फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

पोखरा:   पोखरा महानगरपालिकाले आयोजना गरेको अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि पोखरा महानगरपालिका वडा नं। १४ र १५ भिड्ने भएका छन् ।  पोखरामा आज (बुधबार) सम्पन्न भएको सेमिफाइलनमा खेलमा पोखरा महानगरपालिका १५ ले ३० लाई र पोखरा १४ ले २७ नम्बर वडालाई पराजित गर्दै फाइलनमा स्थान पक्का गरेका हुन् ।  पहिलो सेमिफाइनल खेलमा पोखरा महानगरपालिका वडा नं. १५ ले ३० लाई २–१ गोल अन्तरले पराजित गर्दे फाइनलमा प्रवेश गरेको हो । खेलको ३८ औ मिनेटमा १५ का टिम क्याप्टेन विशाल गुरुङले गोलको खाता खोलेका थिए । मन्जित थापाले डिबक्स भित्रबाट दिएको बललाई उनले जाली चुमाएका हुन । खेलको ४१ औ मिनेटमा ३० का सागर गौतमले गोल गर्देै खेल बराबरीमा पु¥याएका थिए ।  खेलको अतिरिक्त समयमा १५ का सचिन भण्डारीले टोलीका लागि विजयी गोल गरेका थिए ।  यस्तै बुधबार नै सम्पन्न भएको दोस्रो सेमिफाइलन खेलमा पोखरा महानगरपालिका वडा नं.१४ ले २७ लाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । वडा नं. १४ का आशिष र नरेनले २–२ गोल गर्दै टोलीलाई फाइनल पु¥याएका थिए ।  पोखरा महानगरपालिका १४ का आशिष कार्कीले टोलीको लागि खेलको १७ औ मिनेटमा गोल गर्दै १–० को अग्रता दिलाएका थिए । खेलको २६ औ मिनेटमा उनै कार्कीले दोस्रो गोल गरे । खेलको ३९ औ र ४२ औ मिनेटमा १४ का नरेन गुरुङले थप दुई गोल गर्दे फाइनलको यात्रा पक्का बनाए । पोखरा महानगरपालिकाले आयोजना गरेको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिका भोलि पोखरा महानगरपालिका १४ र १५ पोखरा रंगशालामा ११ बजे भिड्ने  प्रतियोगिता व्यवस्थापन समितिका सदस्य नर बहादुर गुरुङले जानकारी दिए ।   प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र अन्य विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट फवार्ड हुनेले जनही नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पोखरा:   थिंकस्मार्ट इन्टरनेसनल कन्सल्टेन्सी एण्ड भिसा सर्भिसेसले राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठलाई ब्राण्ड एम्बेस्टर बनाएको छ ।   आगामी एक वर्षका लागि फुटबलर श्रेष्ठसँग थिङ्क स्मार्टल इन्टरनेसनल कन्सल्टेन्सीले एम्बेस्टरका रुपमा सहकार्य सम्झौता गरेको हो ।   कन्सल्टेन्सीको तर्फबाट फुटबलर श्रेष्ठसँगको सम्झौता पत्रमा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेश गुरुङ राजुले हस्ताक्षर गरेका थिए ।   सम्झौतापत्र हस्तान्तरणपश्चात बोल्दै कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत गुरुङले सुमित श्रेष्ठ पोखरेलीको सान मात्र नभएर राष्ट्रकै गौरव भएको बताए । उनले फुटबलर श्रेष्ठसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै बाँकी खेलजीवनको सफलताको शुभकामना व्यक्त गरेका थिए  ।    यस्तै ब्राण्ड एम्बेस्टर बनेका श्रेष्ठले आफ्नो तर्फबाट एिम्बेस्टरको भूमिका निभाउन कटिबद्ध रहेको धारणा व्यक्त गरेका थिए ।   थिंकस्मार्टको एम्बेस्टर बनेका फुटबलर श्रेष्ठले सम्झौतापत्र अनुसार ४ किस्तामा १ लाख प्राप्त गर्नेछन् ।   फुटबलर श्रेष्ठ नेपाली फुटबल जगतका उदीयमान खेलाडी हुन् । उनी हाल जारी शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबबाट खेलिरहेका छन् ।   थिंकस्मार्ट कन्सल्टेन्सीले उच्च शिक्षा हाँसिल गर्न विदेश जान चाहने विद्यार्थीहरुका लागि क्यानडा, बेलायत, अष्ट्रेलिया र न्यूजिल्याण्ड लगायतका देशमा सेवा प्रदान गर्दै आएको छ ।   

पोखरा:  पोखरा महानगरपालिका ११ मा आफ्नै भतिजीलाई करणी गरेको आरोपमा ठुलोबुवा प्रकाउ परेका छन् ।    कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार ४४ वर्षिय एक पुरुष पक्राउ परेका हुन् ।   पक्राउ परेका उनीविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको थियो ।    सोही आधारमा कास्की प्रहरीले ति व्यक्तिलाई हिजो (मंगलबार) बेलुकी पक्राउ गरेको डिएसपी विकले बताए । ‘जाहेरीकै आधारमा पक्राउ गरेर करणी कसुरमा मुद्धा दर्ता भएको छ, सुनगाभा न्यूजसँग डिएसपी विकले भने, ‘अहिले म्याद थप गर्नका लागि अदालत लगिएको छ । त्यसपछि विस्तृत रुपमा थप अनुसन्धान हुन्छ ।’   उनका अनुसार पक्राउ परेका ति व्यक्तिले ४ वर्षीया नाबालिगलाई करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कास्की प्रहरीले जनाएको छ ।  (घटना पारिवारिक भएकाले पीडक र पीडितको नाम गोप्य राखिएको)      

पोखरा:  सामाजिक सञ्जालमार्फत नाबालिगलाई यौन दुव्र्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१९ पुरुन्चौरका २१ वर्षीय मनिष भुजेल रहेका छन् ।   भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले कास्की प्रहरीको समन्वयमा पक्राउ गरेको हो ।   भुजेलले इस्न्यापच्याट एवम् भाइबरमार्फत नाबालिगसँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाएर अश्लील कुराकानी गर्ने भिडियो च्याटकोे स्क्रिन रेकर्ड गर्ने र भुजेलले भनेको नमानेको खण्डमा पीडितलाई धम्कीपूर्ण म्यासेज गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले  जनाएको छ ।   पक्राउ परेका भुजेललाई जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।   

काठमाडौं:  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने माग गरेका छन् ।   बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा अध्यक्ष यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने बताएका हुन । उनले राष्ट्रिय योजना आयोगको कुनै काम नभएको उल्लेख गर्दै यसले खर्चमात्रै बढाएको बताए र आयोगको ठाउँमा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समिति निर्माण गर्न सुझाव दिएका छन्। अध्यक्ष यादवले नीति तथा कार्यक्रम सङ्घीयता कार्यान्वयन गर्ने गरी नआएको पनि बताए । उनले नीति तथा कार्यक्रम शब्द, साहित्य र कल्पनाहरूले भरिपूर्ण भएको टिप्पणी गरे ।   उनले भने , ‘नीति तथा कार्यक्रममा प्रदेश र पालिकालाई केन्द्र सरकारले नियन्त्रण गर्न खोजिएको जस्तो देखिएको छ । यो भनेको सङ्घीयताको मूल मर्म र भावना विपरीत हो । सङ्घीयताको संरचना नै त्रुटिपूर्ण छ, यसलाई सुधार गर्ने कि नगर्ने रु प्रदेशहरूको नामाकरण खोलानाला, खोल्साबाट गरिएको छ । यसलाई ऐतिहासिक पृष्ठभूमि र पहिचानका आधारमा गर्ने कि नगर्ने रु सच्याउने कि नसच्याउने रु संविधानको अनुसूचीमा उल्लेख गरिएका अधिकार प्रदेशहरूले प्रयोग गर्न पाइराखेका छैनन् । त्यो दिने कि नदिने रु प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण वा समायोजन गर्ने कि नगर्ने रु सङ्घीय निजामती ऐन रोकेर प्रशासन र कर्मचारीको अवस्था प्रदेशमा कहिले पूरा गर्ने रु आर्थिक स्रोत र साधनमाथिको अधिकार नदिइकन सङ्घीयता कार्यान्वयन हुन्छ र रु यसबारेमा नीति तथा कार्यक्रममा लेखिएको छैन । अमूर्त, काल्पनिक कुरा र मिठा शब्दले भरेर समाज र राष्ट्रको निर्माण गर्न सकिँदैन ।’

पाेखरा:  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधी र स्वास्थ्य उपकरण स्वास्थ्य संस्था मार्फत जनताकहाँ पुर्‍याउन निर्देशन दिएका छन् ।   स्वास्थ्य जनताको जिबनसँग जोडिएकाले संवेदनशिल क्षेत्र रहेको बताउँदै उनले भने ‘औषधी थन्काएर राख्ने होईन, सक्दो जनताकहाँ पुर्‍याउनुपर्छ  ।’   मंगलवार पोखरामा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशको विभिन्न पालिकाका जनप्रतिनिधिहरुले औषधी, स्वास्थ्य उपकरण स्टोरमा हुँदाहुँदै प्रदेश सरकारले नदिएको गुनासो गरेका थिए । जनप्रतिनिधिको गुनासोपछि बुधबार बिहान आफैँ स्टोर हेर्न पुगेका मुख्यमन्त्री पाण्डेले कर्मचारीसँग औषधी थन्काएर राखेको, स्थानीय तहमा नपठाएको हो ? भन्ने प्रश्न गरेका थिए ।   सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु शर्माले स्वास्थ्यको प्रोटोकल अनुसार १० प्रतिशत औषधी इमरजेन्सीकालागि स्टक राख्नुपर्ने नियम रहेकाले सोही अनुसार मात्रै स्टोरमा औषधी रहेको जानकारी गराए । उनले सबै प्रकारका औषधी अझै १० प्रतिशत अपुग रहेको भन्दै भएका औषधी जिल्ला अस्पताल र प्रदेश मातहतका स्वास्थ्य संस्थालाई पु¥याउन नसकेको बताए । इमरेजन्सीकालागि बाहेक औषधी स्टक नरहेको उनले मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।   मुख्यमन्त्री पाण्डेले औषधी १० प्रतिशत राख्नुपर्ने नियम भएपनि स्वास्थ्य उपकरणहरुभने सक्दो धेरै प्रयोगकालागि पठाउन सुझाब दिएका छन् । साथै उनले ११ जिल्लाका कम्तीमा एक/एक पालिकाका प्रमुखहरुलाई बोलाएर स्वास्थ्य प्रोटोकल र नियमबारे पनि थाहा दिनुपर्ने बताए । ‘हामी र स्थानीय तह बिच कम्यूनिकेशन नहुँदा पनि केही समस्या भएको छ, उहाँहरुलाई प्रदेशमा औषधी छ हामीले पाएनौँ भन्ने परेको हुन सक्छ’ उनले सचिवलाई निर्देशन दिँदै भने ‘यो बारेमा तत्काल स्थानीय तहका प्रमुखहरुलाईपनि जानकारी गराउनुहोला ।’   मुख्यमन्त्री पाण्डेले आफुलाई गरेको ब्रिफिङ र फिल्डमा फरक नहुने गरी काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए र  मुख्यमन्त्री पाण्डेले स्वास्थ्यका विषयमा प्रदेश सरकार संवेदनशिल रहेको बताउँदै अहिलेको स्थित भन्दा आगामी वर्ष स्वास्थ्य क्षेत्रमा केही सुधार गर्ने बताए । ‘हामीसँग साधन स्रोत सिमित छ, आवश्यकता र पूर्तीलाई कसरी ब्यवस्थित गर्ने भन्ने योजनामा हामी छौँ’ मुख्यमन्त्री पाण्डेले भने ।  

पोखरा: पोखरा महानगरपालिका, वडा नं. १५ कार्यालयले आफ्ना वडाका २५ जना युवायुवतीलाई बारिष्टा (कफि मेकिङ) तथा बेकरी तालिम दिएको छ । किङ्ग्स इन्टरनेशनल कलेज प्रालि, रुपन्देहीको प्राविधिक सहयोगमा निःशुल्क १५ दिने तालिम मंगलबार सम्पन्न भएको हो ।    यस्तै, फलेपाटनस्थित सिद्ध माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि १ लाख छात्रवृत्ति प्रदान गरेको छ र विद्यालयमा अध्ययनरत ५० जना विपन्न तथा जेहेन्दार छात्रछात्रालाई वितरण गर्न वडाले उक्त रकम बराबरको चेक मंगलबार हस्तान्तरण गरेको हो ।   तालिम समापन कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउने उद्देश्यका साथ वडाले आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको बताइन् । उनले भनिन् – ‘प्रशिक्षार्थीका लागि तालिम लाभदायक रहेको विश्वास लिएकी छु । तालिम भन्ने चीज जब व्यवहारमा उतार्छाैं अनि मात्र फलदायी रहन्छ । युवाको बढ्दो विदेश पलायन रोक्नुपर्ने भन्दै उपप्रमुख गुरुङले युवाहरू पनि स्वदेशमै बस्ने मनस्थिति बनाउनुपर्ने र यसको लागि राज्यले पनि युवा केन्द्रित नीति ल्याउनुपर्नेमा जोड दिइन् ।   पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले वडामा रहेका युवा तथा महिलाहरुलाई केन्द्रीत गरी विभिन्न तालिमहरु दिँदै आएको बताए । उनले युवाहरू बेरोजगार भए, विदेशिने क्रम बढे भन्दै यसैलाई मध्येनजर गरी पहिले कपाल काट्ने तालिम आयोजना गरेको र अहिले बारिष्टा तालिम गरिएको बताएका छन् ।  प्रशिक्षक मुना राना मगरले १५ दिने सीपमूलक तालिममा सक्रिय सहभागिताका लागि धन्यवाद दिँदै सिकेका ज्ञानलाई व्यवहारिक प्रयोगमा ल्याउन आग्रह गरिन् । प्रशिक्षार्थीका तर्फबाट शर्मिला परियारले तालिममा कफीबारे बुझन र बनाउन सिकेको बताउँदै अझै लामो कार्यक्रमको अपेक्षा गरिन् । उपमेयर गुरुङले पोखरा महानगरपालिकामध्ये १५ नं. वडा कार्यालयको गतिविधि उत्कृष्ट रहेको भन्दै वडाबासी भाग्यमानी रहेको बताइन् । शिक्षा र खेलकुद क्षेत्रमा विशेष चासो दिँदै वडाले कार्य गरिरहेकोमा उनले खुशी प्रकट गरिन् । ‘पोखरालाई शिक्षाको हब बनाउने महानगरकै योजना छ । दोस्रो बढी बजेट शिक्षामै छ । करिब डेढ अर्ब छुट्याइएको छ ।’ गुरुङले भनिन् ।    विशेष अतिथि वडाध्यक्ष बानियाँले बाटोघाटो बनाएर मात्र विकास भएको नमानिने बताउँदै शिक्षा, स्वास्थ्य, खेलकुदका क्षेत्रमा अघि बढेमात्र समाज विकसित रहने बताए । उनले पोखरा १५ बस्ने कुनै पनि बालबालिकालाई शिक्षाबाट बञ्चित नगराउने प्रतिबद्धता जनाउँदै गरीबिकै कारण पढ्न नपाउने बालबालिका छन् भने वडामा सम्पर्क गरिदिन पनि आग्रह गरे ।    विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशबहादुर आले, प्रधानाध्यापक गुरुदत्त कोइराला, सहायक प्रधानाध्यापक जुना थापालगायतले विद्यालयका तर्फबाट वडालाई धन्यवाद दिए । उनीहरुले वडा र महानगरले विद्यालयको विकासका लागि विशेष सहयोगको पनि अपेक्षा गरका छन् ।

धनगढी: कैलालीमा भन्सार छलीको सामान कटाइदिन आग्रह गर्दै प्रहरीलाई घुस दिन खोज्ने एक भारतीय नागरिक पक्राउ परेका छन् ।   बुधबार बिहान धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारल नजिकै भारतबाट भन्सार छलेर ल्याएको आठ हजार रुपैयाँ बराबरको सामान पास गरिदिन आग्रह गर्दै घुस दिन खोज्ने भारतको पलियामा बस्ने ५० वर्षीय सुधिर गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाकारी दिएका छन्।   जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कुलदीप चन्दका अनुसार गुप्ताले बुधबार बिहान भारतबाट ल्याएको अवैध सामान भित्र्याउन प्रहरीलाई पाँच सय रूपैयाँ लिन र सामान छाडिदिन भनेका थिए ।   गुप्ताको साथबाट मिठाई, सुपारी, चियापत्ती, दूध पाउडर लगायत बरामद भएको छ । बरामद गरिएको समान र पक्राउ परेका गुप्तालाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।