सफल म्याराथनको तयारी तिव्र, पुरस्कार राशी १० हजारदेखि ५ लाखसम्म
प्रतियोगिता फागुन पहिलो साता
पाेखरा | पुस १९, २०७९
पोखराः नवौं खेलकुद पछि विभिन्न प्रतियोगिता सम्पन्न भएको पोखरामा पुनः १७ औं सफल पोखरा अन्तरराष्ट्रिय म्याराथनको तयारी तिव्र पारिएको छ ।
भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते हुने १७ औं सफल पोखरा अन्तरराष्ट्रिय म्याराथनको प्रतियोगिताको तयारी तिव्र बनाएको आज (मंगलबार) पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
सफल पोखरा अन्तरराष्ट्रिय म्याराथनमा ८ वटा इभेन्टमा एकै पटक प्रतियोगिता सञ्चालन हुने नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।
‘पोखरालाई खेलकुद पर्यटन प्रवद्र्धनको रुपमा विकास गर्न, वर्षको एक दिन पोखरा अन्तरराष्ट्रिय म्याराथनलाई सहरकै उत्सवको रुपमा विकास गर्न चाहान्छौं, पराजुलीले भने, ‘८ वटा इभेन्ट एकै दिन सञ्चालन गर्नेछौं, प्रतियोगिता आउन ४५ दिन बाँकी छ तयारी तिव्र बनाएका छौं ।’
१७ औं सफल पोखरा म्याराथनमा ८ इभेन्टमा खुल्ला म्याराथन ४२.१९५ किमि, २१.०९७ हाफ म्याराथन महिला, १० किमि महिला/पुरुष, विद्यालय स्तरीय छात्र/छात्रा ५ किमि दौड, महिला/पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौडसँगै वर्षको एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ हुने अध्यक्ष पराजुलीले बताए । खुल्ला म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्साहन गर्न छुट्टै पुरस्कारको समेत व्यवस्था गरिएको मञ्चका महासचिव कृष्ण तिमल्सिनाले जानकारी दिए ।
म्याराथनमा नेपालसहित केन्या, युगोेस्लाभिया लगायतका देशका खेलाडीहरुले सहभागिता जनाउने छन् । पत्रकार सम्मेलनमा बोल्दै मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरुङले पछिल्लो म्याराथनका दिन ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएकाले हरेक घर र टोलले सहजीकरण गरेमा सहजता हुने बताए । उनले पोखरा म्याराथनले (एम्स) को मान्यता प्राप्त गर्नु गर्वको विषय भएको सुनाए ।
यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यता प्राप्त गरेको छ । प्रतियोगितालाई सुजल डेरी प्रा.लि.ले २०७२ देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ । प्रतियोगिता सम्पन्न गर्न ९३ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।
म्याराथनको पुरस्कार राशी १० हजारदेखि ५ लाख
खुल्ला ४२.१९५ किमि म्याराथनको विजेता धावकले ५ लाख, उपविजेता धावकले २ लाख, तेस्रो हुने धावकले २ लाख र ३ लाख, सान्त्वना हुने धावकले ३० हजार पुरस्कार पाउनेछन् ।
खुल्ला म्याराथनतर्फ गण्डकी प्रदेशका विजेता धावकले ५० हजार, उपविजेता धावकले ३० हजार र तेस्रो हुने धावकले २० हजार पुरस्कार पाउने छन् । २१.०९७ हाफ म्याराथन तर्फ विजेता धावक महिलाले १ लाख ५० हजार, उपविजेता धावकले १ लाख र तेस्रो हुने धावकले ७५ हजार र सान्त्वना हुने धावकले १५ हजार पुरस्कार पाउने छन् ।
१० किमि महिला/पुरुष तर्फ विजेता धावकले समान ३० हजार, उपविजेता धावकले २० हजार, तेस्रो धावकले २०, , विद्यालय स्तरीय छात्र/छात्रा ५ किमि दौड तर्फ विजेता, उपविजेता, तेस्रो हुने धावकले समान १५ हजार, १० हजार र ७ हजार पुरस्कार पाउनेछन् भने, , महिला/पुरुष ह्विल चियर तथा दृष्टिविहिन विजेता धावक, उपविजेता, तेस्रो हुने धावकले समान १० हजार, ७ हजार र ५ हजार पुरस्कार पाउने महासचिव तिमल्सिनाले बताए ।
काठमाडौँ: कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । ...
नेपाल संवत् ११४५ शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनता...
नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलम...