मछिन्द्र एफसीलाई पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा

पाेखरा | पुस १७, २०७९

मछिन्द्र एफसीलाई पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा

पोखराः   पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा चर्च ब्वाइज  युनाइटेड क्लबले लगातार दोस्रो जित निकालेको छ । 

 

सहारा क्लबले पोखराले आयोजना गरेको आहा ! रारा पोखरा गोल्डकपमा ए डिभिजन लिगको साविक विजेता मछिन्द्र एफसीलाई आज (आइतबार) ३–० ले हराउँदै चर्च ब्वाइज दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो । 


फाइनल प्रवेशका लागि अब चर्च ब्वाइजले मनाङ मर्स्याङ्दी क्लब वा भुटनिज युथ एससी अमेरिकाबीच प्रतिस्पर्धा गर्नेछ ।


पोखरा रंगशालामा चर्च ब्वाइजलाई जित दिलाउन फरवार्ड आशिष चापागाईले २ तथा आशिष चौधरीले १ गोल गरेका थिए । आशिष चापागाईले दुवै गोल पहिलो हाफमा गरेका थिए ।


पहिलो गोल २३ औं र दोस्रो गोल पहिलो हाफको इन्जुरी समय तेस्रो मिनेट सम्भव भएको थियो । लामो पासमा अफ साइड ट्रयाप बिट गर्दै अन्जन विष्टले गरेको प्रहारलाई मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले विफल पारेका थिए । तर उनले बल नियन्त्रणमा राख्न नसकेपछि रिबाउन्डमा आशिष चापागाईले पहिलो गोल गरेका थिए ।

 

इन्जुरी समयमा थ्रु बलमा अफ साइड ट्रयाप बिट गर्दै आशिष चापागाईले दोस्रो गोल गरेका थिए । आशिष चौधरीले ६४ औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरेका थिए । पेनाल्टी बक्स भित्र प्राप्त बलमा आशिष चौधरीले फस्ट बारमा गोल गर्दा मछिन्द्रका गोलकिपर विशालको बचाउने प्रयास सफल हुन सकेन । मछिन्द्रका सौरभले ८९ औं मिनेटमा गोल फर्काएका थिए ।


पहिलो खेलमा अन्जन विष्ट र अनन्त तामाङको गोलमा नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै चर्च ब्वाइज क्वार्टरफाइनलमा पुगेको थियो । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेतालो उपाधिसहित १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

पोखरा:    बैशाख २८ गतेबाट रिलिज हुने नेपाली सिनेमा ‘खजुरे ब्रो’ एक सामाजिक कथा भएको निर्माण पक्षले जनाएको छ ।  विहिबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोज...

थप पढ्नुहोस्

गण्डकीः   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको ...

थप पढ्नुहोस्

काठमाडौंः   डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा हुनुहन्थ्यो । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उहाँलाई भ्रमणमा निस्कन मन लागेन ।  विदेश जान मरिहत्ते ग...

थप पढ्नुहोस्