पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।    सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...

पोखरा:   गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’ अन्तर्गत औद्योगिक प्रशिक्षार्थी तालिम (अपे्रन्टिशीप) कार्यक्रमका उत्कृष्ट शिक्षालय, उद्योग र प्रशिक्षार्थीलाई एक कार्यक्रममा सम्मान गरिएको छ । शिक्षालय तर्फ निर्मल मावि, व्यास तनहुँ प्रथम घोषित हुँदै रु ५० हजारसहित सम्मानित भयो भने धवलागिरी बहुप्राविधिक शिक्षालय, थासाङ मुस्ताङ द्वितीय रु ३० हजार, पोखरा प्राविधिक शिक्षालय तृतीय रु २० हजार र रणविर जनहित मावि, वालिङ स्याङ्जा चौथो रु १० हजार नगद सहित सम्मानति भए । चार वटा सीप तर्फ उत्कृष्ट उद्योगहरूलाई रु २५ हजार नगद र सम्मान पत्र प्रदान गरियो। सम्मानित हुनेमा होटल व्यवस्थापन तर्फ पोखराको टेम्पल ट्री रिसोर्ट एण्ड स्पा, भवन निर्माण तर्फ जुम कन्स्ट्रक्सन, इलेक्ट्रिकल इञ्जिनियरिङ तर्फ वालिङ स्याङ्जाको समिर इलेक्ट्रिकल्स तथा अटोमोबाइल इञ्जिनियरिङ तर्फ पोखराकै अक्टोपस अटोमोबाइल प्रालि परे । प्रशिक्षार्थी श्रेणीमा समेत उत्कृष्टता प्रदर्शन गर्ने १६ जनालाई विभिन्न वर्गमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार स्वरूप नगद रकम क्रमशः रु १५ हजार, १० हजार, ७ हजार देखि ५ हजार तथा प्रमाणपत्रद्वारा सम्मान गरियो । जसमा होटल व्यवस्थापन तर्फ पोखरा प्राविधिक शिक्षालयका सन्दिप परियार प्रथम, पोखरा प्राविधिक शिक्षालयका निशान सुनार द्धितिय, धवलागिरी प्राविधिक शिक्षालयका सृजन अधिकारी तृतिय र पोखरा प्राविधिक शिक्षालयका रुपेश श्रेष्ठ चौथो भएका छन् । बिल्डिङ कन्सट्रक्सन तर्फ गण्डकी बहुप्राविधिक शिक्षालयका अरुण मल्ल प्रथम, गण्डकी बहुप्राविधिक शिक्षालयका सन्तोष पाण्डे द्धितिय, गण्डकी बहुप्राविधिक शिक्षालयका अस्गर मियाँ तृतिय र गण्डकी बहुप्राविधिक शिक्षालयका सारुख मोहमद मियाँ सान्तवना भएका छन् । यस्तै, इलेक्ट्रिकल ईञ्जिनियरिङ तर्फ रणविर जनहित माविका समिर कार्की प्रथम, देवेन्द्र नेपाली दोस्रो, विवेक राम तेस्रो र दामोदर अर्याल सान्तवना भएका छन् । अटोमोबाईल ईञ्जिनियरिङ तर्फ पोखरा प्राविधिक शिक्षालयका तेजेन्द्र थापा घर्ति पहिलो, विनम श्रीष द्धितिय, रोशन सुनार तृतिय, विवश गुरुङ सान्तवना भएका छन् । कार्यक्रममा बोल्दै सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले स्वदेशी स्रोतमै आधारित यस्ता कार्यक्रमलाई मन्त्रालयले निरन्तरता दिने प्रतिबद्धता जनाए । स्विस सरकार विकास सहयोग परियोजनालाई धन्यवाद दिँदै मन्त्री थापाले परियोजनाको निरन्तर सहयोगको समेत अपेक्षा गरेका छन् । युवालाई उद्योगी बन्न प्रेरित गर्ने र त्यसै अनुरुप बजेटको समेत व्यवस्थापन गरिएको भनाई उनको छ । सचिव नवराज ढकालले सीपयुक्त युवाशक्ति नै समृद्धिको आधार भएको उल्लेख गरे । नीजि क्षेत्रको विकास गरेर मात्रै राज्य अगाडि बढ्न सक्ने उनले बताए । सरकारले सहजीकरण मात्र गर्ने हुँदा सीप सिकेर उद्यमी बन्न तर्फ प्रेरित हुन युवालाई उनको आग्रह छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष संजीव बहादुर कोइरालाले नीजि क्षेत्र सरकारसँग समन्वय गरि अगाडि बढ्न तयार रहेको बताए ।  विद्यार्थीले सरकारी लगानीलाई खेरा जान दिन नहुने अभिव्यक्ति उनको छ । सरकारले लगानी गर्ने र विद्यार्थी बीचमा नै छाड्ने प्रवृतिले यो क्षेत्रमा केही गर्न चाहने विद्यार्थीलाई समस्या भएको उनले उल्लेख गरे । सरकारले केही गरेन भनेर भाष्य सिर्जना गर्नु गलत भएको र पछिल्लो समय विकासको गतिविधि बढ्दै गएको उनले प्रष्टाएका छन् । उपसचिव तोयानाथ लम्सालले तालिम, उद्योग र शिक्षालयबीचको सहकार्यले कार्यक्रम प्रभावकारी बनेको बताए । औद्योगिक प्रशिक्षार्थाी तेजेन्द्र थापा घर्तीमगर, टेम्पल ट्री रिर्सोट एण्ड स्पाका एचआर म्यानेजर रामकृष्ण कँडेल र निर्मला माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत लगायतले बोलेका थिए । उद्योग, विद्यालय र प्रशिक्षार्थी सबैको सहभागिता र उत्साहजनक योगदानले कार्यक्रम सार्थक बनेको सन्देश दिँदै वक्ताहरूले यस्ता अभ्यासहरूले सीपयुक्त, रोजगारोन्मुख र आत्मनिर्भर युवाशक्ति निर्माणमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास व्यक्त गरे ।  

पोखरा: पोखराको दुई स्थानबाट १७ जना जुवाडेलाई ४ लाख बढी नगदसहित कास्की प्रहरीले गरेको छ ।  पोखरा महानगरपालिका–१० रक्षामार्गबाट ९ जना र पोखरा–१५ घलेचोकबाट ८ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रहरीले रक्षामार्गबाट २ लाख २२ हजार ८० रुपैयाँ, ४ बुक ताससहित ९ जना र घलेचोकबाट १ लाख ९० हजार ९ सय ८५ रुपैयाँ, ४ बुक ताससहित ८ जनालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।  जुवातास खेलिरहेको अवस्थामा पोखरा–१० रक्षामार्गबाट लामाचौर बस्ने बर्ष ३८ को ई प्रसाद छन्त्याल, फुलबारी बस्ने बर्ष ३९ को हेम नारायण गर्बुजा, माटेपानी बस्ने बर्ष ४१ को लिल प्रसाद गुरुङ, सैनीक बस्ती बस्ने बर्ष ५१ को टेक बहादुर गुरुङ, १६ बस्ने बर्ष ३४ की रेनु गर्बुजा, न्युरोड बस्ने बर्ष ३४ की दिपा पुन,नयाँगाँउ बस्ने बर्ष ३२ की जेनिषा पुन, चाउथे बस्ने बर्ष ३७ की पुष्पा पुन, रक्षा मार्ग बस्ने ३९ को दल बहादुर पुन पक्राउ परेका हुन् ।  यस्तै जुवातास खेलिरहेको अवस्थामा घलेचोकबाट पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१० बस्ने ३४ को चन्द्र बहादुर पुन, रंगशाला बस्ने बर्ष ४४ की कल्पना भन्ने टिकामाया आले, १० काजीपोखरी बस्ने बर्ष ३७ की बिष्णु थापा, लक्ष्मीटोल बस्ने बर्ष ४२ की सोनी गुरुङ, घलेचोक बस्ने बर्ष ४२ को हिमाल गुरुङ ,लामाचौर बस्ने बर्ष ४५ की केश कुमारी गुरुङ, काजिपोखरी बस्ने बर्ष ५१ को टोप बहादुर थापा, मितेरी टोल बस्ने बर्ष ६७ को बलराम गुरुङ पक्राउ गरेको हो ।  पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 

पोखरा:   बक्स पोखराको आयोजनामा यही असार २७, २८ र २९ गते पोखरा रंगशालामा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । बक्स पोखराले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।  बक्स पोखराका उपाध्यक्ष चुमान गुरुङले प्रतियोगिताको तयारी तिव्र पारिएको बताए ।  ‘खेलकुद युवाको शक्ति हो हो भन्ने नाराका साथ खुल्ला फुटसल प्रतियोगिता आयोजना गरेका छौं, उपाध्यक्ष चुमानले भने, ‘ तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा २५ देखि ३० समूहको सहभागिता हुने अनुुमान गरेका छौं । ’ उनका अनुसार प्रतियोगिताको विजेताले १ लाख ७० हजार रुपैयाँ,उपविजेताले १ लाख रुपैयाँ ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीले ७ हजार ट्रफि मेडल र प्रमाणपत्र, उदीयमान खेलाडी, उच्च गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई ६ हजार बराबरको १ महिने सदस्यता प्रदान गरिने छ ।   प्रतियोगितामा सहभागिताका लागि एक समूहलाई  नौ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ ।  युवाको प्रतिभा उजागर गर्ने, स्थानीय र राष्ट्रिय खेलाडीबिच सम्पर्क तथा सम्बन्ध स्थापित गर्ने उद्देश्य रहेको बक्स पोखराका उपाध्यक्ष चुमान गुरुङले बताए । प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा योगदान पुग्ने उनको भनाइ छ । प्रतियोगितालाई निरन्तरता दिइने आयोजकको भनाइ छ । बक्स पोखराले आएको छ ।

पोखरा:   चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यले सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले कार्यसमितिमा देखिएको समस्याको समाधान गर्न आफूले जिम्मा लिएको बताउँदै केन्द्रबाट अधिवेशनका लागि परिपत्र आएपछि छैटौं अधिवेशन गरिने जानकारी गराए ।  उनले २०६० साल असार २२ गते संस्थाको स्थापना भएको र  संस्थाले विविध चुनौति पार गर्दै यहाँसम्म आएको उल्लेख गरे । संघका सल्लाहकार सुरेश रानाभाटले संघलाई मजबुत बनाउने आधारका रूपमा विधान र कार्यविधिलाई अक्सिजनको संज्ञा दिए । कास्की शाखा देशभरकै उत्कृष्ट शाखा भएको उल्लेख गर्दै संस्था मजबुत भएको अभिव्यक्ति उनले राखे । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले चलचित्र पत्रकारितालाई जोगाउन चलचित्रसम्बन्धी गतिविधि बढाउनुपर्नेमा जोड दिंदै मिडिया नै कलाकारलाई बाहिर ल्याउने मूल माध्यम भएको उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले संघ युवा अवस्थामा प्रवेश गरेको बताउँदै यसको गतिशीलता कायम राख्नुपर्ने आवश्यकतालाई जोड दिएका छन् ।  नेतृत्वविहीनताको प्रभाव स्वभाविक भएको बताउँदै समाधानका उपायसहित अघि बढ्नुपर्ने सुझाव उनको छ । कलाकार प्रकाश घिमिरेले पत्रकारहरूले राम्रो चलचित्रलाई खुलेर राम्रो भन्नुपर्ने र पैसा कमाउने फिल्म मात्र राम्रो भन्ने मानसिकता त्याग्नुपर्ने बताए ।  उनले आफ्ना अनुभव सुनाउँदै कहिलेकाहीँ उत्कृष्ट अभिनय भए तापनि सिनेमा फेल हुने अवस्थाको चिन्ता व्यक्त गरे । चलचित्र पत्रकार संघ नेपाल कास्कीले गर्दै आएको सिनेमा संवाद लगायतका गतिविधिको उनले प्रशंसा गरेका छन् । कलाकार माओत्से गुरुङले चलचित्र पत्रकारितालाई परिस्कृत गर्दै अघि बढाउन र चलचित्र ऐनमा रहेका त्रुटिहरू सच्याउन मिडियाको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन् । संघका पूर्वउपाध्यक्ष एवम् पूर्वसल्लाहकार राजाराम पौडेलले नेतृत्वले आफ्नो कार्यकाल पूरा गर्नुपर्ने आवश्यकतासँगै सिनेमा संवाद कार्यक्रमलाई अझ परिस्कृत र प्रभावकारी बनाउनुपर्ने बताए । चलचित्र पत्रकार संघ नेपाल कास्कीले केवल चलचित्र भन्दा पनि  मनोरञ्जन क्षेत्रका हरेक आयाममा कलम चलाउन पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने विषयमा उनले जोड दिएका छन् । संघका पूर्व सह—सचिव एवम् पत्रकार विजय नेपालले चलचित्र पत्रकारका लागि फेलोसिप, तालिम र गोष्ठी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन् । संघका सचिव सन्तोष बस्यालले संस्थाको वर्तमान अवस्थाको विषयमा जानकारी गराएका थिए । संस्थापक अध्यक्ष सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सबैले चलचित्र पत्रकार संघ कास्कीको भूमिका, भविष्य र सुदृढीकरणका विविध आयाममा विचार प्रस्तुत गरे ।   चलचित्र पत्रकारहरुको हकहितमा ७ जेठ, २०५६ मा केन्द्रमा भरत शाक्यको अध्यक्षतामा गठित चलचित्र पत्रकार संघले पहिलोपल्ट चलचित्र नगरी पोखरामा २२ असार, २०६० मा शाखा बिस्तार गरेको थियो ।

पोखरा:   रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल रेवान पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्राविधिक सहयोगमा एक दिने रेष्टुरेण्ट तथा होटलमा सुरक्षित र स्वच्छ खाद्य सेवा तालिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यालय प्रमुख मणी राज लामिछानेले पोखरा पर्यटकीय राजधानी सहर भएकाले यहाँ आउने पर्यटकलाई स्वास्थ्य खाना पस्किनुपर्नेमा जोड दिनुभयो । तालिम पश्चात् पोखराको खाद्य गुणस्तरमा थप सुधार आउने उहाँले अपेक्षा व्यक्त गर्नुभयो । रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पछिल्लो समय पोखराका रेष्टुरेण्ट तथा होटलका भान्साघरमा उल्लेख्य सुधार आएको बताउनुभयो ।  पाहुनाहरूलाई स्वस्थकर खानाले स्वागत गर्नका लागि रेवानले बेलाबखत आफु मातहतका रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरूलाई खाद्य सचेतना सम्बन्धी तालिम प्रदान गर्दै आएको जनाउनुभयो । के कस्ता खाद्यवस्तु प्रयोग गरी खानालाई सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा तालिम केन्द्रित रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले बताउनुभयो । कार्यालयका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवर र प्रदिप काफ्लेले तालिममा सहजिकरण गर्नुभएको थियो । एकदिन तालिममा विभिन्न होटल तथा रेष्टुरेण्टमा कार्यरत ८० जना म्यानेजर तथा सेफहरूले भाग लिएका थिए । रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले तालिममाथि प्रकाश पार्दै तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभएको थियो ।

पोखरा:   पोखरा महानगरपालिका वडा नम्बर १२ ले चालू आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ गरेको छ ।  वडा कार्यालयले प्रदान गर्ने सेवा प्रवाह र विकास निर्माणका विषयमा जानकारी दिने र सेवाग्राहीबाट सुझाव लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।  कार्यक्रममा वडाभित्र भएका विकास निर्माणका कामको सबैले प्रशंसा गरेका छन् । तर सेवा प्रवाहका विषयमा भने केही गुनासो नागरिकहरुले गरेका छन् । उनीहरुले शिक्षा, स्वास्थ्य, पूर्वाधार, युवा परिचालन र सामाजिक विकृति नियन्त्रणजस्ता विषयमा प्रश्न उठाएका थिए । शितलादेवी युवा क्लबका पूर्व अध्यक्ष सुरज श्रेष्ठले खेलकुदका लागि टुक्रे बजेटभन्दा दीर्घकालीन योजना बनाउन आग्रह गरे ।  ‘युवा लक्षित कार्यक्रम भैरहेका छन् । तर टुक्रे कार्यक्रम धेरै भए,’ उनले भने, ‘अलि देखिने गरी योजना तय गरौं । सबैलाई समेटेर उत्कृष्ट काम गर्न वडासँग मेरो आग्रह छ ।’  शितलादेवी सामुदायिक विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारी र पुष्पसदन एकेडेमीका प्राचार्य भीम न्यौपानेले शिक्षाको गुणस्तर बढाउन सफ्टवेयर (तालिम, संस्कार) मा लगानी बढाउन सुझाए ।  यस्तै, वडाभित्रका स्कुलबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र अभिभावकलाई सम्मान गर्न र विद्यालय वरपर सुर्तीजन्य पदार्थ बिक्रीमा कडाइ गर्न उनीहरुको आग्रह छ । डा. कृष्णप्रसाद पौडेलले अमरसिंह माविको चौरमा हुने राजनीतिक कार्यक्रम र सेती नहरमा बढ्दो प्रदूषण नियन्त्रणबारे वडाको ध्यानाकर्षण गराए ।  नेकपा माओवादीका अध्यक्ष श्रीकान्त अधिकारीले योजनाहरुमा देखिने बेरुजुको कारण खोजे । उनले अमरसिंह मावि अगाडिको टहरा विवादबारे पनि प्रश्न उठाएका थिए । स्थानीय अनिता पोख्रेलले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम बनाउन वडासँग आग्रह गरेकी छिन् ।  उनले पार्कहरूमा बढ्दो विकृति नियन्त्रण गर्न सुझाव दिइन् । सहभागीहरूले जीर्ण बनेका काठका पोल विस्थापन, हस्पिटल चोकदेखि माछापोखरीसम्म फुटपाथ निर्माण र सरस्वती स्कुल चोकमा बढ्दो दुर्घटना जोखिम न्यूनीकरण गर्न पनि माग गरे । प्रश्न र गुनासामा जवाफ दिँदै वडाध्यक्ष सन्तोष बास्तोलाले नागरिकका सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बेरुजुको समस्या सरकारी र बजार दररेटको भिन्नताले आएको जानकारी दिए । तर वडामा बेरुजुको मात्रा न्यून रहेको उनको भनाई छ । अमरसिंह स्कुलको टहरा विवाद छिटै समाधान हुने उनले सुनाए । ‘यो विषय अदालतबाट टुंगिसकेको छ । अब व्यवस्थापन समितिले छिट्टै निर्णय नगरे वडाले कानुनी रूपमा अघि बढ्छ,’ उनले भने । बास्तोलाले युवा क्लब र महिला समूहले ठोस योजना ल्याएमा बजेट अभाव नहुने स्पष्ट पारे । ‘हामी लगानी गर्न तयार छौं । तर त्यसले साँच्चिकै जीवनस्तर परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘तपाईंहरू योजना लिएर आउनुहोस् । उपयुक्त काममा वडाले लगानी गर्छ । पैसाको अभाव हुँदैन ।’ कार्यक्रममा धेरै सहभागीले सामुदायिक कुकुरको नियन्त्रणमा वडाको ध्यानाकर्षण गराएका थिए । जवाफमा वडाध्यक्ष बास्तोलाले ‘डग होस्टेल’को अवधारणा अघि बढाइएको बताए । ‘महानगरपालिकाले नै साउनदेखि डग होस्टल चलाउने भनेको छ । अब कुकुरलाई त्यहाँ लगिन्छ,’ उनले भने, ‘तर जथाभावि कुकुरलाई दिशा गराउने र दुर्गन्ध फैलाउनेलाई टोल विकास संस्थाले पनि निगरानी गर्नुस् ।’ वडामा आइटी पढ्ने विद्यार्थीलाई निःशुल्क इन्टरनेट र सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा जस्ता कार्यक्रम वडाले सञ्चालन गरेको बास्तोलको भनाई छ ।  उनले विकास निर्माण र सेवा प्रवाहमा सबैलाई समान व्यवहार गरिएको र कुनै पनि काम तथ्य र तथ्यांकमा आधारित भएरै हुने गरेको दाबी गरे । कार्यक्रममा उठेका गुनासालाई सम्बोधन गर्दै उनले आगामी दिनमा अझै प्रभावकारी सेवा दिन वडा समिति कटिबद्ध रहेको प्रतिबद्धता जनाए । कार्यक्रममा वडा सचिव शारदा सापकोटाले चालू वर्षमा वडाको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । पोखरा १२ले चालू वर्षमा कुल ३ करोड ३ लाख ५८ हजारको बजेट कार्यान्वयन गरेको छ । उनले वडा कार्यालयको सेवा प्रवाह र कर्मचारी प्रशासनसँग जोडिएका प्रश्नको जवाफ दिइन् ।  सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक सर्वेक्षण प्रतिवेदनले वडाको मिश्रित अवस्था देखाएको छ ।  प्रतिवेदनअनुसार अधिकांश सेवाग्राही कर्मचारीको व्यवहार र जनप्रतिनिधिको जवाफदेहिताप्रति सन्तुष्ट देखिए पनि सामुदायिक कुकुर तथा छाडा चौपाया नियन्त्रण, फोहोर व्यवस्थापन, कार्यालयमा पार्किङको अभाव, अनलाइन सेवाको ढिलासुस्ती र योजना वितरणमा सबै टोललाई समान दृष्टीले नहेरेको जस्ता गुनासा नागरिकले राखेका छन् । 

गण्डकीः   कास्कीको मादी गाउँपालिका-१ स्थित कफुचे(कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरी जाने पदमार्गको स्तरोन्नति अघि बढाइएको छ । मादमे खोला जलविद्युत् आयोजनाको रु ३० लाखको सहयोग एवं मादी गाउँपालिका-१ र स्थानीय सरोकार भएका समितिको सहकार्यमा पदमार्गको स्तरोन्नति अघि बढाइएको हो । पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरीसम्मको पदमार्ग स्तरोन्नति भइरहेको मादी-१ का वडाध्यक्ष एवं सरोकार भएका समितिका संयोजक देवीजङ्ग गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाबाट रु १० लाख प्राप्त भई काम भइसकेको छ भने रु २० लाख लागतको काम भइरहेको छ । पछिल्ला समयमा यस पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढिरहेको बताउँदै उहाँले यस क्षेत्रलाई पदयात्रा पर्यटनमार्फत विकास गर्ने लक्ष्यका साथ आफूहरू लागिरहेको उल्लेख गर्नुभयो ।  कफुचे–कोरी पदमार्ग आफैँमा विशिष्ट प्रकृतिको छ । कफुचे हिमतालदेखि कोरीलाई जोड्ने यस पदमार्ग हिमतालको अवलोकनसँगै समयसमयमा खस्ने हिमपहिरोको अवलोकनका लागि पनि पर्यटकको रोजाइमा पर्ने गरेको कफुचे पर्यटन व्यवसायी उपसमितिका सचिव कृष्ण गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो बनेको अनुमान गरिने यस ताल समुद्री सतहबाट दुई हजार ४२१ मिटर उचाइमा रहेको छ । कूल १० हजार ४४० वर्गमिटर क्षेत्रफलमा फैलिएको कफुचेलाई विश्वको कम उचाइमा अवस्थित हिमतालका रूपमा दाबी गरिएको वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।  आँखै अगाडि हिमाल, हिमापहिरोका साथै हरियो र निलो मिश्रित रङको तालको पानीमा घामका किरणहरू पर्दाको मनोरम दृश्य यहाँको प्रमुख आकर्षण हो । कपुचे हिमताललाई स्थानीय गुरुङ भाषामा ‘क्हफुचे’ भनिने बताउँदै वडाध्यक्ष गुरुङले क्हको अर्थ हिउँ, फुको अर्थ डल्लो र चेको अर्थ समथर भू–भाग भन्ने बुझिने जानकारी दिनुभयो । क्हफुचेबाट अपभ्रंश हुँदै यस ताललाई कपुचे, कफुचे रूपमा लिने गरिएको स्थानीयवासी बताउँछन् । बजारबाट नजिकको हिमताल कफुचेको शान्त वातावरणसँगै वर्षात्का समयमा यहाँ फूल्ने विभिन्न प्रजातिका रङ्गीविरङ्गी फूलहरूले फूलेर वनपाखा मनमोहक देखिन्छन् । यस पदमार्गअन्तर्गतको अर्को गन्तव्य कोरी जहाँबाट आँखै अगाडि लमजुङ माछापुच्छ्रे«, अन्नपूर्ण दोस्रो र चौथो, थ्री सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिन्छ ।  पर्यटकीय गाउँ सिक्लेसबाट हुगु हुँदै नौलाखर्क, नौटा हुँदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुद्री सतहबाट तीन हजार आठ ५० मिटर उचाइमा रहेको कोरीडाँडा पुगिन्छ ।  यो पदयात्राका क्रममा पर्यटकले अन्नपूर्ण र लमजुङ हिमालबाट समयसमयमा खस्ने हिउँपहिरो अवलोकन गर्दै जङ्गल, परम्परागत गोठ हुँदै उकालो चढ्ने होटल आइसफलका सञ्चालकसमेत रहनुभएका पर्यटन व्यवसायी कृष्ण गुरुङले जानकारी दिनुभयो । यस जाने मार्गमा रहेको पाखामा गुरासैगुराँसको जङ्गल छ । वसन्तयाममा यहाँ रङ्गिएर मनमोहक बन्छ भने जेठतिर खर्कहरूमा फुल्ने मनमोहक फूलले जोकोहीलाई लोभ्याउँछ । प्राचीनकालमा कोरी सिक्लेस हुँदै मनाङ र लमजुङ जाने परम्परागत मार्ग प्रचलनमा रहँदा बटुवाहरू बास बस्ने थलो र गोठालाको खर्क थियो । नुन लिन जाने मार्गका रूपमा पनि यसले चासो र चर्चा कमाएको थियो । हाल चार वटा होटल रहेको कोरीमा पछिल्लो समय हाइकिङ र बिदामा घुमघामका लागि आन्तरिक पर्यटक आउनेक्रम बढिरहेको उहाँले बताउनुभयो ।  हिमाललाई जरोबाट टुप्पैसम्म एकसाथ अवलोकन गर्न पाउने कोरीमा पुग्न ठाडो उकालोका कारण थकित बनेका पदयात्री यहाँ आइसकेपछि देखिने दृश्यले सबै थकान बिर्सने पथप्रदर्शकहरू बताउँछन् । पदमार्गमा असारको समयमा बढी झाडी हुने तथा ठाउँठाउँमा पहिरो खस्ने जोखिमीका कारण एक महिना पदयात्रा रोकिएको जानकारी दिँदै गुरुङले साउन लागेसँगै पुनःसञ्चालनमा ल्याउने तयारी गरिएको बताउनुभयो । भइरहेको स्तरोन्नतिसँगै यो पदमार्ग यहाँ आउने पर्यटकका लागि अझै सहज हुने उहाको भनाइ छ ।

काठमाडौं:  सुन चाँदी व्यवसायीहरुले असार २७ गतेसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसायीहरुले पसल बन्द गरेर प्रदर्शनमा उत्रिँदै आएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त विज्ञप्ति निकालेर काठमाडौं उपत्यकामा असार २७ गतेसम्म आन्दोलनको तालिका सार्वजनिक गरेको जानकारी दिएको छ । कार्यक्रम अनुसार आज असार २२ गते वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मस्यौदा बुझाउने र न्युरोडमा प्लेकार्ड सहित एक घण्टा विरोध प्रदर्शन गर्ने व्यवसायीहरुले बताएका छन् । असार २३ गते आन्दोलनको रणनीति तय गर्न विज्ञसहितको  टिमसँग छलफल गर्ने, २४ गते उपत्यकाका जिल्ला/नगरका यसअघि गर्न बाँकी रहेका कार्यक्रम गर्ने, २५ गते गोष्ठि आयोजना गर्ने र २६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय व्यवसायीहरुले गरेका छन् । यसैगरी साताको अन्तिम दिन शुक्रबार काठमाडौंमा राष्ट्रिय रुपमा खबरदारी सभा गर्ने आन्दोलनको कार्यतालिकामा उल्लेख छ ।   यस्तो छ आन्दोलनको कार्यतालिका-

लमजुङ:  चट्टान खोपेर बनाइएको साँघुरा सडक । माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङ सिरिङ हुने छङ्गाछुर भिर । अनि तल मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी । उतिबेला अहिलेजस्तो डोजर र एक्साभेटर चलाइएको होइन, घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । मस्र्याङ्दी नदीको किनारैकिनार बेँसीसहरबाट हिमालपारिको मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण बेँसीसहर–चामे सडक । सोही सडकमा दैनिक सयौँ यात्रु जोखिम मोल्दै यात्रा गर्न बाध्य छन् । साँघुरो कच्ची सडक, सधैँ जोखिम मोल्नुपर्ने अवस्था छ । त्यसमा पनि अहिले ठाउँठाउँमा खसेको पहिरोका कारण जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्री भगवान्को नाम जप्दै यात्रा गर्न बाध्य छन् । यस्तो जोखिमपूर्ण बाटोमा दर्जनाँै सवारीसाधन लमजुङ–मनाङ आवतजावत गर्दछन् । हिमालपारिको जिल्ला मनाङबाट लमजुङ हुँदै विभिन्न ठाउँमा आउने र यहाँबाट मनाङ जाने एउटै बेँसीसहर–चामे सडक हो । भिरैभिर र मस्र्याङ्दी नदीमाथिमाथि हुँदै ढुङ्गैढुङ्गाको सडक व्यवस्थित नहुँदा यात्री बँेसीसहर–चामे सडकमा त्रसित हुँदै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बेँसीसहरबाट खुदी, भुलभुले, स्याँगे, जगत, च्याम्चे हुँदै मनाङको तालबजार, तिमाङ हुँदै मनाङ सदरमुकाम चामेबजारसम्म ६५ किलोमिटर दूरी छ । यस सडकमा यात्रा जोखिमपूर्ण रहेको यात्रीहरू बताउँछन् । अधिकांश सडकखण्ड चट्टाने पहरो काटेर बनाइएकाले जोखिमपूर्ण छ भने अग्लो भिर, स–साना मोड, ग्रेडिङ नमिलेका र साँघुरो भएकाले थप जोखिमपूर्ण भएको स्थानीय सोमबहादुर गुरुङले बताउनुभयो । जीप चालक सोमराज मगरातीले भन्नुभयो, “विभिन्न ठाउँमा बेलाबेलामा पहिरो गइरहन्छ, पहिलाभन्दा पनि बाटो बिग्रँदै गएको छ, कुन बेला के हुन्छ डर रहन्छ ।” अर्का चालक रामबहादुर तामाङ भन्नुहुन्छ, “सडकबाट खसिहाल्यो भने सिधै मस्र्याङ्दीमा पुग्ने भएकाले बाँच्ने कुनै सम्भावना छैन ।”  यात्राका क्रममा अधिकांश यात्री सडक र भिरको अवस्था देखेर डराउँछन् । कहिले त जीप गुड्दागुद्दै पनि माथिबाट ढुङ्गा र पहिरो खस्ने गर्छ, अझ बढी बर्खायाममा जोखिम हुने गरेको उहाँको भनाइ छ । डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार बेँँसीसहर–चामे सडकको यात्रा जोखिमपूर्ण छ । सरकारले आवश्कतानुसार पर्याप्त बजेट दिन नसक्दा सडक गुणस्तरीय नहुँदा जोखिम बनिरहेको छ ।  चालु आर्थिक वर्षमा रु ३६ करोड बजेट प्राप्त भएको थियो । आगामी आवका लागि यस सडकका लागि रु ४० करोड प्रारम्भिक बजेट सरकारले उपलब्ध गराउन लागेको छ ।    विभिन्न ठाउँमा दैनिकजसो पहिराले सडक अवरुद्ध बनाउँदा मनाङवासी चिन्तित छन् । लामो समयसम्म पहिराले यो सडक अवरुद्ध बनाउँदा मनाङबाट बेँसीसहर हुँदै विभिन्न ठाउँमा जान हेलिकप्टर प्रयोग गर्नुको विकल्प छैन । जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो ।  विभिन्न कारणले २०५७ सालदेखि नेपाली सेनाले उक्त सडक निर्माणको जिम्मेवारी पायो । बाँदर लड्लाजस्तो जोखिमपूर्ण भिरमा ज्यानको बाजी लगाएर सेनाले उक्त सडक निमार्ण गर्न सफल भयो भने बाटो निर्माणका क्रममा केहीको मृत्युसमेत हुन पुग्यो ।  यसरी सेनाले निर्माण गरेको सडकबाट मनाङवासीको सपना पूरा भए पनि सडक स्तरोन्नति हुन नसक्दा भने मनाङवासी निराश छन् । उनीहरूमात्र नभई लमजुङवासी, यात्री तथा पर्यटकसमेत सडक स्तरोन्नति नहुँदा चिन्तित छन् । सबैको एउटै चाहना छ, सडक गुणस्तरीय होस् र दुर्घटनाको जोखिम न्यून होस् । बेँसीसहरस्थित तत्कालीन नेपाली सेना कार्यगणले २०६९ सालमा सडक निर्माणकार्य सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो । गणका इञ्जिनियर भरत श्रेष्ठ र इन्द्रीवर गुरुङको नेतृत्वमा सडक निर्माण गरी हस्तान्तरण गरिएको हो । बेँसीसहर–चामे सडक पार गर्न झण्डै ६