फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

पाेखरा:  नक्कली भुटानी शरणार्थी प्रकरणमा ५८ दिन लामो अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाण्डौंले तयार पारेको प्रतिवेदन  जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।   जसमध्ये प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालको बयानले पोखरामा क्याटरिङ् व्यवसाय सञ्चालन गरिरहेका लिला जिसीसमेत मुछिएका छन् । जिसी नेकपा एमालेका निलम्बित सचिव एवं पूर्वउर्जामन्त्री टोपबहादुर रायामाझीका स्वकीय सचिव हुन् ।      पूर्वउर्जामन्त्री रायामाझी यही प्रकरणमा हाल प्रहरी हिरासतमा रहेका छन् । दुलालले प्रहरीलाई दिएको बयानमा स्वकीय सचिव लिला जिसीमार्फत मन्त्री रायामाझी र आफुलाई पनि पैसा चाहियो भन्दै १ करोेड रुपैयाँ बुझेका हुन् ।    त्यस्तै, जिसीमार्फत प्रधानमन्त्री क्वार्टर बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी वलीका स्वकीय राजेश बज्राचार्यले १ करोड रुपैयाँ नगदै बुझी लिएको दुलालका बयान छ ।    स्वकीय जिसी पोखराको बुद्धचोकस्थित कान्तिपुर क्याटरिङ्का सञ्चालकसमेत हुन् ।    नेकपा माओवादी र नेकपा एमालेबीच पार्टी एकता भएपछि जिसी रायामाझीका स्वकीय रहेका हुन् । पछि पार्टी पुरानै अवस्थामा फर्किएपछि रायामाझीसँगै जिसी पनि एमालेमै रहेका हुन् ।    माओवादी र एमाले कास्कीका जिम्मेवार नेताहरुले जिसीबारे खासै जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । ‘जिसीजी रायामाझीको पहिल्यैदेखि स्वकीय रहेछन्’ एमाले नेता एवं पूर्व प्रदेश सांसद राजीव पहारीले भने ‘पछि रायामाझीजी एमालेमै रहेपछि पनि सोही भूमिकामा रहनुभयो तर पार्टीको कुनैपनि जिम्मेवारीमा हुनुहुँदैन ।’   पहारीले उनी वडा नम्बर १० कै हुनुपर्ने बताएका छन् ।    त्यस्तै, माओवादी नेता एवं गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री रामजी बरालले पनि जिसीकाबारे खासै जानकारी नभएको बताएका छन् ।    ‘पोखराकै कान्तिपुर पार्टी प्यालेसमा भेट भएको हो, त्यस्तो दोहोरो कुराकानी पनि भएन’ बराल भन्छन् ‘पछि रायामाझी कमरेडसँगै हिड्नुहुन्थ्यो, माओवादी हुँदा पनि जिसी पार्टीको कार्यकर्ता होइनन् ।’   यस विषयमा जानकारी लिन खोज्दा जिसीसँग सम्पर्क हुन सकेन । रायामाझीलाई विशेष प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि जिसी सम्पर्कविहीन भएका छन् । त्यसयता उनले प्रयोग गर्ने मोबाइल नम्बरमा फोन गर्दा क्याटरिङ्का कर्मचारीले रिसिभ गर्छन् ।    दुलालले प्रहरीसमक्ष दिएको बयानको अंश:   तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तपाईं र तपाईंको आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी निजका छोरा प्रतीक थापामार्फत मन्त्री क्वाटर पुल्चोकमा बोलाई निज रामबहादुर थापा बादल राष्ट्रिय सभाको चुनाव हुनुभन्दा अगाडि ३ करोड नगदै बुझी लिएको, प्रतीक थापाले नक्साल निलगिरी थकाली भान्साघरको आँगनको उत्तरतर्फ रहेको होटलको माथिल्लो तलामा बोलाई मिति २०७६ साल असारमा रु १ करोड बुझी लिएको ।    त्यसैगरी तत्कालिन गृहसचिव प्रेमकुमार राईले डा. इन्द्रजित राईमार्फत गृह मन्त्रालयको सचिवको कार्यकक्षमा बोलाई मिति २०७६ साल असार महिनामा ३ करोड नगदै बुझी लिएको, तत्कालिन प्रधानमन्त्री केपी वलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लिला जिसीमार्फत मलाई बोलाई २०७६ साल असोजमा १ करोड नगदै बुझी लिएको ।   तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले प्रधानन्त्रीकोमा पैसा पुगिसक्यो, सामाजिक विकास समितिबाट भुटानी शरणार्थीको विषय निर्णय गर्नुपर्ने रहेछ उर्जामन्त्रीज्यू र मलाई पनि रकम चाहियो भनी उर्जामन्त्रीको क्वाटर पुल्चोकमा बोलाई सामाजिक विकास समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुका एक करोड नगदै बुझी लिएका हुन् ।   त्यसैगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व सल्लाहकार डा= अजयक्रान्ति शाक्य (तत्कालीन इजरायलका नेपाली राजदूत अञ्जान शाक्यका श्रीमान्) र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले सामाजिक समितिबाट भुटानी शरणार्थीको विषयलाई निर्णय गर्न माथि रकमको अपुग भयो भनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल बस्ने पुल्चोकमा रहेको मन्त्री क्वाटरमा गृहमन्त्री रामबहादुर थापा बादल र उर्जामन्त्री टोपबहादुर रायमाझीसँग मिटिङ गराइसकेपछि तपाईंहरुको काम हुने भयो भनी डा. अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितले जनही १ करोड बुझी लिएका हुन् ।   काम नभएपछि पटकपटक रकम फिर्ता माग्दा धाकधम्की दिई हामी पावरमा छौं, तिमीहरुको केही लाग्दैन हामीलाई फोन गर्ने भेट्ने काम नगर्नू भनी प्रतीक थापामार्फत खबर पठाउने गरेको र तपाईंहरुले दिएको सम्पूर्ण रकमको ४० प्रतिशत हामी राख्छौं, ६० प्रतिशत लैजानु भनी प्रतीक थापामार्फत नाम्लो रेष्टुरेन्ट पुल्चोकमा तत्कालीन गृहमन्त्रीबाट हटेको ५/६ दिनपछि मसँग भेट गरी प्रस्ताव गर्दा मैले र साथीहरुसँग ऋण खोजेर दिएको रकम हो, सम्पूर्ण रकम चाहियो भन्दा माथि उल्लिखित मानिसहरुसँग कुरा गरी खबर गर्छु भनी हालसम्म रकम फिर्ता नदिई पीडित बनाई ठगी गरेको र हाल झुटा मुद्दा लगाई थुनामा राखेको हुँदा सम्पूर्ण रकम फिर्ता गरी झुटा मुद्दाबाट सफाइ पाउँ भन्ने प्रतिवादी केशवप्रसाद दुलालले गरेको थप बयान कागज ।    

पोखरा:  पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा जारी वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।   पोखरा–१५, पोखरा–३०, पोखरा–१४ र पोखरा–२७ को टिम अन्तिम चारमा पुगेको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । मंगलबार भएको खेलमा वडा नम्बर १५ ले वडा नम्बर १३ लाई ४–१, वडा नम्बर ३० ले वडा नम्बर ८ लाई ३–२, वडा नम्बर १४ ले वडा नम्बर ३२ लाई २–०, वडा नम्बर २७ ले वडा नम्बर–२४ लाई ४–३ गोलान्तरले हराएको हो । यी चारमध्ये दुई टिम बुधबार हुने सेमिफाइनलबाट फाइनल प्रवेश गर्ने छन् । पहिलो सेमिफाइनल वडा नम्बर १५ र ३० बीच बिहान ८ बजे र दोस्रो सेमिफाइनल वडा नम्बर १४ र २७ बीच बिहान १० बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ ।    कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता छ । विजेता वडाले एक लाख ५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ र  उपविजेता हुने वडाले एक लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने सदस्य सचिव खड्काले जानकारी दिएका छन् ।   सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रूपैयाँ र उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ५–५ हजार रूपैयाँसहित ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ ।    फाइनल खेल बिहीबार बिहान ११ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ ।

काठमाडौं:   वैदेशिक रोजगारको लागी स्वीजरल्याण्ड पठाइदिन्छु भन्दै रकम लिएर फरार भएको एक जना प्रहरीले पक्राउ गरेको छ ।   काभ्रेको बनेपा नगरपालिका ४ की पार्वती थापाले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीको लागि स्वीजरल्याण्ड पठाइदिने भन्दै पटक पटक गरी ७ लाख २० हजार लिएर ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।    उनले स्वीजरल्याण्ड जान ७ लाख २० हजार रुपैयाँ लाग्छ  र उता पुगेपछि सुपरमार्केटको काममा महिनाको एक लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभन देखाएकी थिइन तर रकम लिएर फरार भएपछि तुलारामले वैदेशिक रोजगार विभाग काठमाडौंमा  दिनुभएको थियो ।    उजुरीपछि पार्वतीको खोजी गरी पक्राउ गरिदिन भन्दै प्रहरीलाई पत्राचार गरेको र विभागको पत्र अनुसार नै पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि विभागमा बुझाएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

काठमाडौं:    काठमाडौं महानगरले महानगर भित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र गरेको छ ।   महानगरको शिक्षा विभागले आज सूचना निकालेर संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति जेठ १५ गतेसम्म वितरण गरी १६ गते कार्यालय समयभित्र विवरण पठाउन भनेको छ ।    महानगरको शिक्षा ऐन २०७५ को दफा ५० को उपदफा ३ अनुसार छात्रवृत्ति छनोट समितिबाट निर्णय गराइ छात्रवृत्ति वितरण गर्न, विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ५८ अनुसार छात्रवृत्तिको प्रावधानका आधारमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई वितरण गर्न र नियमावलीको नियम ५९ अनुसार छात्रवृत्ति पाउनेको नामावली विद्यालयको वेबसाइटमा प्रकाशन गर्न सूचित गराएको छ ।   महानगरले कुनै पनि अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भएमा त्यसको सुनुवाइका लागि अवसर प्रदान गर्न पनि भनेको छ ।   महानगरले वडाअध्यक्ष तथा जनप्रतिनिधिलाई छात्रवृत्ति वितरण तथा विवरणको काममा सहयोग र अनुगमन गर्न पनि आग्रह गरेको छ ।

काठमाडौं:  इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको ईलिमिनेटर खेलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स खेल्ने भएको छ । यो खेल चेन्नईमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।   आजको विजेताले फाइनलमा पुग्न हिजो भएको पहिलो क्वालिफायरमा पराजित टोली गुजरात टाईटन्ससँग शुक्रवार खेल्नेछ र दोस्रो क्वालिफायरमा विजयी हुने टोली फाइनलमा पुग्नेछ ।    फाइनल खेल चाँही आइतवार हुनेछ ।

काठमाडौं: सरकारले सङ्घीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ ।    राष्ट्रिय सभाको आज मङ्गलवारको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकले सांसद तुलसाकुमारी दाहाल, विमला घिमिरे र डा विमला राई पौड्यालले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।    त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रममाथि सांसदले राख्नुभएको जिज्ञासाको जवाफ दिनुभएको थियो भने, राष्ट्रिय सभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने भएको छ ।

काठमाडौं:   लगातार छैटौँ दिन आज मङ्गलबार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५१ दशमलव ३२ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६३ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर उकालो लागेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । दुई सय ७१ वटा कम्पनीका ६० लाख ६७ हजार कित्ता शेयर दुई अर्ब २० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड रुपैयाँको शेयर किनबेच भयो । आज खप्तड लघुवित्त, कालिका लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । आज जम्मा दुई वटा कम्पनीको शेयरमात्रै सामान्य घटेको छ ।

पोखरा: अघिल्लो आर्थिक वर्षदेखि हालसम्म १३ जना कास्कीवासीले नेपाली नागरिकता त्यागेका छन् ।    उनीहरुले नागरिकता त्यागेसँगै देश छाडेर बाहिरिइसकेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार देश त्यागेर उनीहरुमध्ये केही यूरोपियन देश त केही एशियाली मुलुक पसेका छन् ।      तथ्यांकअनुसार घान्द्रुक, र पोखराका ८ जना बेलायत पुगेका छन् । त्यस्तै, २ जनाले अष्ट्रेलियाको नागरिकता लिएका छन् ।    दुई जनाले यूरोपको फिनल्याण्ड र लाट्भीयाको नागरिकता लिएका छन् । त्यस्तै एकजना हंगकंग पुगेको प्रशासकीय अधिकृत राजेन्द्र शर्माले जनाएका छन् ।    नागरिकता त्यागेकामध्ये बेलायत र हंगकंगमा सपरिवार गएका छने भने अन्य एकल छन् । अधिकृत शर्माका अनुसार केही वर्ष पहिल्यैदेखि यूरोपको नागरिकता लिन चाहनेहरुले नागरिकता त्याग्न दिएको निवेदन प्रक्रियामा थियो ।    बेलायत र हंगकंग जानेहरु त्यहाँको सेनामा रहेको पृष्ठभूमि छ । नागरिकता त्याग्ने अन्यको बसोबास विदेशमै लामो समय रहेको र उनीहरु त्यहीको नागरिक हुन योग्य भएको प्रमाण पेश गरेपछि प्रक्रिया अघि बढेको शर्माले जनाए ।     नेपाली नागरिकता त्याग्नेमा पोखरा वडा नम्बर १, ५, ८ र १६ का रहेका छन् ।    ‘आगामी दिनमा देशको नागरिकता त्यागेर विदेश बसाई हिँड्नेको ताँती बढ्ने सम्भावना अधिक छ’ शर्मा भन्छन् ‘अमेरिकन डिभी र अन्य देशमा लामो समय बसेपछि प्रायः नेपाल फर्कन नचाहने देखिएको छ ।’   त्यस्तै, ५ जनाको नेपाली नागरिकता रद्द गरिएको छ । कुनैपनि व्यक्तिको दोहोरो नागरिकता भएको हकमा प्रयोजनअनुसार पहिलो वा दोस्रो नागरिकता त्याग गर्न सकिने कानूनी प्रावधान रहेको छ । 

काठमाडौं:   नेपालले आगमी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोटमा पहिलो खेल घरेलु टोली जिम्बावेसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले विश्वकप छनोटको समूह विभाजन र खेल तालिका मंगलबार सार्वजनिक गरेको छ । समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् । प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ । नेपालले पहिलो खेल असार ३ मा (जुन १८) मा जिम्बावेसँग खेल्नेछ । नेपालले त्यसको एक दिनपछि असार ५ (जुन २०) मा अमेरिकासँग खेल्नेछ । नेपालले असार ७ (जुन २२) मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ (जुन २४) मा नेदरल्यान्ड्ससँग खेल्नेछ । यदी समूह चरणमा शीर्ष तीनमा पर्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ । सुपर सिक्समा हरेक समूहबाट शीर्ष तीन टोली आउनेछन् । सुपर सिक्समा सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् । भारत, अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाले भने सिधैं विश्वकपमा स्थान बनाएका छन् । यदि नेपाल सुपर सिक्समा स्थान बनाउन नसके प्लेअप खेल्नेछ । फाइनल भने असार २४ (जुलाई ९) मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपालले भने प्रतियोगिताको लागि २२ सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल एक सातापछि अन्तिम टोली घोषणा गर्दै दक्षिण अफ्रिका जानेछ । दक्षिण अफ्रिकामा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्नेछ । हालसम्म वेस्टइन्डिज र स्कटल्यान्डले प्रतियोगिताको लागि अन्तिम टोली घोषणा गरेका छन् ।