद्द भएको थियो । प्रतियोगितामा आजै श्रीलङ्का र जिम्बावे पनि खेल्दैछन् । हिजो भएका खेलमा भारतले बङ्गलादेशलाई ८४ रनले हरायो । यस्तै, इङ्ग्ल्यान्डले स्कटल्यान्डलाई सात विकेटले र पाकिस्तानले अफगानिस्तानलाई एक सय ८१ रनले हराएको छ ।
पोखरा: पोखरामा सम्पन्न भएको चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ निरुता ठगुन्ना र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबका पाकिस्तानी फरकउद्दिन सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सर्वोत्कृष्ट भएका दुवै खेलाडीले समान २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी प्राप्त गरे । टाइगर ग्रुप अफ पोखरा नेपालले सञ्चालन गरेको चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ निरुता ठगुन्ना र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबका पाकिस्तानी फरकउद्दिन सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । यस्तै विधागत महिलातर्फ विगागीय क्लबको दवदवा रह्यो । एएिफकी निरुता ठगुन्ना सर्वोत्कृष्ट,एपिएफकी सरस्वती चौधरी स्पाइकर, न्यु डायमण्डकी बाल्मिका आचार्य सर्भर, एपिएफकी जस्ना महतो सेटर, त्रिभुवन आर्मी क्लबकी सुनिता खड्का ब्लकर, न्यु डायमण्डकी सलिना श्रेष्ठ लिब्रो र एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले करिव १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे । यस्तै पुरुषतर्फ हेल्प नेपालका फरकउद्दिन सर्वोत्कृष्ट, हेल्प नेपालका मजहर अली स्पाइकर, गण्डकीका हिमाल सुनारी सर्भर, हेल्प नेपालका मोहम्मद सेटर, गण्डकीका रामश्वामी अगामुटो ब्लकर, हेल्प नेपालका दीपक थापा लिब्रो र हेल्प नेपालका उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले करिव १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १ देखि ६ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा महिला÷पुरुषतर्फ ६/६ टिमको सहभागिता रहेको थियो । पुरुषपतर्फ हेल्प नेपाल काठमाडौं र महिलातर्फ नेपाल एपिएफ क्लबले उपाधि जितेका छन् ।
पोखरा: पोखरामा सम्पन्न भएको चौथो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौंले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको फाइनल खेलमा हेल्प नेपालले घरेलु टोली गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । हेल्प नेपालले गण्डकी प्रदेशलाई २५–१३, २५–१८, २४–२६ र २५–१७ ले पराजित गरेको हो । हेल्प नेपाललाई लिगचरणको खेलमा गण्डकी प्रदेशले ३–२ को सेटमा पराजित गरेको थियो । यस्तै महिलातर्फ नेपाल एपिएफ क्लबले उपाधिमा हयाट्रिक गरेको छ । एपिएफ क्लबले न्यू डायमण्ड स्पोर्टस् क्लबलाई ३–१ सेटमा पराजित गर्दै उपाधिमा ह्याट्रिक गरेको हो । एपिएफ क्लब प्रतियोगिताभर अपराजित हुँदै उपाधि जितेको हो । नेपाल एपिएफ क्लब पहिलो संस्करणको उपविजेता, दोस्रो र तेस्रो संस्करणको उपाधि विजेता टिम हो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको थियो । खेल लिककम नकआउटको आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौंथो टाइगर कप भलिबल प्रतियोगिताको महिला तर्फ विभागीय टीम सशस्त्र प्रहरीको एपिएफ क्लबले ह्याट्रिक गरेको छ । अघिल्ला दुुई संस्करण जितेको एपिएफले शनिबार भएको फाइनलमा न्यू डायमण्ड क्लबलाई ३–० को सोझो सेटमा हराएर एपिएफले उपाधि रक्षा गरेको हो । एपिएफ प्रतियोगिताभर अपराजित रह्यो । एपिएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२१ ले हराएको हो । उपाधीसँगै एपिएफले ५ लाख ५५ हजार ५ सय ५५ पुरस्कार जितेको छ भने दोस्रो भएको न्यू डायमण्डले २ लाख ५५ हजार ५ सय ५५ प्राप्त गरेको छ । महिला तर्फ पुलिसलाई हराएर आर्मी तेस्रो भएको आर्मीले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौथो टाइगरकप भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाल एपिएफ क्लब तेस्रो भएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा तेस्रो स्थानको लागि भएको खेलमा नेपाल एपिएफ क्लबले आमन्त्रित श्रीलंङ्कन आर्मी टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको हो । एपिएफ क्लबले श्रीलंङ्कन आर्मी क्लबलाई २५–२३, २५–२१ र २७–२५ ले पराजित गरेको हो । यस्तै महिलातर्फ अहिले नेपाल एपिएफ क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लबबीच फाइनल खेल सञ्चालन हुन लागेको छ । उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यसहित एपिएफले उपाधि रक्षा गर्ने लक्ष्य लिएको छ । एपिएफले पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । नेपाल एपिएफ क्लब पहिलो संस्करणको उपविजेता, दोस्रो र तेस्रो संस्करणको उपाधि विजेता टिम हो । डायमण्डले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । जारी प्रतियोगितामा एपिएफ र डायमण्ड अपराजित रहँदै फाइनल प्रवेश गरेका हुन् । यस्तै पुरुषतर्फ गत संस्करणको उपाधि विजेता घरेलु टोली गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीमा तीन÷तीन जना विदेशी खेलाडी रहेका छन् । शुक्रबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा उपाधि दावेदार हेल्प नेपालले आमन्त्रित श्रीलंकाको आर्मी टिमलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । हेल्प दोस्रो संस्करणको टाइगर कपमा फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित हुँदै उपविजेता भएको थियो । यस्तै शुक्रबार नै सम्पन्न भएको दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । गण्डकी पहिलो र तेस्रो संस्करणको उपाधि विजेता टोली समेत हो । पुरुषतर्फ समूह ‘ए’ मा रहेका हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश समूह विजेता र समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए । भने लिगचरणको खेलमा गण्डकीले हेल्प नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो । पुरुषतर्फको फाइनल खेल दिउँसो २ बजे सञ्चालन हुनेछ । यस्तै फाइनल खेल हेर्न टिकट काटेर आउने भाग्यशाली दर्शकले सामसुङको फोन प्राप्त गर्नेछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको थियो । खेल लिककम नकआउटको आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको आज (शनिबार) महिला र पुरुषतर्फको फाइनल खेल हुँदै छ । शुक्रबार पुरुषतर्फको दुई सेमिफाइनल सम्पन्न भएपछि चौथो टाइगर कप भलिबलको उपाधिका लागि महिला/पुरुषतर्फका दुई दावेदार टोलीको अन्तिम टुङ्गो लागेको हो । महिलातर्फ उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यसहित एपिएफले उपाधि रक्षा गर्ने लक्ष्य लिएको छ । एपिएफले पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । नेपाल एपिएफ क्लब पहिलो संस्करणको उपविजेता, दोस्रो र तेस्रो संस्करणको उपाधि विजेता टिम हो । डायमण्डले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । जारी प्रतियोगितामा एपिएफ र डायमण्ड अपराजित रहँदै फाइनल प्रवेश गरेका हुन् । महिलातर्फको फाइनल खेल बिहान ११ बजे पोखरा रंगशालाको भलिबल कोर्टमा हुनेछ । यस्तै पुरुषतर्फ गत संस्करणको उपाधि विजेता घरेलु टोली गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीमा तीन/तीन जना विदेशी खेलाडी रहेका छन् । शुक्रबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा उपाधि दावेदार हेल्प नेपालले आमन्त्रित श्रीलंकाको आर्मी टिमलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । हेल्प दोस्रो संस्करणको टाइगर कपमा फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित हुँदै उपविजेता भएको थियो । यस्तै शुक्रबार नै सम्पन्न भएको दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । गण्डकी पहिलो र तेस्रो संस्करणको उपाधि विजेता टोली समेत हो । पुरुषतर्फ समूह ‘ए’ मा रहेका हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश समूह विजेता र समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए । भने लिगचरणको खेलमा गण्डकीले हेल्प नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो । पुरुषतर्फको फाइनल खेल दिउँसो २ बजे सञ्चालन हुनेछ । यस्तै महिला÷पुरुषतर्फको फाइनल अगाडि पुरुषतर्फको तेस्रो स्थानका लागि नेपाल एपिएफ क्लब र आमन्त्रित श्रीलंकाको आर्मी टिमबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान ९ बजे सञ्चालन हुनेछ । यस्तै फाइनल खेल हेर्न टिकट काटेर आउने भाग्यशाली दर्शकले सामसुङको फोन प्राप्त गर्नेछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको थियो । खेल लिककम नकआउटको आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको आज (शनिबार) तीन खेल हुँदै छ । पोखरा रंगशालाको भलिबल कोर्टमा हुने प्रतियोगितामा महिला/पुरुषतर्फको फाइनल खेल र पुरुषतर्फको तेस्रो स्थानका लागि खेल हुने टाइगर ग्रुप अफ पोखरा नेपालका सचिव डिवि नेपालीले जानकारी दिए । उनका अनुसार आज पुरुषतर्फको तेस्रो स्थानका लागि नेपाल एपिएफ क्लब र आमन्त्रित श्रीलंकाको आर्मी टिमबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा एपिएफ क्लब गण्डकी प्रदेश र श्रीलंकाको आर्मी टिम हेल्प नेपालसँग पराजित भएका थिए । पुरुषतर्फको तेस्रो स्थानका लागि बिहान ९ बजे खेल सञ्चालन हुनेछ । यस्तै महिलातर्फको फाइनल खेल एपिएफ क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लबबीच बिहान ११ बजे खेल हुनेछ । महिलातर्फ शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको छ । यस्तै पुरुषतर्फको फाइनल खेल दिउँसो २ बजे गण्डकी प्रदेश र हेल्प नेपाल बीच प्रतिस्पर्धा हुनेछ । ३/३ जना विदेशी खेलाडीसहित दुवै टिम उपाधि जित्ने लक्ष्यसहित कोर्ट प्रवेश गर्नेछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको थियो । खेल लिककम नकआउटको आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा उपाधि दावेदार मानिएको घरेलु टोली गण्डकी प्रदेश फाइनल प्रवेश गरेको छ । गण्डकी प्रदेशले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा हेल्प नेपालसँगको भेट पक्का गरेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई २५–१७, २५–२०, २५–२२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । तीन भारतीय खेलाडीसहित भलिबल कोर्ट उत्रेको गण्डकी प्रदेशलाई तीन पाकिस्तानी खेलाडी भित्राएको हेल्प नेपालसँग उपाधि रक्षा गर्ने चुनौती रहेको छ । लिगचरणको खेलमा गण्डकी प्रदेशले हेल्प नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको पहिलो सेमिफाइनल खेलमा हेल्प नेपालले आमन्त्रित श्रीलंकाको आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । पहिलो सेट १८–२५ ले गुमाएको हेल्प नेपालले २५–१४, २५–१८ र चौथो सेट २६–२४ ले श्रीलंकाको आर्मी टिमलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै महिलातर्फ भने नेपाल एपिएफ क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लब फाइनल प्रवेश गरेको छ । महिला÷पुरुषतर्फको फाइनल खेल शनिबार हुने टाइगर ग्रुप अफ पोखराले जनाएको छ । फाइनल खेल अगाडि पुरुषतर्फको तेस्रो स्थानका लागि नेपाल एपिएफ क्लब र आमन्त्रित श्रीलंकाको आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका थिए । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

