गण्डकी प्रदेश सेमिफाइनल प्रवेश
पाेखरा | माघ ४, २०८०
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । लिगचरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबसँगको खेलमा गण्डकीले एक अङ्क जोडेपछि सेमिफाइनलको समिकरण पूरा भएको हो ।
लिगचरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गरेपनि आर्मी समूहचरणबाट बाहिरिएको छ । समूह ‘ए’बाट समूह विजेता भएर हेल्प नेपाल र गण्डकी प्रदेश समूह उपविजेता भएर सेमिफाइनल प्रवेश गर्दा आर्मी समूह चरणबाट बाहिरिएको हो । आर्मीले गण्डकीलाई लिगचरणको अन्तिम खेलमा २५–२०, २०–२५, १७–२५, २५–२१ र १५–६ ले जितेपनि समूह चरणबाट बाहिरिएका छ ।
शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा समूह ‘ए’को विजेता हेल्प नेपाल स्पोर्टस् क्लब र समूह ‘बी’को उपविजेता श्रीलंकाको आर्मी र दोस्रो सेमिफाइनल गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै महिलातर्फको भने एक खेल मात्र हुनेछ । तेस्रो स्थानका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । नेपाल एपिएफ क्लब र न्यू डायमण्ड स्पोर्टस क्लब भने फाइनल प्रवेश गरेको छ । फाइनल खेल माघ ६ गते सञ्चालन हुनेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६/६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला/पुरुषतर्फ नै दुई/दुई समूहमा तीन/तीन टिम रहेका छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

