फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

पर्वत:  पर्वतको कुस्मा नगरपालिका–१२, ठूलीपोखरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमबीबीएस डाक्टरसहित १० जनाको दरबन्दी रहेको छ तर अहिले करारमा रहेका स्वास्थ्य सहायक ‘एचए’ले निमित्तका रूपमा स्वास्थ्य केन्द्र चलाउँदै आएका छन्।   दरबन्दीमा रहेका डाक्टर अध्ययन बिदामा गएपछि हालसम्म अन्य डाक्टर आएका छैनन्। डा. विवेक भण्डारी २०७५ सालमा अध्ययन बिदामा गएपछि केन्द्रमा दरबन्दीको कुनै डाक्टर आएका छैनन्।    “दरबन्दीका डाक्टर नै छैनन् होला,” केन्द्रका निमित्त प्रमुख सागर नेपालीले भन्नुभयो, “दरबन्दीमा भएको भए त आउनुपर्ने हो।” नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा दिन ग्रामीण क्षेत्रमा खोलिएको स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारण मारमा परेका छन्। सामान्य बिरामी हुँदासमेत पोखरा–काठमाडौँ पुग्नुपर्ने बाध्यता छ। देश सङ्घीय संरचनामा गएपछि दरबन्दीमा डाक्टर आउन छाडेका हुन्। स्थानीय तह र प्रदेश सरकारले व्यवस्थापन नगरेका कारण समस्या भएको उहाँको भनाइ छ।    केही समय एमबीबीएस सकेपछि अनिवार्य सेवा गर्नुपर्ने भएकाले एक÷दुई जना डाक्टर आएको भए पनि उनीहरूको समेत सेवा सकिएपछि प्राथमिक स्वास्थ्य केन्द्र निमित्तको भरमा चलेको हो। अहिले स्वास्थ्य केन्द्रमा करार सेवाका एक हेल्थ असिस्टेन्ट, एक ल्याब असिस्टेन्ट, एक स्टाफ नर्स, तीन जना अनमी र स्थायी तीन जना अहेव रहेका छन्।    कुस्मा नगरपालिका चार वडाका साथै मोदी गाउँपालिका, फलेवास नगरपालिका र स्याङ्जाको आँधीखोला गाउँपालिकाका बिरामीसमेत आउने स्वास्थ्य केन्द्रमा पर्याप्त स्वास्थ्यकर्मी नहुँदा समस्या भएको वडा अध्यक्ष झलकप्रसाद रिमाल बताउनुहुन्छ। केन्द्रमा डाक्टर मात्रै नभएर अन्य उपकरणसमेत पर्याप्त रहेका छैनन्। एक्सरे मेसिन बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको सिनियर अहेव पठी धामीले बताउनुभयो। “सामान्य उपचारका लागि आवश्यक पर्ने एक्सरे मेसिन बिग्रिएको दुई वर्ष भयो,” उहाँले भन्नुभयो, “सम्बन्धित निकायमा पटकपटक भन्दासमेत सुनुवाइ हुँदैन।”    अहिले सुत्केरीका लागि मात्रै प्रयोग हुने भिडियो एक्सरे चालू अवस्थामा रहेको छ तर तालिमप्राप्त स्वास्थ्यकर्मी छैनन्। स्टाफ नर्सले तालिम लिएर आएको भए पनि अध्ययन बिदामा जाँदा उक्त मेसिन चलाउने जनशक्ति केन्द्रमा नभएको निमित्त प्रमुख नेपालीले बताउनुभयो। कुस्मा नगरपालिकाले समेत सो अस्पतालको उपचार सेवालाई प्रभावकारी बनाउन तथा चिकित्सक माग गर्ने विषयमा कुनै चासो दिएको छैन। जनप्रतिनिधिले प्रदेश तथा सङ्घीय सरकारअन्तर्गतको सम्बन्धित मन्त्रालयसँग छलफल भएको दाबी गरेको छ।   

सोमबार दिउँसो पोखराको लेकसाइड आइपुगेर होटलको रुममा रुकस्याक (झोला) राखेर तुरुन्तै बाहिर निस्केका एक फ्रेञ्च पर्यटकले अहिलेसम्म आफु बसेको होटल पत्ता लगाउन सकेका छैनन् ।    होटलबाट निस्केर नगद पैसाको जोहो गर्न उनी एटीएम खोज्न निस्किएका थिए । उनले एटीएमल त भेटे तर होटल फर्कने बाटो भुले ।    हिजो दिनभर उनको होटल खोजी गर्न स्थानीय श्वेता रानाभाटसँगै परिवार लागिपरे पनि साँझसम्म होटल ठम्याउन सकेनन् । होटल नभेटिएपछि पर्यटकले अर्काे होटलमा रुम लिएर बसे ।    पर्यटकले भनेका छन्, ‘केही हतार थियो, होटलमा फुत्त झोला फालेर म एटीएम खोज्न निस्के । हतारोले होटलको नाम पनि हेरिन ।’ होटलको रुट पत्ता लगाइहाल्ने विश्वास लिएर निस्किँदा दुख पाएको सुनाए ।    आजपनि होटल खोजी कार्य जारी छ । होटल पत्ता लगाउन सहयोग हुने विश्वासले उनको रुमको चाबी सोसियल मिडियामा पोष्ट्याइएको छ ।    ‘पोखरा नोटिसबोर्ड’ नामक फेसबुक पेजमा उनको तस्बिर र चाबी राखिएको छ ।    समाचार तयार पार्दासम्म उनकाे हाेटल पत्ता लगाउन सकिएकाे छैन ।   उक्त चाबी कुन होटलको हो, कसैलाई थाहा भए फोन नम्बर ९८०४१०५६८८ मा सम्पर्क गरिदिन रानाभाटले अनुरोध गरेकी छिन् ।   

दैलेख : दैलेखमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । गुराँस गाउँपालिका–८ माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया पार्वती बिसीको हत्या गरेका हुन् ।   खड्काले सोमबार राती श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए । काठको गरालो घटनास्थलमा भेटिएको र सोहि गरालोले प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी लम्सालले बताए ।    डीएसपी लम्सालका अनुसार खड्का र बिसीको गत मंसिरमा विवाह भएको थियो । खड्काले विवाह गरेको तीन महिना नबित्दै श्रीमतीको हत्या गरेका हुन् । मृतक बिसीको माइती घर गुराँस गाउँपालिका–६ मा हो ।    ‘पति पत्नी दुवै अशक्त हुनुहुन्छ,पति बोल्न नसक्ने र कान नसुन्ने हुनुहुन्छ,पत्नी सुस्त मनस्थितीको रहेको अनुसन्धानबाट खुलेको छ,'डीएसपी लम्सालले भने, ‘सोमबार पति पत्नीबीच सामान्य झै–झगडा परेको हुनसक्छ,पत्नी हत्यामा संलग्न खड्का बोल्न नसक्ने  र कान नसुन्ने भएका कारण के कारणले हत्या गरेको भन्ने खुलेको छैन् ।’   खड्कालाई प्रहरीले पक्राउ गरेको छ। मृतकको तर्फबाट भिनाजु नाता पर्नेले जाहेरी दिएको र घटनाबारे थप अनुसन्धान थालिएको डीएसपी लम्सालले बताए । मृतकको शव पोस्टमार्टमका लागि दैलेख जिल्ला अस्पतालमा ल्याइएको छ । 

काठमाडौं: सरकार र यातायात मजदुर सङ्गठनहरुबीच पाँचबुँदे सम्झौता भएको छ । सरकारले सोमबार साँझदेखि आन्दोलनमा उत्रिएका सङ्गठनहरूसँग पाँचबुँदे सम्झौता गरेको हो ।   मङ्गलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तापछि दुई पक्षबीच पाँचबुँदे सम्झौता भएको मन्त्रालयले जनाएको छ ।   सङ्गठन र मन्त्रालयबीच आन्दोलनका क्रममा लुटपाट र आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्न सहमति भएको छ । त्यस्तै, यातायात मजदुर सङ्गठनल राखेका १० बुँदे माग सम्बोधन गर्ने, उच्चस्तरीय यातायात समिति गठन गर्ने लगायतका विषयमा दुई पक्षबीच  सम्झौता भएको छ ।  

काठमाडौं: स्थानीय बजारमा मंगलबार सुनको मूल्य सामान्य अंकले घटेको छ।   सोमबार स्थिर रहेको सुनको मूल्य आज भने प्रतितोला दुई सय रुपैयाँले घटेको हो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।    सोमबार छापावाल सुन प्रतितोला एक लाख चार हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।    त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।    सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं: मंगलबार अमेरिकी डलरको भाउ बढेको छ।   नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।   सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३६ पैसा बढेको हो।   त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ५ पैसा र बिक्रीमा १४१ रुपैयाँ ६९ पैसा पाइन्छ।    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७१ पैसा तोकिएको छ।    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रुपैयाँ ३९ पैसा र बिक्रीमा ९१ रुपैयाँ ८१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ८० पैसा र बिक्रीमा ९९ रुपैयाँ २४ पैसा पाइन्छ।   यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २ पैसा र बिक्रीमा ३६ रुपैयाँ १८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा तोकेको छ।   युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रुपैयाँ २७ पैसा र बिक्रीमा ३० रुपैयाँ ४१ पैसा पाइन्छ।   मंगलबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ २४ पैसा र बिक्रीमा ४३३ रुपैयाँ २० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ३० पैसा र बिक्रीदर ३५१ रुपैयाँ ८९ पैसा तोकिएको छ।

टर्कीए:  टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी  ३६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।   टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीएका दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । छिमेकी सिरियामा पनि जनधनको व्यापक क्षति भएको छ ।    भैँचालोले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्कीएमा उद्धारकर्मी अझै सङ्घर्ष गरिरहेका छन् भने भूकम्पको एक सय ७५ घण्टापछि एक जनालाई जीवितै उद्धार गरिएको छ । टर्कीए सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना शहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन् ।   विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियमा उद्धारका काम समाप्त भएको जनाउँदै स्यम्सेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको छ । सिरिया सोमबारदेखि राष्ट्रिय शोकको घोषणा गर्दै ती स्यम्सेवी संस्थाहरूले देशको राष्ट्रिय झण्डा आधा झुकाएका छन् ।   दुवै देशका भूकम्पपीडित आंशिकरूपमा क्षतिग्रस्त भएका आफ्ना घरमा फर्कन डाराइरहेका छन् । प्रतिकूल परिस्थितिका कारण आफ्ना भत्केका भवनको पुनर्निर्माणमा लाग्न पनि उनीहरूलाई कठिनाइ भएको छ ।  

 आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाविरुद्ध सन्दीप लामिछानेले ३ विकेट लिएका छन् ।    निर्धारित १० ओभर बलिङ्काक्रममा लामिछानेले १० औं ओभरको अन्तीम बलमा तेस्रो विकेट लिएका हुन् । उनले ६६ रन दिएका हन् ।    हालसम्म ४९ औं ओभरमा ८ विकेट गुमाएर नामिबियाले २ सय ७९ रन बनाएको छ ।   

काठमाडौं:    नेपाल सरकार र यातायात व्यवसायीबीच भएको वार्ता सकारात्मक भएपछि यातायात बन्द फिर्ता भएको छ । सम्झौता गरिएका मागहरू पूरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका यातायात मजदुर र व्यवसायीसँग सरकारले आजै वार्ता गरेको थियो। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको पहलमा भएको वार्तापछि बन्दा फिर्ता भएको जानकारी उपप्रधानमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले दिनुभयो । दुवै पक्षबीच भएका सहमतिलाई लिएर प्रेस वक्तव्य तयार हुँदै गरेको जानकारी पनि सल्लाहकार गिरीले दिनुभयो ।  यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसँग यातायात व्यवसायी र मजदुरबीच  सिंहदरबारमा भएको वार्ता सकारात्मक भएको र यातायात बन्दका कार्यक्रम फिर्ता लिने निर्णय भएको बताउनुभयो ।  वार्तामा यातायात मजदुरलाई कुटपिट गर्नेहरूमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानबिन गर्ने, बाँकी मुद्दाहरूबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।