नेप्से  परिसूचकमा सामान्य गिरावट, कारोबार रकम ३ अर्ब बढि

काठमाडाैं | पुस १९, २०७९

नेप्से  परिसूचकमा सामान्य गिरावट, कारोबार रकम ३ अर्ब बढि

काठमाडौं:  सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार दिनभर उतारचढाव देखिंदा अन्तिममा बजार परिसूचक नेप्से ३.०३ अंकले गिरावट भएर २०६१.०६ अंकमा बन्द भएको छ ।


गत बिहीबार ५६ अंक, आइतबार र सोमबार समान १७ अंकले बढेको नेप्सेमा मंगलबार भने करेक्सन भएको हो । व्यापार, लघुवित्त, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचकमा वृद्धि भएपनि बैंकिङ, बीमा सहित अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से पनि समान्य घटेको छ ।


लघुवित्त उपसूचक २.४४ प्रतिशत, व्यापार उपसूचक २.८९ प्रतिशत र होटल तथा पर्यटन उपसूचक २.६ प्रतिशतले वृद्धि भएको छ ।यता वित्त कम्पनी र जीवन बीमा उपसूचक भने १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ ।


उतारचढावबीच नेप्सेमा सामान्य गिरावट भएपनि कारोबार रकम भने सोमबारको भन्दा बढेको छ । आइतबार ४ अर्ब नाघेको कारोबार रकम सोमबार २ अर्ब ९६ करोडमा झरेको थियो । तर, मंगलबार भने कारोबार रकम बढेर ३ अर्ब ४५ करोड ८० लाख ९० हजार पुगेको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ४३ करोड १९ लाख ६४ हजारको कारोबार हुँदा एनआईसी एशिया बैंकको ९ करोड ६६ लाख ९५ हजार र शिवम् सिमेन्टको ९ करोड ४९ लाख १३ हजारको कारोबार भएको छ।


मंगलबार नेप्सेमा कुल २१२ कम्पनीको सेयर कारोबार भएकोमा १०२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ भने १०७ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर छ । मंगलबार श्वेतगंगा हाइड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । यस्तै नेरुडे लघुवित्तको सेयरमूल्य ७.७३ प्रतिशतले वृद्धि भएको छ ।


यता वीन नेपाल लघुवित्तको सेयरमूल्य ५.५९ प्रतिशतले गिरावट हुँदा बोटलर्स नेपाल तपाईको सेयरमूल्य ५.५४ प्रतिशत र दोर्दी खोला जलविद्युत कम्पनीको सेयरमूल्य ३.४४ प्रतिशतले गिरावट भएको छ ।

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्