पोखरा: प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज (आइतबार) उद्घाटन गरेका छन् । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्मित स्तम्भको अनावरण गर्दै औपचारिक उद्घाटन गरेका हुन् । सो समारोहमा प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’सँगै अर्थ मन्त्री विष्णु पौडेल काठमाडौंबाट आएका थिए । नेपालको तेस्रो अन्तरराष्ट्रिय विमानस्थलको रुपमा निर्मित फोरडी मोडलको एयरपोर्ट चिनियाँ कम्पनी सिएएमसीले निर्माण गरेको हो । उक्त विमानस्थलको लागत करिब २२ अर्ब रहेको छ । पोखरेलीबासीको वृहत सहभागितामा उद्घाटन गरिएपनि अझै केही प्राविधिक पक्षमा काम गर्न बाँकी रहेको बताइएको छ । आन्तरिक उडान भएपनि अन्तरराष्ट्रिय उडान सुरु हुन भने समय लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । अन्य तस्बिरहरु:-
काठमाडौं: थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ३९४ नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३९४ गर्दा २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ३ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २९ पुगेको छ
पोखराः पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड क्लबले लगातार दोस्रो जित निकालेको छ । सहारा क्लबले पोखराले आयोजना गरेको आहा ! रारा पोखरा गोल्डकपमा ए डिभिजन लिगको साविक विजेता मछिन्द्र एफसीलाई आज (आइतबार) ३–० ले हराउँदै चर्च ब्वाइज दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो । फाइनल प्रवेशका लागि अब चर्च ब्वाइजले मनाङ मर्स्याङ्दी क्लब वा भुटनिज युथ एससी अमेरिकाबीच प्रतिस्पर्धा गर्नेछ । पोखरा रंगशालामा चर्च ब्वाइजलाई जित दिलाउन फरवार्ड आशिष चापागाईले २ तथा आशिष चौधरीले १ गोल गरेका थिए । आशिष चापागाईले दुवै गोल पहिलो हाफमा गरेका थिए । पहिलो गोल २३ औं र दोस्रो गोल पहिलो हाफको इन्जुरी समय तेस्रो मिनेट सम्भव भएको थियो । लामो पासमा अफ साइड ट्रयाप बिट गर्दै अन्जन विष्टले गरेको प्रहारलाई मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले विफल पारेका थिए । तर उनले बल नियन्त्रणमा राख्न नसकेपछि रिबाउन्डमा आशिष चापागाईले पहिलो गोल गरेका थिए । इन्जुरी समयमा थ्रु बलमा अफ साइड ट्रयाप बिट गर्दै आशिष चापागाईले दोस्रो गोल गरेका थिए । आशिष चौधरीले ६४ औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरेका थिए । पेनाल्टी बक्स भित्र प्राप्त बलमा आशिष चौधरीले फस्ट बारमा गोल गर्दा मछिन्द्रका गोलकिपर विशालको बचाउने प्रयास सफल हुन सकेन । मछिन्द्रका सौरभले ८९ औं मिनेटमा गोल फर्काएका थिए । पहिलो खेलमा अन्जन विष्ट र अनन्त तामाङको गोलमा नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै चर्च ब्वाइज क्वार्टरफाइनलमा पुगेको थियो । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेतालो उपाधिसहित १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
गलकोट: बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै तीन करोडको सुन्तला उत्पादन भएको छ। उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ। सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ। ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला बिक्रीबाट साढे दुई करोड बराबरको सुन्तला बिक्री गरिसकेका छन् भने अझै ५० लाखको सुन्तला बिक्री हुन बाँकी छ। आठ रोपनी जग्गामा व्यावसायिक सुन्तलाखेती गरेका अगुवा किसान अनन्तबहादुर खड्काले यो वर्ष पाँच लाखमा आफ्नो सुन्तला बगान पोखराका व्यापारीलाई बिक्री गरेको बताए। उनले यस वर्ष सुन्तलाको उत्पादन बढे पनि मूल्य भने घट्न थालेको गुनासो गरे। यस वर्ष सुन्तलाको राम्रो दाना फलेको भन्दै अगुवा किसान राम बहादुर खड्काले केहीले बोट नै ठेक्कामा दिएका र केहीले सुन्तला टिपेर बागलुङ बजार र पोखराको बजारमा पठाएको जानकारी दिए। उनले औँशे किराको प्रकोपले सुन्तलामा सामान्य क्षति गरे पनि सुन्तलाको उत्पादन गत वर्षको तुलनामा बढेको र दानासमेत राम्रो लागेको बताए। गत वर्ष यहाँका किसानले सुन्तला बिक्रीबाटै दुई करोड ५० लाख भित्र्याएको वडा कार्यालयको तथ्यांक छ। यस वर्ष पनि सुन्तला बिक्रीको तथ्यांक संकलन गर्न थालिएको जानकारी गराउँदै वडाध्यक्ष राजु कार्कीले सुन्तला बिक्रीकै चरणमा रहेकाले तथ्यांक संकलनमा ढिलाइ भएको बताए। उनले बिक्री लक्ष्यअनुसार तीन करोडको सुन्तला उत्पादन भएको बताए। पोखराका व्यापारीले बोटमै ठेक्कामा खरिद गरेर सुन्तला लैजाने गरेका छन् भने साना व्यापारीले डोकोमा सुन्तला खरिद गरेर बजार पुर्याउने गरेका छन्।
कास्की: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ भनेर सार्वजनिक राजनीतिमा आएदेखि बाराम्बार प्रयास गरेको उल्लेख गरेका छन् । जनयुद्धपछि सार्वजनिक राजनीतिमा आएदेखि नै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल हुनुपर्छ भन्ने लागेर सम्बन्धित निकायसँग सम्वाद थालेको प्रम प्रचण्डको भनाई छ । पोखरामा आज विमानस्थलको औपचारिक उद्घाटन गर्ने क्रममा सभालाई सम्बोधन गर्दै प्रचण्डले विमानस्थल बनाउने विषयमा आफुले गरेको प्रयास सुनाए । ‘यहाँ (पोखरा) विमानस्थल बनाउन मैले पटकपटक चिनियाँ दूतावास र चीन सरकारसँग कुरा गरेको छु’ प्रचण्डले भने ‘चीन भ्रमणमा जाँदा पनि मेरो मुख्य एजेण्डामध्ये पोखरामा विमानस्थल निर्माण पनि थियो ।’ चीन भ्रमणकाक्रममा राष्ट्रपति हु जिन्ताओ सी जिनपिङ्सँग पोखरामा विमानस्थल निर्माणमा कुरा गरेको प्रचण्डको दाबी छ । उनले आजको दिनमा आफ्नो, पोखरेली र देशवासीकै सपना पुरा भएको जनाए । ‘म प्रधानमन्त्री भएको सातादिनमै मैले अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरे’ प्रचण्डले थपे ‘झन् म यही क्षेत्रबाट निर्वाचन जितेर प्रधानमन्त्री भएको छु, सबैलाई धन्यवाद ।’
काठमाडौं: रौतहट बोलेरो गाडीबाट ९१ किलो गाँजा बरामद भएको छ। आइतबार बिहान ११ बजे राजपुर नगरपालिका–१ पिपरा भगवानपुरस्थित पिपरा टोलबाट ९१ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए। रोकेर राखेको बोलेरो गाडीमा गाँजा छ भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले चेक गर्दा बोलेरो गाडीमा गाँजा फेला पारेको हो। गाडीमा १३ वटा पोकामा ९१ किलो गाँजा बरामद भएको हो। प्रहरीले गाँजासँगै गाडी पनि नियन्त्रणमा लिएको छ। यस्तै गाडी नजिकै एउटा बेवारिसे मोटरसाइकल समेत फेला परेको थियो। उक्त मोटरसाइकललाई पनि नियन्त्रणमा लिइएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पोखरा: पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको सपना पुरा भएपछि पोखरालाई लुम्बिनी र भारतसँग जोड्न सिद्धार्थ राजमार्ग स्तरोन्नती गर्ने लक्ष्य रहेको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । पोखरामा आज क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनकाक्रममा अर्थमन्त्री पौडेलले विमानस्थलमात्र नभएर पर्यटन विकासमा सडकको उत्तिकै महत्वपूर्ण भूमिका रहने भन्दै सिद्धार्थ राजमार्गको स्तरोन्नती अबको योजना भएको उल्लेख गरे । ‘पोखरालाई पर्यटनमा थप बलियो बनाउन सबै कोणबाट सशक्त हुनुपर्छ’ पौडेलले भने ‘अब हाम्रो ध्यान सिद्धार्थ राजमार्गको स्तर वृद्धि गर्नेमा छ ।’ सम्बोधनकैक्रममा उनले सम्पूर्ण कास्कीवासी र नागरिक समाजले धर्ना र अनशन गरेर राखेको माग पुरा भएको स्मरण गर्दै सम्पूर्णमा धन्यवाद टक्र्याए । ‘म जिल्लावासी र पूर्वमन्त्री रविन्द्र अधिकारीलाई पनि सम्झिरहेको छु, जसेको अथक प्रयासबाट विमानस्थलले पूर्णता पायो ।’ मन्त्री पौडेलले अहिलेको सरकारमा धेरै दल समाहित भएको प्रसंग निकाल्दै उनले स्थायी सरकारको लागि समीकरण आवश्यक भएको टिप्पणी गरे ।
कावासोती: मौसममा आएको परिवर्तनसँग चिसो बढेको छ । दिनहुँ बढ्दै गरेको चिसोले यस क्षेत्रको जनजीवन थप कष्टकर बन्दैगएको छ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका –१ जुकेपानीका १८ घरपरिवार पहिरो प्रभावित अस्थायी टहरामा बस्दैआएका छन् । गत बर्खामा हुप्सेकोट –५ वाकखोरमा पहिरोले विस्थापित भएका उहाँहरूलाई टहरामा कसरी जाडो कटाउने भन्ने चिन्ता छ । ५५ वर्षका खगिसरा रानाको परिवार, पहिरोले विस्थापित भएर शिवालय सामुदायिक वन नजिकैको अस्थायी टहरामा बस्न थालेको १६ महिनाभन्दा बढी भयो । जसोतसो बर्खा बिताए पनि हिउँदको जाडो कसरी छल्ने चिन्ताको विषय छ । गत असारमा वाकखोरमा पहिरोमा घर परेपछि १८ परिवार विस्थापित भए । खेमबहादुर सोमैलाई वाकखोरमा जग्गा भए पनि पहिरोको डरले फेरि फर्कन मन छैन । उहाँ स्थायी बसोबासको प्रबन्ध राज्यले मिलाई दिनुपर्ने बताउनुभयो । पहिरोका कारण लालपुर्जा भएको जग्गा नै छाडेर गाउँपालिकाले बनाइदिएको अस्थायी टहरामा बस्नुपर्ने बाध्यता छ । खेती किसानी गर्नेलाई टहराको बसाइमा जीवन धान्न सजिलो नभएको २६ वर्षका तिलबहादुर सोमैले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसो मौसममा बालबालिकालाई विशेषगरी श्वास प्रश्वासमा समस्या देखिने, वृद्ध वृद्धमा जाडोले कठ्याङ्ग्रिने, हाड जोर्नी दुख्ने समस्या देखापरेको छ” रानाले भन्नुभयो । चिसो बढेसँगै हामीलाई निकै समस्या परेको छ, न बस्ने ठाउँ छ न खेती किसान गर्ने ठाउँ छ । निर्वाचनका समय जुकेपानीका पहिरो प्रभावितको अस्थायी टहरामै पुगेर उम्मेदवारले मत मागे तर अहिले विजयी भएपछि कोही पनि फर्किएर त्यहाँ नपुगेको स्थानीयको गुनासो छ । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले अस्थायी टहरामा बस्दै आएका परिवारलाई व्यवस्थित गर्न पहल भइरहेको बताउनुभयो ।
पाेखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले फेवाताल संरक्षणमा पैसाको कमीले खासै काम गर्न नसकेको बताएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनकाक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले फेवाको हितमा काम नगरेको र आफ्नो कार्यकालमा विशेष योजना लिएर केही काम गर्न खोजेपनि पैसाको अभावमा पुरा गर्न नसकेको उल्लेख गरे । सोही क्रममा उनले भने ‘१०–२० करोड रुपैयाँले केही काम गर्न नसकिने रहेछ, सोही कारण फेवातालको संरक्षण, सम्वद्र्धन र सौन्दर्यकरणमा तयार पारेको योजना पुरा भएन ।’ त्यस्तै, विमानस्थल गौरवको योजना भएको त रिनले थला पार्न सक्ने उनको संकेत थियो । ‘२५ प्रतिशत अनुदान र बाँकी रकम रिन, ब्याजमा विमानस्थल तयार भएको छ’ उनले भने ‘बाँकी ७५ प्रतिशत रकम पनि अनुदानमा बदलिदिँन म चीन सरकारसंग अपील गर्दछु ।’

