फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

पोखरा:  कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा श्यामकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ । कास्की जिल्ला शुटिङ संघको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट संघको अध्यक्षमा श्यामकृष्ण श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो । अधिवेशनबाट प्रथम उपाध्यक्ष राजु श्रेष्ठ, द्धितिय उपाध्यक्ष राम नारायण श्रेष्ठ, सचिवमा सुक बहादुर गुरुङ र कोषाध्यक्षमा राम कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।  त्यसैगरी सदस्यहरुमा चिन्तामणी बास्तोला, विनोद प्रसाद श्रेष्ठ, बिजय कार्की, प्रकाश बज्राचार्य, शरण कुमार छन्त्याल र गृष्मा उदास निर्वाचित हुनुभएको छभने दुई सदस्य पछि मनोनित गरिने निर्वाचन अधिकृत कास्की जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख डि बि नेपालीले जानकारी दिनुभयो ।  साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले शुटिङ संघ  कास्कीको कार्यालयका लागि पोखरा रंगशाला भित्र ठाउ  उपलब्ध गर्ने वताउनुभयो । शुटिङ खेलका लागि पर्याप्त मात्रामा सामाग्रीहरु नभएको वताउदै त्यसका लागि पनि आफुले पहल गर्ने वताउदै पर्याप्त सामाग्रीको अभावका बीच शुटिङ संघले पछिल्लो समय उदाहरणीय काम गरेकोे उहांको भनाइ रहेको थियो ।  शुटिङ संघ कासकीका सल्लाहकार तीर्थलाल श्रेष्ठले शुटिङ संघ कास्कीले खेलकुद सामाग्रीको अभावका बावजुद पनि आफुहरुले काम गरिरहेको वताउदै आगामी दिनमा संघलाई अगाडि वढाउन सम्पूर्ण एक भएर लाग्ने वताउनुभयो ।   

पोखरा:  सरकारमा जाने नजाने अन्योलकाबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारमा सहभागी भएको छ । २० सिट जितेर प्रतिनिधि सभामा आफ्नो बलियो उपस्थिति देखाएको स्वतन्त्र पार्टीले कति वटा मन्त्रालय र कुन कुन पाउँछ भन्ने एकिन टुङ्गो लागेको छैन । अहिलेसम्म गृह मन्त्रालय उक्त पार्टीका सभापति रवी लामिछानेले सम्हालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीसँग तीन जना चिकित्सक सांसद भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रास्वपाले पनि दाबी गरेको छ । उक्त पार्टीमा डा. चन्दा कार्की, डा. ढाका कुमार श्रेष्ठ र डा.तोसिमा कार्की सांसद छन् । तर, तीन मध्ये रास्वपाको सुरुवाती चरणदेखिको उपस्थिति श्रेष्ठको रहेको छ । अधिकारीहरू भन्छन्, श्रेष्ठले पार्टीलाई यो अवस्थामा ल्याउन ठूलो योगदान गरेका छन ्। अझ गज्जव त श्रेष्ठ पार्टी भित्र निर्वाचित प्रतिनिधि हुन् । प्रचारप्रसारमा खासै रुची नराखेका कारण अहिले उनि मन्त्री हुने चर्चामा ओझेल परेका छन् । रास्वपाकै सांसद श्रेष्ठ अरु डा. सासंद भन्दा अव्वल छन् । हुनत अहिलेसम्म स्वास्थ्य मन्त्रालयमा माओवादी, सङ्घीय समाजवादी, रास्वपाले दाबी गर्दै आएका छन् । यिनिहरूको तुलनामा बलियो सम्भावना रास्वपा कै रहेको छ । ‘रास्वप स्रोत भन्छ, ‘हामीले पार्टी जन्मिनु भन्दा अगाडी अभियानमा जोडिएका डा. ढाका कुमार श्रेष्ठलाई सम्मान स्वरुप स्वास्थ्य मन्त्रालय दिनुपर्ने छ ।’ डा. ढाका कुमार श्रेष्ठले पनि पार्टीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा पठाएको खण्डमा कुसलता पूर्वक जिम्मेवारी बहन गर्ने बताएका छन् । ‘म सिनियर व्यक्ति हुँ । सिनियर व्यक्ति भएको हिसाबले मैले जिम्मेवारी पाउँनु स्वभाबिक पनि हो’, डा. श्रेष्ठले भने । ‘तर, म मन्त्री बन्नकै लागि नेतृत्वलाई कुनै दबाव दिन्न ।’ आफूले स्वास्थ्य मन्त्री भए केके गर्ने भनेर खाका तयार पारेको पनि उनले सुनाए । डा. श्रेष्ठले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीसँग पनि भेटघाट गरेका छन् । मन्त्रालयलले पाँच वर्षे कार्यकालमा गरेका राम्रा कामहरू र आउँदो वर्षका लागि गर्न बाँकी योजनाहरूको बारेमा समेत डा. श्रेष्ठले जानकारी लिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन् मन्त्रालयका अधिकारीसँगको भेट पछि डा. श्रेष्ठले भने, ‘हामी विज्ञ बन्नका लागि पहिला विज्ञ व्यक्तिहरूसँग छलफल, अन्तरक्रिया र परामर्श लिन आवश्यक छ । होइन भने अन्दाजको भरमा तथ्यभन्दा बाहिर र हावादारी गफ मात्र हुनेछ ।’

बझाङ: खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा घण्टा समय लाग्छ । त्यो दूरीमा जीप व्यवसायीले भने रु तीन सय ५० असुल गर्दै आएका छन् । “सानोतिनो सामान ल्याउन तमैल बजार पुग्नैपर्छ”, उहाँले भन्नुभयो, “तमैल पुग्न बाटोमै झण्डै रु हजार सकिन्छ । हामीजस्तो सानो व्यवसायीलाई छोटो बाटोमै बढी खर्च भए पनि केको व्यवसाय गर्नु ?” खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाका कुलप्रसाद जोशी पनि सदरमुकामबाट घर जान भाडाकै चिन्ता लाग्ने बताउनुहुन्छ । “घरतिर हरेक हप्ता जानुपर्छ । बाटोमै धेरै खर्च हुन्छ । जीप सञ्चालकले मनोमानी तरिकाले गाडी भाडा लिन्छन् । प्रतिवाद कसैले गर्दैनन् ।” उहाँका अनुसार छान्नामा जीप सञ्चालक कम यात्रु भए नजाने तर क्षमताभन्दा बढी भए पनि थपिहाल्छन् । “कति दिन तमैल बजारमै थुप्रो जीप भएर पनि हिँडेर गइयो”, उहाँले भन्नुभयो, “जीप नभरिञ्जेल कुनै ठाउँबाट पनि हिँड्दैनन् तर जीप भरिए जुन ठाउँबाट चढे पनि रु सयभन्दा तल लिँदैनन् ।” खप्तडछान्नामा अघिल्लो सरकारको पालामा एक पटक मूल्य निर्धारण गरिएको थियो । “प्रतिकिलोमिटर रु १२ तोकेर तमैल–कालुखेती–गडराय–थामलेकको भाडा निर्धारण गरिएको थियो”, खप्तडछान्ना–५ का राजेश कार्कीले भन्नुभयो, “त्यो बेलामा कालुखेतीबाट रु एक सय २० मै तमैल पुग्थ्यौँ । पछि सडक बिग्रेको, डिजेलको मूल्य बढेको भन्दै व्यापारीले मूल्य बढाइरहे । पालिकाले कुनै सुनुवाइ गरेन ।” उहाँका अनुसार भाडाको विषयलाई लिएर पटकपटक कुरा उठ्दा पनि पालिकाले चासो दिएको छैन । “कालुखेतीबाट गडरायसम्म करिब पाँच किलोमिटर दूरी छ । त्यसमा पनि व्यवसायीले रु दुई सय असुल्दै आएका छन् ।” उहाँले भन्नुभयो । गडरायका ध्रुव रोकाया दसैँ बिदामा घर आएको बेला सम्झिँदै भन्नुहुन्छ, “घर आएको बेला गाडी चालकसँग झगडा नै भयो । रुट प्रमिट पाएका सडकमा पनि तेब्बर भाडा लिएको भन्दै झगडा भयो । पछि ठूलो लफडा हुनसक्ने भन्दै बोलेनौँ ।” उहाँ पनि पालिकाले भाडा यकिन गरी बढी पैसा असुल्ने जीप व्यवसायीलाई कारबाही गर्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जीप व्यवसायीलाई जसले जति भाडा लिए पनि हुन्छ भन्ने भएको छ । १० मिनेटको बाटोमा गाडी चढे पनि रु सयभन्दा बढी असुल्छन् ।” यता जीप व्यवसायी हेमराज थापा जीप भाडा अलि बढी नै भएको स्वीकार्नु हुन्छ । उहाँ भन्नुहुन्छ, “जीपको भाडा अलि बढी नै हो तर सडकको अवस्थाअनुसार त्यो भाडा केही पनि होइनजस्तो लाग्छ ।” सरकारले सडक अलि गतिलो बनाइदिएको भए भाडा निकै सस्तो हुने उहाँ बताउनुहुन्छ । “गाडी भाडाको विषयमा हामी जीप व्यवसायी आफैँले सल्लाह गरेर एक मूल्य तोकेका हौँ । गाडी छान्नामा दुई÷तीन ठाउँमै खोलामा हाल्नुपर्छ । खोलामा हाल्दा हप्तामै रु आठ÷दश हजारका टायर फेर्नुपर्छ । त्यो हेर्न हो भने व्यवसायीलाई पनि निकै मर्का छ ।” उहाँले भन्नुभयो । थापाका अनुसार सरकारले सडक बलियो बनाइदिए जीप भाडा अन्य ठाउँको जस्तै हुन्थ्यो । “सबैले हामीलाई मात्रै दोष दिन्छन् । यहाँ हिउँदकै महिनामा पहिरो आएर सडक अवरुद्ध हुँदासमेत व्यवसायीले पहिरो पन्छाएर यात्रुको सुविधाका लागि जीप गुडाउनुपर्छ ।” उहाँले भन्नुभयो । अब नयाँ भाडा निर्धारण हुन्छ:पालिका खप्तडछान्ना गाउँपालिकाका प्रवक्ता रमानन्द जोशी भने गाउँपालिकाले प्रतिकिलोमिटर रु २० लिने निर्णय गरेर प्रशासनलाई पठाएको बताउनुहुन्छ । “हामीले पालिकामा निर्णय गरेर नयाँ मूल्यदर प्रशासनलाई पठाएका छौँ । उताबाट पत्र आएको छैन । त्यसपछि जीप भाडामा एकरूपता हुन्छ ।” उहाँले भन्नुभयो । प्रवक्ता जोशीका अनुसार छान्नामा धेरै ठाउँमा पहिरो आउँदा सडक अवरुद्ध हुने गरेको छ । “गत वर्षको बाढीले सडक पूरै तहसनहस गरेको हुँदा बाटो निकै अवरुद्ध हुने भएपछि जीप भाडा निर्धारण गर्न सकिएको थिएन । अब तुरुन्तै नयाँ भाडादर लागू हुन्छ ।” सडकलाई दिगोरूपमा टिकाउन तथा बाह्र्रै महिना सञ्चालन गर्नका लागि पनि पालिकाले सबै निकायसँग छलफल गरिरहेको उहाँले बताउनुभयो । अहिले छान्नामा मात्रै डेढ दर्जन जीप सञ्चालनमा छन् । गाडी भाडा बढी भएकै कारण व्यवसायीले जीप थप्दै गरेको स्थानीयको बुझाइ छ ।

पोखराः   कास्कीको  मादी गाउँपालिका १ सिक्लेसमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ ।  आइतबार बेलुका मादी गाउँपालिका १ सिक्लेसको दुईघरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको मादी १ का वडाध्यक्ष देवी जंग गुरुङ्गले जानकारी दिए ।  आगलागी हुँदा मादी गाउँपालिका १ का निवर्तमान वडाध्यक्ष सुरजकुमार गुरुङ्गको मृत्यु भएको वडाध्यक्ष गुरुङ्गले  जानकारी दिए ।  आगलागी कारण खुल्न सकेको छैन । घटनाको थप विवरण आउँन बाँकी छ । 

पोखराः   १० औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको उपलक्ष्यमा नेपाल टोपी प्रतिष्ठान गण्डकीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली टोपी प्रदान गर्दै मनाएको छ ।    “हाम्रो टोपी हाम्रो शान“ भन्ने उदेश्यका साथ हरेक वर्ष मनाउदै आएको नेपाली टोपी दिवसको अवसरमा यसपाली पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको उद्घाटन समारोहमा प्रधानमन्त्रीलाई नेपाली टोपी दिएर मनाईएको प्रतिष्ठानका अध्यक्ष महेश्वर सिंह भण्डारीले बताए।   नेपाली टोपी सहित राष्ट्रिय पोशाकको पहिचान र सम्बर्द्धन गर्न राज्यले प्रमुख भुमिका खेल्नुपर्ने कुरामा प्रधानमन्त्री समक्ष ध्यानाकर्षण समेत गराएको छ। उक्त अवसरमा प्रतिष्ठानले पुर्व पर्यटन मन्त्री योगेश भट्टराई, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी लगायतलाई नेपाली टोपी लगाएको थियो। त्यस्तै प्रतिष्ठानले अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा आएका अन्तर्राष्ट्रिय पर्यटकहरुलाई पनि नेपाली टोपी लगाउदै नेपाली मौलिक संस्कृतिबारे जानकारी गराएको थियो।  विगत ९ वर्षयता नेपाली युवाहरुले अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिखलाई ढाका टोपी दिवसका रुपमा मनाउँदै आएका छन् । नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य, नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता वचाउनु रहेको प्रतिष्ठान गण्डकीका सचिव सचिन रानाभाट बताउछन्। ढाका टोपी नेपाली पहिचान हो। नेपाल भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाइटीका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ ।  त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो । ढाका टोपीको ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासँग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ। जून एउटा अपभ्रम र मिथ्या मात्रा हो।

सुर्खेत:  जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी)को जिम्मेवारीमा योगेन्द्रसिंह थापा आउनुभएको छ । यसअघि सुर्खेत प्रहरी प्रमुख रहेका एसपी पदम विष्टको सरुवा भएपछि राजमार्ग सुरक्षा कार्यालय रुपन्देहीमा कार्यरत थापा प्रहरी प्रमुख बनेर सुर्खेत आउनुभएको हो ।  आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आयोजित पत्रकार परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख थापाले सुर्खेतको समग्र शान्तिसुरक्षामा आम नागरिकले अनुभव गर्नेगरी सेवा प्रवाहमा लाग्ने बताउनुभयो । पछिल्लो समय प्रदेश राजधानी रहेको सुर्खेत सुरक्षा दृष्टिकोणले अति संवेदनशील रहेकाले अपराधजन्य गतिविधि रोकथाममा विशेष सुरक्षा योजना लागु गरिने थापाको भनाइ छ । लागुऔषध ओसारपसार, चोरी निकासी, झैझगडा, घरेलु हिंसा, सामाजिक अपराध, कालोबजारी, सडक दुर्घटना तथा प्रहरी नै आपराधिक घटनामा संलग्न हुनेजस्ता घटनामा वृद्धि हुँदैगएको विषयमा पत्रकारले राखेको जिज्ञासामा एसपी थापाले आफूलाई राज्यले दिएको अधिकारको पूर्ण अधीनमा रही शान्ति सुरक्षा प्रत्याभूतिका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । 

पोखरा:   प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज (आइतबार) उद्घाटन गरेका छन् । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्मित स्तम्भको अनावरण गर्दै औपचारिक उद्घाटन गरेका हुन् ।   सो समारोहमा प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’सँगै अर्थ मन्त्री विष्णु पौडेल काठमाडौंबाट आएका थिए । नेपालको तेस्रो अन्तरराष्ट्रिय विमानस्थलको रुपमा निर्मित फोरडी मोडलको एयरपोर्ट चिनियाँ कम्पनी सिएएमसीले निर्माण गरेको हो ।   उक्त विमानस्थलको लागत करिब २२ अर्ब रहेको छ । पोखरेलीबासीको वृहत सहभागितामा उद्घाटन गरिएपनि  अझै केही प्राविधिक पक्षमा काम गर्न बाँकी रहेको बताइएको छ ।    आन्तरिक उडान भएपनि अन्तरराष्ट्रिय उडान सुरु हुन भने समय लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।     अन्य तस्बिरहरु:-                              

काठमाडौं:  थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घन्टामा देशभरबाट ३९४ नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३९४ गर्दा २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ३ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २९ पुगेको छ

पोखराः   पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा चर्च ब्वाइज  युनाइटेड क्लबले लगातार दोस्रो जित निकालेको छ ।    सहारा क्लबले पोखराले आयोजना गरेको आहा ! रारा पोखरा गोल्डकपमा ए डिभिजन लिगको साविक विजेता मछिन्द्र एफसीलाई आज (आइतबार) ३–० ले हराउँदै चर्च ब्वाइज दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।  फाइनल प्रवेशका लागि अब चर्च ब्वाइजले मनाङ मर्स्याङ्दी क्लब वा भुटनिज युथ एससी अमेरिकाबीच प्रतिस्पर्धा गर्नेछ । पोखरा रंगशालामा चर्च ब्वाइजलाई जित दिलाउन फरवार्ड आशिष चापागाईले २ तथा आशिष चौधरीले १ गोल गरेका थिए । आशिष चापागाईले दुवै गोल पहिलो हाफमा गरेका थिए । पहिलो गोल २३ औं र दोस्रो गोल पहिलो हाफको इन्जुरी समय तेस्रो मिनेट सम्भव भएको थियो । लामो पासमा अफ साइड ट्रयाप बिट गर्दै अन्जन विष्टले गरेको प्रहारलाई मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले विफल पारेका थिए । तर उनले बल नियन्त्रणमा राख्न नसकेपछि रिबाउन्डमा आशिष चापागाईले पहिलो गोल गरेका थिए ।   इन्जुरी समयमा थ्रु बलमा अफ साइड ट्रयाप बिट गर्दै आशिष चापागाईले दोस्रो गोल गरेका थिए । आशिष चौधरीले ६४ औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरेका थिए । पेनाल्टी बक्स भित्र प्राप्त बलमा आशिष चौधरीले फस्ट बारमा गोल गर्दा मछिन्द्रका गोलकिपर विशालको बचाउने प्रयास सफल हुन सकेन । मछिन्द्रका सौरभले ८९ औं मिनेटमा गोल फर्काएका थिए । पहिलो खेलमा अन्जन विष्ट र अनन्त तामाङको गोलमा नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै चर्च ब्वाइज क्वार्टरफाइनलमा पुगेको थियो । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेतालो उपाधिसहित १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।